संसद विघटनले मलाई पछ्याइरहन्छः पूर्वराष्ट्रपति भण्डारी
नेपालअखबार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधान अनुसार संसद विघटन सदर गरेको बताएकी छन्।
कसैको दबाबले भन्दा पनि आफूले संविधानले गरेको व्यवस्था अनुसार दुईपटक संसद विघटन सदर गरेको बताएकी हुन्।
मदन भण्डारी फाउण्डेसनले मंगलबार अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने कुराबारे जानकार रहेको समेत बताएकी छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको सिफारिस अनुसार २०७७ पुस ५ मा पहिलोपटक र २०७८ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएको थियो।
ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा तत्कालै सदर गरेको भन्दै त्यसबेलाकी राष्ट्रपति भण्डारीको ठूलो आलोचना भएको थियो। यद्यपि संसद्को ती दुवै विघटन सर्वोच्च अदालतले बदर गरेको थियो।
मंगलबा...










