Saturday, July 4

विश्व

चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने
राजनीति, विश्व, समाचार

चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने

नेपालअखबार,  एजेन्सि ।चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच प्राविधिक कम्पनी हुवावेसँगको ठूलो सम्झौतालगायत धेरै सम्झौतामा हस्ताक्षर भएको छ । खाडीमा कम्पनीको बढ्दो प्रभुत्व अमेरिकाका लागि चिन्ताको विषय हुन सक्छ । अमेरिकाले हुवावेलाई सुरक्षा खतरा मानेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार राजा सलमानले जिगपिङसँग ‘व्यापक रणनीतिक सम्झौता’ गरेका छन् । जिनपिङले युवराज र प्रधानमन्त्रीसँग पनि वार्ता गरेका छन् । यति मात्र होइन, साउदी अरबमा जिनपिङलाई न्यानो स्वागत गरिएको थियो । यो जुलाईमा जो बाइडेनको ‘चिसो स्वागत’ भन्दा पूर्ण रूपमा फरक छ । साउदीको उर्जा नीति र जमाल खग्गोशीको हत्यापछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध खासै राम्रो छैन ।...
‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
राजनीति, विश्व, समाचार

‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई

नेपालअखबार, काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो । यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ । टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भनेका छन्, युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं ।’ सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले...
जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ
राजनीति, विश्व, समाचार

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ

नेपालअखबार, एजेन्सि। जर्मनीमा व्यवस्था परिवर्तनको उद्देश्यसहित हिंसा मच्चाउन खोजेको भन्दै २५ जनालाई  गिरफ्तार गरिएको छ। संसदमा सशस्त्र आक्रमणको योजना बनाइरहेका उग्र-दक्षिणपन्थी विचारधाराका २५ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। ती समूहका सम्पूर्ण प्रयासलाई सरकारले निष्प्रभावी पार्ने उनको घोषणा छ। जर्मनीको पूर्वराजपरिवार समर्थित समूहले हिंसा भड्काउने प्रयास गरिरहेको आशंका गरिएको छ।  तत्कालीन पूर्व जर्मनीमा शासन गरेको राजा हेनरिच १३ औं समर्थित समूहले रूसका प्रतिनिधिहरूसँग सम्पर्क बढाउँदै यस्तो योजना बनाएको आशंका रहेको रोयटर्सले लेखेको छ। तर रूसले यो आशंकामा कुनै सत्यता नरहेको बताएको छ भने जर्मनीको अनुसन्धानबाट पनि रूसको समर्थन रहेको कुन...
ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित
खेलकुद, विश्व, समाचार

ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित

नेपालअखबार,काठमाडौं । विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न हजारौंको संख्यामा ब्राजिली समर्थकहरु यतिबेला कतारमा छन् । उनीहरु गाउँदै, नाच्दै आफ्नो टिमको हौसला बढाइरहेका छन् । तर, भित्री मनबाट आफ्ना ‘राजा’ पेलेको स्वास्थ्यका लागि मौन प्रार्थाना गरिरहेका छन् । ब्राजिलले जब दक्षिण कोरियालाई हराएर विश्वकपको नकआउट चरणमा प्रवेश पायो । त्यतिबेला समर्थकको एकमात्र आग्रह थियो– कृपया पेलेका लागि विश्वकप जित । पेले नामबाट विश्वभर परिचित एड्सन अरान्तेस डो नासिमेन्तो पेटको क्यान्सरबाट ग्रसित छन् । उनलाई स्वासनलीको संक्रमणका कारण गत साता अस्पताल भर्ना गरिएको छ । उनी ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा टिमका प्रमुख खेलाडी थिए । ‘हाम्रो लागि पेले राजा हुन्,’ हातले टाउकोको काल्पनिक राजमुकुटतर्फ इशारा गर्दै एक ब्राजिली समर्थक अर्लेमले भनिन्, ‘हामी उनलाई माया गछौं । उनी हाम्रा आदर्श हुन् । ...
आज विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच  प्रतिस्पर्धा हुँदै
विश्व, समाचार

आज विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

नेपालअखबार,। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक-एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।...
रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता
खेलकुद, विश्व, समाचार

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

नेपालअखबार, एजेन्सि। स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए । बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरेका थिए । रामोसले १७ औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१ औं मिनेटमा गरे । रामोसले ६७ औं मिनेटमा ह्याट्रिक पूरा ...
चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै
राजनीति, विश्व, समाचार

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै

नेपालअखबार, एजेन्सि। चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् । आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।...
फिफा विश्वकप : आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदै
खेलकुद, विश्व, समाचार

फिफा विश्वकप : आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदै

नेपालअखार,काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो । यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौ...
६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
विश्व, समाचार

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो । आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई 'पूर्ण रूपमा सफल' भनेको छ। अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनबाट लिफ्ट अफ भएको करिब नौ घण्टा पछि स्थानीय समय अनुसार ८ बजेपछि अवतरण भयो। अवतरण स्थलमा कर्मचारीले चालक दललाई क्याप्सुलबाट बाहिर निकालेको थियो । चीनको पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष स्टेसनमा आफूसँग अविस्मरणीय सम्झनाहरू रहेको र ‘मातृभूमि फर्कन पाउँदा उत्साहित रहेको बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।...
रुसका दुई सैन्य हवाई  क्षेत्रमा विस्फोट
विश्व, समाचार

रुसका दुई सैन्य हवाई क्षेत्रमा विस्फोट

नेपालअखबार, एजेन्सि। रुसका दुई सैन्य एयरफिल्डमा विस्फोट भएको छ । मस्कोको दक्षिण पूर्वमा रहेको रियाजान सहर नजिकैको एयरफिल्डमा इन्धन ट्याङ्कर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । साराटोभ क्षेत्रमा भएको विस्फोटमा अन्य दुई जना घाइते भएको बताइएको छ । अहिलेसम्म यी विस्फोटको कारण खुल्न सकेको छैन । दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौँ किलोमिटर टाढा छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए । सेराटोभका क्षेत्रीय गभर्नरले सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको जानकारी दिएका छन् । उनले यसलाई "सैनिक अड्डाहरूमा दुर्घटना रिपोर्ट" को रूपमा वर्णन गरेका छन्।...