Wednesday, November 25

समाचार

पूर्वसूचनाबिना कतै विद्युत् बन्द सिधै उर्जा मन्त्रालयमा खबर गर्नु
प्रशासन, समाचार

पूर्वसूचनाबिना कतै विद्युत् बन्द सिधै उर्जा मन्त्रालयमा खबर गर्नु

नेपाल अखबार, काठमाडाैं। पूर्वसूचनाबिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेस संयोजक दयानिधि भट्टले काठमाडौंका कतिपय ठाउँमा विद्युत् बन्द हुने भनेर भ्रम छर्ने गरिएको पाइएकाले यसमा सचेत हुन सर्वसाधारण सबैमा आग्रह गरेका हुन्। ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले सामाजिक सञ्जालमार्फत दिएको सूचना-...
नेकपा सचिवालय बैठककाे समय सारियाे, भोलि दिउँसो बस्ने
राजनीति, समाचार

नेकपा सचिवालय बैठककाे समय सारियाे, भोलि दिउँसो बस्ने

नेपाल अखबार, काठमाडाैं। आज (सोमबार) दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय समितिको बैठक भोलि (मंगलबार) का लागि सारिएको छ। नेकपा सचिवालय समितिका एक सदस्यका अनुसार बैठक मंगलबार साढे १२ बजेका लागि सारिएको हो। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ। आजै बस्ने भनिएको बैठक ‘प्राविधिक’ कारण सारिएको बताइएको छ। कारण खुलस्त पारिएको छैन।...
आजबाट आन्तरिक उडान सञ्चालनमा
अर्थ, समाचार

आजबाट आन्तरिक उडान सञ्चालनमा

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण रोक्न देशव्यापी आह्वान गरिएको बन्दाबन्दीका कारण ठप्प आन्तिरक हवाई उडान छ महिनापछि बल्ल आजदेखी सञ्चालनमा आएको छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो।वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन्। तर उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ। नागरिक उड्डयन प्राधिकरणले उडानका लागि तोकिएका स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको जनाएको छ । यसअघि सरकारले असोज १ देखि नै ५० प्रतिशत मात्र यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । वायु सेवा सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि असोज ५ गतेलाई सरेको हो ।...
भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु
विश्व, समाचार

भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ । दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दथे । एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ । सुरुवाती जानकारीका अनुसार भवन सन् १९८४ मा बनेको थियो ।  ...
दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी
शिक्षा, समाचार

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

नेपाल अखबार, काठमाडौँ । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । वैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् । यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।...
खुर्पा प्रहार गरी ससुराको हत्या
समाचार

खुर्पा प्रहार गरी ससुराको हत्या

नेपाल अखबार, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने  प्रहरी नायब उपरीक्षक खाँणले बताए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस...
उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास
शिक्षा, समाचार

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

नेपाल अखबमर, काठमाडाैं। काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो । फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिए । केही दिन अनलाइनमाध्याम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उनले जानकारी दिए । दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपाएबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ । सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन ...
कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो
प्रशासन, शिक्षा, समाचार

कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ। भदौ ५ गते अनलाइनखबरमा ‘२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने, निर्णय फिर्ता लिन शिक्षाविद्को माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि परिषद्ले निर्णय सच्याएको केन्द्रका एक अधिकारीले जानकारी दिए । ती अधिकारी भन्छन्, ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएका हौं ।’ परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसा...
ट्यांकीमा डुबेर बालकको मृत्यु
समाचार, समाज

ट्यांकीमा डुबेर बालकको मृत्यु

नेपाल अखबार, भैरहवा। रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्यांकीमा डुबेर मृत्यु भएको छ। जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए। मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्यांकी भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताए।रासस...
  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता
समाचार, समाज

  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।   बाग्लुङमा खोलाले बगाएर एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ राशिवाङ बस्ने गौडे सुनारको १३ वर्षीया छोरी आशा सुनारको घर नजिकैको खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार जंगलबाट घाँस काटेर फर्कंदै गरेकी उनलाई स्थानीय उत्तरगङ्गा खोलाले बगाएको हो । घटना शुक्रबार अपराहन्नको भएपनि आइतबार मात्र प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलासका लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।...