निर्वाचनमा झडप र बहिष्कारकर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्- प्रधानमन्त्री कार्की
नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन्।
बुटवलमा लुम्बिनी प्रदेशको निर्वाचन सुरक्षाबारे सुरक्षा निकायसँग छलफलको क्रममा निर्वाचन बहिष्कार गर्नेहरूसँग सतर्क रहन निर्देशन दिएकी छन्। निर्वाचन बहिष्कार भन्दै कतिपय दलले आफ्नो अस्तित्वकै लागि पनि रकम असुली गर्ने देखिएको उनले बताइन्।
‘एउटा दुई, चार, पाँच जनाको एउटा समूह छ। चुनाब लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन। अनि धेरै ठाउँमा सबैलाई त दोष लाउन मिल्दैन, कसैकसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउने। निर्वाचन लड्दिन भन्दिए पछि पुगिगयो, केहि गर्न परेन,’ उनले भनिन्, ‘कुनै फंक्सन पनि गरेन एउटा पार्टी जीवित पनि रही रहन्छ। पैसा उठी पनि रहन्छ र यो खालको प्रवृति देखियो।’
उनले फागु पूर्णिमा (होली) आउँदै गर...










