Saturday, July 4

विश्व

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु
विश्व, समाचार

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् ।  लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ । चिसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् । अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ । मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजु...
चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्याङ्क सार्वजनिक नगर्ने
विश्व, समाचार, स्वास्थ्य

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्याङ्क सार्वजनिक नगर्ने

नेपालअखबार, काठमाडाैं। विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्याङ्क सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतबारदेखि यस्तो तथ्याङ्क जारी नगर्ने जनाएको छ । ‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी मात्र प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।...
फ्रान्समा गोली चल्यो, ३ जनाको मृत्यु
विश्व, समाचार

फ्रान्समा गोली चल्यो, ३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् ।...
चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन
विश्व, समाचार, स्वास्थ्य

चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन

नेपालअखबार, काठमाडाैं । विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन । मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ  को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ । चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरेका छन् । भारतका स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले भनेका छन्, ‘कोविड अझै समाप्त भएको छैन । हामीले सबै अधिकारीहरूलाई सतर्क रहन र निगरानीलाई बलियो बनाउन आग्रह गरेका छौँ ।’ यससँगै स्वास्थ्य मन्त्रालयको बैठकपछि विमानस्थलमा चीनलगायत विदेशबाट आएका यात्रुको आकस्मिक परीक्षण सुरु गरिएक...
चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त
विश्व, समाचार, स्वास्थ्य

चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त

नेपालअखबार, काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’ चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजि...
क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु
विश्व, समाचार

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

नेपालअखबार, एनेन्सि। ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ आक्रमणबारे प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।...
विश्व च्याम्पियन मेसी
खेलकुद, विश्व, समाचार

विश्व च्याम्पियन मेसी

नेपालअखबार, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् । विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् । यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रक...
अर्जेन्टिनालाई विश्वकपको उपाधि
खेलकुद, विश्व, समाचार

अर्जेन्टिनालाई विश्वकपको उपाधि

नेपालअखबार, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । २-१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए । ...
पाँच वर्षअघि मृत भेटिएका क्यानडियन अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम
विश्व, समाचार

पाँच वर्षअघि मृत भेटिएका क्यानडियन अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम

नेपालअखबार, एजेन्सि। पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ। सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको सिएनएनले जनाएको छ। सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो। पछि उनीहरूको हत्या भएको खुल्यो। तर उनको हत्या कसले गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन। ७५ वर्षीय ब्यारीको मृत्यु हुँदा उनीसँग ३ अर्ब डलर सम्पत्ति थियो। सन् १९७४ मा उनले औषधी उत्पादन गर्ने कम्पनी स्थापना गरेका थिए। उनीहरूले करोडौं डलर दान गरेका थिए। उनीहरूका छोरा जोनाथन सेर्मनले पाँच वर्षदेखि आफ्ना बुवा-आमाको हत्या कसले गरेको भन्ने थाहा नपाउँदा निकै पीडा भएको बताएका छन्। हत्यारा पत्ता लगाउनलाई यसअघि नै  १ करोड डलर इनाम घोषणा गरिएको थियो। बुवा-आमाको हत्या भएको पाँच वर्ष...
निलम्बन गरिएका पत्रकारको अकाउन्ट ट्वीटरद्वारा सुचारु
विश्व, समाचार

निलम्बन गरिएका पत्रकारको अकाउन्ट ट्वीटरद्वारा सुचारु

नेपालअखबार, एजेन्सि। अर्बपति व्यवसायी इलोन मस्कले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न पत्रकारहरूको अकाउन्ट पुनः सुचारु गर्ने जानकारी दिएका छन् ।  मस्कको ठेगाना साझा गरेको आरोपमा न्युयोर्क टाइम्स, सीएनएन र वासिङटन पोस्टका पत्रकारहरूको ट्वीटर अकाउन्ट निलम्बित गरिएको थियो । यस कदमको चौतर्फी आलोचना भएपछि उनले ट्वीटरका प्रयोगकर्ताहरूलाई ‘के गर्दा हुन्छ ?’ भनेर सोधेका थिए । यसमा सहभागी ३६ लाख प्रयोगकर्तामध्ये ५९ प्रतिशतले उनीहरूको अकाउन्ट तुरुन्त सक्रिय गर्न सुझाव दिएका थिए । ‘जनताले बोलेका छन् । जसले मेरो ठेगाना सेयर गरे उनीहरूको निलम्बन फुकुवा हुनेछ,’ मस्कले भनेका छन् । निलम्बन गर्ने निर्णयलाई संयुक्त राष्ट्रदेखि युरोपियन युनियनसमेतले निन्दा गरेको थियो ।...