सशक्त महिला पत्रकार विश्वभर नै दुर्व्यवहारको निशानामा
नेपालअखबार, काठमाडौं । गारिदा फारूकी अन्तर्वार्तामा बस्नुपूर्व नै आफ्नो तयारी गरिसक्छिन् । उनको पहिरन जति चिटिक्क हुन्छ प्रश्न पनि त्यतिकै चोटिला हुन्छन्।
उनलाई निगरानीमा राख्ने एउटा भीड छ, जसले उनको हाउभाउ र पहिरनको भद्दा मजाक उडाउँछ। उनीहरू फारूकीलाई अनलाइनमार्फत दुर्व्यवहार गर्छन्।
‘मेरा पुरूष सहकर्मीहरू पनि दुर्व्यवहारमा पर्छन् तर उनीहरूको राजनीतिक विचार फरक रहेमा मात्रै ती समूहले दुर्व्यवहार गर्नेहुन्। महिलाको सवालमा भने हाम्रो पहिरन, हाउभाउ र संवेदनशील अंगलाई लिएर उनीहरूले दुर्व्यवहार गर्छन्’, फारूकी भन्छिन्।
पाकिस्तानको राष्ट्रिय सञ्चारमाध्यमबाट राजनीति र राष्ट्रिय सवालका समाचार निर्माण तथा प्रस्तोताको काम गरिरहेकी फारूकीको यो अनुभव विश्वभर महिला पत्रकारहरूमाथि हुने दुर्व्यवहारको एउटा नमूना मात्रै हो। विश्वभर हजारौं महिला पत्रकारले यस्ता समस्या व्यहोरेका छन्। कतिपय अवस्थाम...







