Saturday, July 4

विश्व

अमेरिकामा शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल
अपराध, विश्व, समाचार

अमेरिकामा शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

नेपालअखबार, काठमाडाैं । एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई  मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा.लोकेश एस.तन्तुवायाले लङ बीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ । न्याय मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार डा.तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् । सन् २०१० देखि २०१३ सम्म डा.तन्तुवायाले लङ बीचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरेवापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रक...
कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स
खेलकुद, विश्व, समाचार

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स

नेपालअखबार, काठमाडौं । फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् । सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो । फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ । जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर...
जसले स्पेनलाई विश्वकप जिताएका थिए
खेलकुद, विश्व, समाचार

जसले स्पेनलाई विश्वकप जिताएका थिए

नेपालअखबार, एजेन्सि । विश्व फुटबलमा चर्चामा आउने डिफेन्सीफ मिडफिल्डर मध्यका एक हुन् सर्जियो बुस्केट । बुस्केटले क्लब र देशका लागि जित्न बाँकी उपाधि कमै छ । सन् २००९ बाट स्पेनको राष्ट्रिय टोलीबाट खेल्न लागेका बुस्केटले विश्वकपबाट बाहिरिएसँगै सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका स्टार बुस्केटले देशका लागि १४३ खेल खेल्दै थुप्रै उपाधि जिताएका छन् । सन् २०१० को विश्वकपसँगै सन् २०१२ को युरोकप उपाधि जिताएका उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतार विश्वकपमा उनले कप्तानको भूमिका निभाएका थिए । स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनुमा उनको महत्वपूर्ण योगदान छ । विश्वकप उपाधि जितेर सन्यास लिने योजना बनाएका उनले यो विश्वकपमा भने आफूले सोचे अनुरूप हुन सकेन । ३४ वर्षीय खेलाडी बुस्केटले आफूले  १५ वर्षसम्म राष्ट्रिय टोलीमा बिताएको बताउँदै सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दि...
फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
खेलकुद, विश्व, समाचार

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

नेपालअखबार, एजेन्सि। मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो । मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको् भेट निश्चित भयो । मोरक्कोले रोमन साइसलाई पनि चोटका कारण पहिलो हाफमै गुमायो । यद्यपी समर्थकको अटूट स्नेहक...
अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान
खेलकुद, विश्व, समाचार

अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान

नेपालअखबार, । मंगलबारसम्म जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ । सन् १९९८ देखि माथाउसको २५ खेलको कीर्तिमान कसैले तोड्न सकेको थिएन । उनले सन् १९८२ देखि १९८८ सम्म विश्वकप खेलेका थिए । यसबीच उनले सन् १९९० को विश्वकपको उपाधि समेत जितेका थिए । यता सन् २००६ बाट विश्वकप खेल्न थालेका मेस्सीको यो पाँचौँ विश्वकप हो ।  सन् २००६ मा ३ खेल खेलेका उनले सन् २०१० मा ५ खेल खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म पुग्दा उनले ७ खेल खेले भने सन् २०१८ मा उनले ४ खेल मात्र खेल्न पाएका थिए । सन् २०२२ मा उनले ६ खेल खेलिसकेका छन् । मंगलबार राति क्रोएसियालाई हराउँदै मेस्सीले विश्वकपको उपाधि उचाल्ने दोस्रो म...
यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु
विश्व, समाचार

यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

नेपालअखबार,काठमाडाैं  । यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । करिब आठ वर्ष अघिदेखि चर्किएको ११ हजार भन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो । द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आकलन गरेको छ ।  ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने सम्भावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन् । हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् ।’ पाँच वर्षमुनिका झन्डै २२ लाख यमनी बालबालिकाहरू कुपोषित भएका उनीहरुमध्ये धेरैजसो हैजा, दादुरा रोगहरूको चरम  जोखिममा रहेका पनि युनिसेफले जनाएको छ  । सन् २०१४ मा यमनको युद्ध सुरु भएको थियो ।...
विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

नेपालअखबार, एजेन्सि। कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो । यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ । जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरण...
बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु
विश्व, समाचार

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ । ’ सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए ।...
अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु
विश्व, समाचार

अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु

नेपालअखबार, एजेन्सि। कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु भएको छ। लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्यान्डबीच भएको क्वाटरफाइनल म्याचको रिपोर्टिङ गरिरहेका ४९ वर्षीय पत्रकार वलको हृदयघातबाट मृत्यु भएको द गार्डियनले जनाएको छ। उनी सिबिएस स्पोर्टसमा काम गर्थे। स्‍टेडियममा रहेको प्रेस बक्समा बसेर काम गरिरहेका उनी खेलको अतिरिक्त समयमा एक्कासी ढलेका थिए। वरिपरि रहेका पत्रकारले देखेपछि चिकित्सकको टोलीलाई बोलाइएको थियो। चिकित्सकले २० मिनेट सम्म सिपिआर दिएको थियो। गत सोमबार मात्रै वलले आफ्नो स्वास्थ्यमा असहज महसुस भएपछि चेकअप गराउन गएको पनि बताएका थिए। विश्वकपका लागि रिपोर्टिङ गर्न गएका उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएको थियो। कतारको अहम्मद विन अलि स्टेडियममा अमेरिका र वेल्सबीचको खेलका क्रममा उनलाई प्रहरीले समातेको थियो।...
आज विश्वकप फुटबल  क्वाटरफाइनलको अन्तिम दुई खेल
खेलकुद, विश्व, समाचार

आज विश्वकप फुटबल क्वाटरफाइनलको अन्तिम दुई खेल

नेपालअखबार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।...