Friday, July 10

समाचार

जनताको आशा र भरोसाको केन्द्र बन्दै सुनसरी क्षेत्र नं.४ का उम्मेदवार दिपक कुमार साह
राजनीति, समाचार

जनताको आशा र भरोसाको केन्द्र बन्दै सुनसरी क्षेत्र नं.४ का उम्मेदवार दिपक कुमार साह

मुस्ताक आलम ,लौकही । सुनसरी क्षेत्र नं. ४ को वर्तमान राजनीतिक माहोल हेर्दा एक कुरा स्पष्ट देखिन्छ—जनता अब पुरानै शैलीको राजनीति स्वीकार गर्न तयार छैनन्। घर–आँगनदेखि चोक–चौतारासम्म एउटै आवाज गुञ्जिएको छ,अब परिवर्तन चाहियो, अनुभवी र जनतासँग जोडिएको नेतृत्व चाहियो। लामो समयदेखि परम्परागत राजनीतिबाट आजित बनेका मतदाताहरू अब नयाँ सोच, इमानदार नेतृत्व र जवाफदेही प्रतिनिधिको खोजीमा छन्। यही चाहनाको प्रतिविम्बका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपक कुमार साह जनताको आशा र भरोसाको केन्द्र बन्दै गएका छन्। स्थानीय स्तरमै बसेर जनताको दुःख–सुखमा सहभागी हुँदै आएका साहले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। “नेतृत्व भनेको भाषण होइन, काम हो” भन्ने उनको स्पष्ट धारणा मतदातालाई आकर्षित गरिरहेको छ। घरदैलो अभियानका क्रममा युवादेखि वृद्धसम्म, किसानदेखि व्यवसायीसम्...
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पाैडेल
राजनीति, समाचार

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पाैडेल

नेपालअखबार,काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच मंगलबार शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन् ।  सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो । सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे। “जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पू...
अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत
राजनीति, विश्व, समाचार

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्। यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले बताएका छन्। ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादपछि सामाजिक सञ्जालमार्फत् नयाँ व्यापारिक सम्झौता भएको जानकारी दिएका हुन्। उनका अनुसार भारतले अब अमेरिकाबाट तेल खरिद गर्नेछ भने सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल किन्न सक्छ। भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता हो। भारतले आफूलाई आवश्यक पर्ने करिब ९० प्रतिशत तेल आयातबाट पूरा गर्छ। सस्तो रूसी तेलका कारण युक्रेन युद्धपछि भारतको आयात खर्च घटेको थियो। तर हालै भारतले रूसबाट तेल खरिद क्रमशः घटाउँदै लगेको छ। ह्वाइट हाउसका एक अधिकार...
जिल्ला अस्पतालमा ऐतिहासिक परिवर्तन : जनताको सेवामा उभिएका ज्ञानेन्द्र बहादुर कार्कीप्रति बढ्दो भरोसा
राजनीति, समाचार

जिल्ला अस्पतालमा ऐतिहासिक परिवर्तन : जनताको सेवामा उभिएका ज्ञानेन्द्र बहादुर कार्कीप्रति बढ्दो भरोसा

नेपालअखबार,इनरुवा । सुनसरी क्षेत्र नं. ४ का जनताले विकास र सेवाको वास्तविक अनुभूति गर्न थालेका छन्। वर्षौँसम्म सामान्य उपचारका लागि समेत धरान–विराटनगर धाउन बाध्य भोक्राहा, हरिनगर र कोशी गाउँपालिकाका नागरिक आज आफ्नै जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन्। यस क्षेत्र परिवर्तनको केन्द्रमा छन् — ज्ञानेन्द्र बहादुर कार्की जनताको आवश्यकता बुझेर काम गर्ने नेता मध्य १ नं मा पर्छ । सुनसरी सदरमुकाम इनरुवामा रहेका जिल्ला अस्पतालमा नागरिकले रेफर बाहेक केही पाउदैन थियो तर अहिले सो अस्पतालमा सुनसरीवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेको छ। तात्कालिक जिल्ला अस्पताल इनरुवामा मेसुको रुपमा डाक्टर देबराज घिमिरेले आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ जिल्ला अस्पतालको स्तरोन्नतिमा अग्रसर पुर्व मन्त्री तथा सुनसरी क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीको पहलले अस्...
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो ४ करोड
कृषि, समाचार, समाज

