Saturday, July 11

समाचार

सुनको मूल्य १ हजार ५ सय रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको मूल्य १ हजार ५ सय रुपैयाँ घट्यो

नेपालअखबार, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन र चाँदी बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।...
माघे सङ्क्रान्ति नेपाली समाजलाई जोड्ने साझा पर्व हुन् : पूर्वप्रधानमन्त्री झलनाथ खनाल
राजनीति, समाचार

माघे सङ्क्रान्ति नेपाली समाजलाई जोड्ने साझा पर्व हुन् : पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले माघे सङ्क्रान्ति तथा माघी पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै नेता खनालले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिलाई संरक्षण गर्दै आएको बताए । उनले माघे सङ्क्रान्ति तथा माघी पर्व हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजातिका समुदायले आ-आफ्ना मौलिक रीतिरिवाज र परम्पराअनुसार मनाउँदै आएको साझा राष्ट्रिय पर्व भएको उल्लेख गरे । खनालका अनुसार माघे सङ्क्रान्ति तथा माघी पर्व उधौली र उभौलीको सीमाका रूपमा पनि रहेको छ, जसले प्रकृति, समयचक्र र मानव जीवनबिचको सम्बन्धलाई उजागर गर्दछ । यस्ता पर्वहरूले नेप...
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण
प्रशासन, समाचार

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण

नेपालअखबार,जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले उनलाई शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णको गरिमामय उपस्थिति रहेको थियो। उक्त अवसरमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका विभिन्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शपथ लिएलगत्तै डा. सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार समेत सम्हालेका छन्। कार्यभार सम्हाल्दै नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श दिने प्रतिबद्धता जनाए। उनले प्रदेशको न्यायिक...
पर्वतारोहण सङ्घको अधिकार कटौती नगरौँः विधायन व्यवस्थापन समिति
राजनीति, समाचार

पर्वतारोहण सङ्घको अधिकार कटौती नगरौँः विधायन व्यवस्थापन समिति

नेपालअखबार,काठमाडौँ । प्रस्तावित नयाँ पर्यटन विधेयकमा नेपाल पर्वतारोहण संघको अधिकार कटौती गर्न खोजिएको भन्दै सांसदहरूले गम्भीर आपत्ति जनाएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा 'पर्यटन विधेयक २०८२' माथिको दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले संघको भूमिकालाई कमजोर बनाउन नहुनेमा एकमत जाहेर गरेका हुन् । विसं २०३५ को ऐनले पर्वतारोहण संघलाई दिएको स्पष्ट कानुनी अधिकार र स्वायत्ततालाई नयाँ विधेयकले बेवास्ता गरेको सांसदहरूको ठहर छ । छलफलमा सहभागी गंगाकुमारी बेल्वासे, सुरेशकुमार आले मगर, सोनाम गेल्जेन शेर्पा र डा. बेदुराम भुसाललगायतका सांसदहरूले दशकौँदेखि हिमाल आरोहणको अनुमति, तालिम र अन्तर्राष्ट्रिय समन्वयमा संघले हासिल गरेको विज्ञतालाई नयाँ कानुनले समेट्नुपर्ने माग गरे । उनीहरूका अनुसार विगतमा संघको सदस्यताविना सरदार वा पथप्रदर्शकहरू आरोहणमा जान नपाउन...
अहिलेको स्थितिमा कांग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ : रघुजी पन्त
राजनीति, समाचार

अहिलेको स्थितिमा कांग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ : रघुजी पन्त

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले नेपाली कांग्रेस फुट्दा लोकतन्त्र कमजोर हुने बताएका छन् । ‘अहिलेको स्थितिमा कांग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ, लोकतन्त्र संकटमा पर्छ, संविधान पनि संकटमा पर्न सक्छ,’ पन्तले भने । उनले दुवै पक्षका नेताहरुलाई गम्भीर बन्न आग्रह समेत गरेका छन् । ‘कांग्रेसको महत्वपूर्ण भूमिका राष्ट्रिय राजनीति र लोकतन्त्रमा रहँदै आएको छ । त्यसैले दुवै पक्षका नेताहरुले गम्भीर भएर सोच्दै एकतालाई कायम राख्नुपर्छ र फु्ट्नु दिनु हुँदैन,’ उनले भने । कांग्रेस फुटेको अवस्थामा चुनाव हुन नसक्ने भएकाले प्रतिनिधि सभा पुनर्स्थापना मुलुकको निकास हुने पनि उपाध्यक्ष पन्त बताउँछन् ।‘दुवै पक्ष निर्वाचनमा जान सक्ने अवस्था रहन्न, त्यो भनेको प्रतिनिधिसभा पुनर्स्थापना हो । संर्वोच्चले खुट्टा कमाउनु हुन्न,’ उनले भने ।...
विभिन्न घटकहरुलाई एकतावद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने : माधवकुमार नेपाल
राजनीति, विचार, समाचार

विभिन्न घटकहरुलाई एकतावद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने : माधवकुमार नेपाल

नेपालअखबार,काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने उनको तर्क थियो । सहसंयोजक नेपालले पार्टीका नेताहरुले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंशा गर्दा पार्टीको हालत कमजोर हँदै गएको जिकिर गरे । सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने गरी अघि बढनुपर्ने बताए । उनले भने, ‘पार्टीमा राम्...
आयोगमा गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र दर्ता
प्रशासन, राजनीति, समाचार

आयोगमा गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र दर्ता

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोग पुगेको छ । बुधबार अपराह्न देउवा पक्षका नेताहरू आयोग पुगेर पत्र दर्ता गराएका हुन् । आयोग स्रोतका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दर्ता भइसकेको छ। आजै बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षे कारबाहीको घोषणा गरेको थियो । कारबाहीमा परेका नेताहरूले भने बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूको पक्षमा रहेकाले त्यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएको छ । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २८ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २८ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा ६४ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बुधबार बिहान बैंककको नोङ नाम खुन स्टेसनबाट देशको उत्तरपूर्वी प्रान्त नाखोन रात्चासिमातर्फ छुटेको रेलमा क्रेन खसेको थियो । क्रेन खस्दा रेल नै आधा चिरा भएको थियो । थाइल्याण्डलाई चीनसँग जोड्ने तीव्र गतिको रेल्वे ट्र्याक निर्माणको काममा उक्त क्रेन प्रयोग गरिएको थियो । क्रेन खस्दा रेलको एउटा डब्बा लिकबाट बाहिर खसेको र अर्कोमा आगो लागेको बताइएको छ । दुघर्टनाको समयमा रेलमा अधिकांश विद्यार्थी र कामदारहरू सवार थिए । अधिकारीहरूले मृतकको पहिचान गरिरहेको र घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थाइल्याण्डका उपप्रधान तथा यातायात मन्त्री फिपट रत्चकितप्रकर्णले जानकारी दिएका छन् । स्टेट...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन–विश्वलाई ५ वर्षको कारबाही
राजनीति, समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन–विश्वलाई ५ वर्षको कारबाही

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ । यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो । कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए । बैठकमा सहभागी एक केन्द्...
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता
राजनीति, समाचार

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका सायमीले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा गैरन्यायिक रूपमा लागू गरिएका सडक तथा खोला मापदण्डका कारण भएको व्यापक विस्थापन, सहकारी क्षेत्रमा व्याप्त संगठित भ्रष्टाचार तथा त्यसबाट पीडित आम नागरिकका मौलिक अधिकार हननप्रति गम्भीर चिन्तित र सचेत रहेको उल्लेख छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, सहकारी पीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिका...