Thursday, November 26

समाचार

आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी : माधवकुमार नेपाल
राजनीति, समाचार

आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी : माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् । बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताए । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने । शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउनु हुँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी नेपालले गरे ।‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं । धनगढीमा सुदूरपश्चिम...
द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँ : गृहमन्त्री अर्याल
राजनीति, समाचार

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँ : गृहमन्त्री अर्याल

नेपालअखबार,काठमाडौँ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उनले भने, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।” उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबिच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी समेत दिए । साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माण...
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
राजनीति, समाचार

धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

नेपालअखबार,काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए । उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो । मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो...
जनजागरण पार्टी नेपालसँग पनि नेकपाले गर्‍यो एकता, ११ बुँदे सहमति
राजनीति, समाचार

जनजागरण पार्टी नेपालसँग पनि नेकपाले गर्‍यो एकता, ११ बुँदे सहमति

नेपालअखबार,काठमाडौं । आज एक कार्यक्रमकाबिच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको ‘जनजागरण पार्टी नेपाल’ बिच पार्टी एकीकरण भएको हो । पार्टी एकीकरणका लागि नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र जनजागरण पार्टीका अध्यक्ष डा. खनालले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार जनजागरण पार्टीले आफ्नो नाम, झण्डा र चुनाव चिन्ह खारेज गरी नेकपाको विधान र राजनीतिक कार्यदिशा स्वीकार गर्ने भएको छ । जसपाका राजेन्द्र श्रेष्ठ समूह पनि आजै नेकपामा प्रवेश गरेको थियो । यसअघि नै नेकपा एक दर्जन हाराहारीका ठुला– साना पार्टीहरू मिलेर बनेको थियो ।...
फागुन २१ को चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राजनीति, समाचार

फागुन २१ को चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

नेपालअखबार,काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा आवश्यक सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ मंसिर ८ गतेको निर्णयअनुसार सेनालाई निर्वाचन सुरक्षार्थ परिचालन गरिने भएको हो। ‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।...
सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ
राजनीति, समाचार

सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी एक कैदी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–९ घर भएकी ३९ वर्षीया सरिता सुवेदी छन् । उनलाई जिउ मास्ने बेच्ने कसुरमा अदालतले १३ वर्ष कैद सुनाएको थियो । उनी सुन्धारा कारागारको महिला बन्दी गृहमा थिइन् । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएकी थिइन् । फरार सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ठूलो भर्‍याङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयका लागि कारागार पठाइएको सीआईबीको प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।...
यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरू
प्रशासन, समाचार

यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरू

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा विभिन्न दलहरू एकल चुनाव चिह्न लिने गरी  निर्वाचन आयोगमा दर्ता भएका छन् । नेपाल सङ्घीय समाजवादी पार्टी, बहुमत एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी एकल चुनाव चिह्नबाट चुनाव लड्ने गरी आयोगमा दर्ता भएका छन् । त्यस्तै अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल पनि एकल चुनाव चिह्नका साथ निर्वाचनमा जाने भएका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।...
संसद सचिवालयका तीन कर्मचारीको बढुवा
प्रशासन, समाचार

संसद सचिवालयका तीन कर्मचारीको बढुवा

नेपालअखबार, काठमाडौँ । सङ्घीय संसद् सचिवालयले तीन जना कर्मचारीको बढुवा गरेको छ ।  प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव पदका लागि २०८२–६–३१ को निर्णय अनुसार तीन जना कर्मचारीको बढुवा गरिएको हो । बढुवामा पर्ने कर्मचारीमा शैलेन्द्र घिमिरे, भानु, पोख्रेल र प्रमिला पौडेल गौतम रहेका छन् । मंसिर १० गते बसेको बढुवा सिफारिस समितिको निर्णय अनुसार याे निर्णय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।...
१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो
प्रशासन, समाचार

१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो

नेपालअखबार,काठमाडौं । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए । पक्की पुल डिजाइन एण्ड बिल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी)सँग ३...
नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने
राजनीति, समाचार

नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने

नेपालअखबार, काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ । विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिए । जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबिच छलफल भएको बताउँदै उनले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिए । विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताए । पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल क...