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो ४ करोड

नेपालअखबार,गलकोट (बागलुङ) । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका-८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे । यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ । खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गरे । आफूजस्ता एक सयभन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताए । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् । सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौं र चितवनमा छ । कोदो बा...
पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु
पर्यटन, समाचार, समाज

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु

नेपालअखबार,पोखरा । पर्यटकीय राजधानी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउन पोखरा पर्यटन परिषद्ले विशेष अभियान सुरु गरेको छ। लेकसाइडमा आउने पर्यटकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गरून् र यहाँको वातावरण शान्त रहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा यो कार्य थालिएको हो। परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि र पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूसँग साझेदारी गर्दै अभियान अघि बढाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र तत्काल सूचना आदानप्रदान गर्न एउटा ‘ह्वाटस् एप’ ग्रुप समेत तयार गरिएको छ। अवाञ्छित गतिविधि भएको देख्नासाथ ग्रुपमा वा सम्बन्धित निकायमा खबर गरी तत्काल एक्सन लिने व्यवस्था मिलाइएको छ। परिषद्का महासचिव जीवनराज सा...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण
अर्थ, समाचार, समाज

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

नेपालअखबार, दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न मुआब्जा निर्धारण समितिको बसेको थियो । बैठकले मन्त्रिपरिषद् बैठकबाट आ...
निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी
राजनीति, समाचार

निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी

नेपालअखबार,काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को  निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ राखेका थिए । रिपोर्टिङ सुनेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा राखेका थिए । बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक २२ माघमा बोलाउने निर्णय गरेको छ । साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू बैठकले गरेको छ। बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत...
गोसाइँकुण्डमा शिवरात्रीको तयारी, जुट्न थाले भक्तजन
समाचार, समाज

गोसाइँकुण्डमा शिवरात्रीको तयारी, जुट्न थाले भक्तजन

नेपालअखबार,रसुवा । यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा  गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री सतहदेखि करिब चार हजार ३८० मिटर उचाइमा अवस्थित यो तीर्थस्थल धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अनुपम मानिँदै आएको छ । धार्मिक मान्यताअनुसार गोसाइँकुण्ड भगवान शिव विराजमान भएको पवित्र कुण्ड हो । शिवरात्रिका दिन यहाँ स्नान, पूजा र आराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको हलाहल नामक कालकूट विष भगवान् शिवले ग्रहण गरी सम्पूर्ण प्राणी जगतको रक्षा गरेका थिए । यही कारण शिवलाई ‘नीलकण्ठ’ भनिएको मान्यता रही आएको छ । जीवनमा सके तीन पटक र नसके कम्तीमा एक पटक भए पनि गोसाइँकुण्डको दर्शन गर्नुपर्ने उल्लेख हिमवत्खण्डमा गरिएको...
खाना पकाउने ग्यास अभाव हुन नदिन  निगमले बढायो आयात परिमाण
प्रशासन, समाचार, समाज

खाना पकाउने ग्यास अभाव हुन नदिन निगमले बढायो आयात परिमाण

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभावसम्बन्धी सार्वजनिक गुनासो र सञ्चारमाध्यमका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन तत्काल कदम चाल्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ । निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेशनबाट देशभरका उद्योगहरूलाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको नियमित कोटा ४९,५०० मेट्रिक टन रहेको छ । निगमले माग धान्न पुग्ने परिमाणमा ग्यास आयात भएको दाबी गर्दै विगतका तीन महिनाको आयात विवरण सार्वजनिक गरेको छ । निगमकाअनुसार नोभेम्बर २०२५ ४७,२६४ मेट्रिक टन ग्यास आयात भएको छ । यसैगरी डिसेम्बर २०२५ मा ४८,५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७,३०४ मेट्रिक टन आयात भएको छ । निगमले यो परिमाण जाडोयामको माग धान्न पर्या...