Saturday, July 11

समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।  राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमै बस्ने बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।...
राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि
राजनीति, समाचार

राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ ...
कांग्रेस विवादमा योगेशको प्रतिक्रिया- अदालत जान सबैलाई खुला छ
राजनीति, समाचार

कांग्रेस विवादमा योगेशको प्रतिक्रिया- अदालत जान सबैलाई खुला छ

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए । उनले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताए ।‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने, उजुरी लिएर कानुनसम्मत छ की छैन, संविधानसम्मत छ की छैन भनेर जाने न हो,’ उनले भने ।...
लामिछानेविरुद्धको मुद्दा फिर्ता सर्वोच्चको नजिरविपरीत
प्रशासन, राजनीति, समाचार

लामिछानेविरुद्धको मुद्दा फिर्ता सर्वोच्चको नजिरविपरीत

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दामा महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतले स्थापित गरेको नजिरभन्दा बाहिर गएको छ । कार्यालयले लामिछानेमाथि सम्पत्ति शुद्धीरकण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिनु सर्वोच्चले प्रतिपादन गरेको नजिरविपरीत भएको ठहरिएको हो । कार्यालयलाई सीधै अभियोगपत्र फिर्ता लिने अधिकार कानुनले दिएको छैन, तर महान्यायाधिवक्ता कार्यालयले कास्की जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, काठमाडौँ जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा सुनुवाइ भएर प्रारम्भिक आदेशसमेत भइसकेको सहकारी ठगीसँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँग सम्बन्धित दुई वटा अभियोग हटाउने गरी सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयलाई निर्देशन गरिसकेकी छन् । कार्यालयले आरोपपत्र सच्याउन निर्देशन दिने निर्णय गर्दा विभिन्न आधारहरू प्रस्तुत ग...
कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक
राजनीति, समाचार

कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयअनुसार कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ। बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, देउवाबाट आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास समेत बैठकले व्यक्त गरेको छ। कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याए...
निर्वाचन आयोगविरूद्ध अदालत जान पूर्वकार्यवाहक सभापति खड्कालाई अख्तियारी
राजनीति, समाचार

निर्वाचन आयोगविरूद्ध अदालत जान पूर्वकार्यवाहक सभापति खड्कालाई अख्तियारी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको विघटित केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको निर्णय विरूद्ध अदालत जाने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आयोगविरूद्ध आइतबार नै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। मुद्दा मामिला तथा कानुनी कारबाहीका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी दिने निर्णय भएको पनि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बैठकले कानुनीसँगै राजनीतिक प्रतिवाद गर्ने पनि निर्णय लिएको छ। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो। नियमित महाधिवेशन टरेपछि पुस २७ देखि काठमाडौंमा विशेष महाधिवेशन भएको थियो।  त्यसले गगन थापाको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको छ।...
देउवा पक्षद्वारा भोलि नै सर्वोच्च जाने निर्णय
राजनीति, समाचार

देउवा पक्षद्वारा भोलि नै सर्वोच्च जाने निर्णय

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, 'देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्‍याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।' बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, 'हामी भोलि नै यसको खिलाफ...
संसदमा जाने रहर छ, चुनाव लड्छु- सञ्चारमन्त्री खरेल
राजनीति, समाचार

संसदमा जाने रहर छ, चुनाव लड्छु- सञ्चारमन्त्री खरेल

नेपालअखबार,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। 'अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो चाहना छ। इच्छा छ,' उनले भने। कानुन बनाउने ठाउँमै गएर पत्रकाहरूको हकहितमा काम गर्ने उनको भनाइ थियो। मन्त्री खरेलले कहाँ र कुन पार्टीबाट चुनाव लड्ने भन्ने चाहिँ खुलाएनन्। फागुन २१ को निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ।...
छतबाट खसेर वृद्धाको मृत्यु
समाचार, समाज

छतबाट खसेर वृद्धाको मृत्यु

नेपालअखबार, बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेका हुन् । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।...
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा ...