Saturday, July 11

समाचार

सभापति गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण
राजनीति, समाचार

सभापति गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण

नेपालअखबार,काठमाडाैँ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्। ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग गएका थिए। पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको नाम हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पहिलो केन्द्रीय समिति बैठकबाट भएको छ। उक्त निर्णयको जानकारी पनि निर्वाचन आयोगलाई दिइनेछ। पहिलो केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ। प्रवक्ता चालिसेले बैठकको निर्णय सुनाउँ...
भेनेजुएलाको तेल सम्पत्ति सुरक्षाका लागि निजी कम्पनी परिचालन गर्दै अमेरिका
विश्व, समाचार

भेनेजुएलाको तेल सम्पत्ति सुरक्षाका लागि निजी कम्पनी परिचालन गर्दै अमेरिका

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल र ऊर्जा क्षेत्रको सुरक्षा जिम्मा निजी सुरक्षा कम्पनीहरूलाई दिने तयारी गरिरहेको छ। यसै महिनाको सुरुमा भेनेजुएलामाथि आक्रमण गरेपछि ट्रम्पले भेनेजुएला र त्यहाँको तेल दुवै अब अमेरिकाले सञ्चालन गर्ने घोषणा गरेका थिए। भेनेजुएलामा अमेरिकी सेना तैनाथ हुने अड्कलबाजी चलिरहेका बेला ट्रम्पले सेनाको साटो निजी क्षेत्रलाई सुरक्षाको ठेक्का दिने विकल्पमा छलफल अघि बढाएका हुन्। ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको सम्भावित उपस्थितिलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि लामो समयसम्म सेना राखिरहनुपर्ने झन्झटबाट बच्न यस्तो रणनीति अपनाउन खोजेको बुझिएको छ। उनले अमेरिकाका ठूला तेल कम्पनीहरूलाई भेनेजुएलामा निर्धक्क लगानी गर्न आग्रह गर्दै आएका छन्। ती कम्पनीहरूलाई त्यहाँ वर्षौँसम्म सुरक्षित तवरले व्यवसाय विस्तार गर्न सकिन्छ भन्ने व...
अहिले संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

अहिले संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् । माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सदभाव र सहअस्तित्व कायम गर्ने भन्दै अहिलेको विशिष्ट परिस्थितिमा अझै संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी हुन् । सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहानुभूति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्नेमा नले जोड दिइन् । प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन सरकार सदैव प्रतिबद्ध रहेको धारणा राखिन् । अरूले पाएको सुविधा जस्तै थारु समुदायले पनि आ...
७५ देशको आप्रवासी भिसा निलम्बन गर्ने अमेरिकी निर्णयले को-को प्रभावित हुन्छन् ?
राजनीति, विश्व, समाचार

७५ देशको आप्रवासी भिसा निलम्बन गर्ने अमेरिकी निर्णयले को-को प्रभावित हुन्छन् ?

नेपालअखबार,काठमाडौं । अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय गरेको छ । यो निलम्बन जनवरी २१ देखि लागू हुनेछ र यसले ल्याटिन अमेरिका, क्यारिबियन, बाल्कन क्षेत्र तथा दक्षिण एशिया, अफ्रिका र मध्य पूर्वका धेरै देशहरूलाई प्रभाव पार्नेछ। दक्षिण एशियाका केही देशहरूसँगै नेपाल पनि यो सूचीमा परेको छ । यसले अमेरिका जाने योजना बनाएका धेरै नेपालीहरू प्रभावित हुनेछन् । अलजजिराका अनुसार, यो निर्णयले पर्यटक वा अल्पकालीन भिसा वाहकहरूका लागि भने लागू हुने छैन। यो परिवर्तनले अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहने मानिसहरूलाई मात्र असर गर्नेछ। यद्यपि, अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर फिफा विश्वकप आयोजना गर्नुभन्दा पाँच महिनाअघि यो कदम चालेको छ। आप्रवासी, शरणार्थी, विदेशी विद्यार्थी र भिसा आवेदकहरूमाथि भइरहेको शृङ्खलाबद्ध कडाइले आगन्तुकहरूप्रति अमेरिकाको द...
कांग्रेसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कमजोर पारियो : शेखर कोइराला
राजनीति, समाचार

कांग्रेसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कमजोर पारियो : शेखर कोइराला

नेपालअखबार,काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्। ‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न,’ उनले भनेका छन्, ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।’ उनले यसबीचका कैयन घटनाहरूको साक्षी भएको भन्दै देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट गुज्रिनुपरेको पनि बताएका छन् । कोइरालाले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप पनि लगाएका छन् । ‘यस बीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यां...
सडकमा बेवारिसे कुकुर जब अमेरिका पुग्यो
समाचार, समाज

सडकमा बेवारिसे कुकुर जब अमेरिका पुग्यो

नेपालअखबार,काठमाडौं ।  केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे। सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए। आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ। माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे। ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्‍याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताए। उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन्। ‘कुकुरल...
माघी पर्वले जातीय सद्‍भाव कायम गर्न मद्दत गर्छ : राष्ट्रपति
समाचार, समाज

माघी पर्वले जातीय सद्‍भाव कायम गर्न मद्दत गर्छ : राष्ट्रपति

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।” माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातज...
६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन
अर्थतन्त्र, समाचार

६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन

नेपालअखबार,काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिव १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ । अर्थ मन्त्रालयका अनुसार पुस महिना मात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ । त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थ...
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
राजनीति, समाचार

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल

नेपालअखबार,दाङ । एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् । प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्म विपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे । महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको दाबी गरे । ‘प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु सामान्य विषय होइन’ उनले भने, ‘यस्ता गतिविधिलाई ढाकछोप गर्ने निर्णयले हिंसा र अराजकतालाई प्रोत्साहन गर्छ ।’ उनले ‘नयाँ शक्ति’ को नाममा कानुनी राज्यलाई चुनौती दिन नहुने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिद...
सुनसरीमा ट्रक पल्टिदा ५ जनाको मृत्यु, ३ जना घाइते
दुर्घटना, समाचार

सुनसरीमा ट्रक पल्टिदा ५ जनाको मृत्यु, ३ जना घाइते

नेपालअखबार,सुनसरी  । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीकाे भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो । ट्रकमा अगाडिको क्याबिनमा चालकसहित ४ जना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका ५ जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ । चालक भने फरार रहेका जनाइएको छ ।...