Thursday, August 13

समाज

आयातित बिरामीले औलो रोगको जोखिम बढ्दो
समाचार, समाज, स्वास्थ्य

आयातित बिरामीले औलो रोगको जोखिम बढ्दो

नेपालअखबार,बाँके । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो । पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए । “स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरू सङ्क्रमित भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरू बढी पाइएको छ”, उनले भने, “पछिल्ला केही वर्षदेखि जिल्लामा आयातित बिरामीहरूमा यो रोग बढी पाइएको छ ।” उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो ।  जिल्लामा सबैभन्दा धेरै नरैन...
जुम्लाका उत्पादन, कैलालीमा व्यापार
समाचार, समाज

जुम्लाका उत्पादन, कैलालीमा व्यापार

नेपालअखबार,जुम्ला । कालिकोटकी हंशिला बमलाई हिजोआज कैलालीमा स्याउ बेच्न भ्याइनभ्याइ छ। माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ कैलालीको भजनीमा बेच्छिन्। तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन। त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ। ‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले  बुझेकी छु। छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो,’ उनी भन्छिन्, ‘मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ। व्यापारले मेरा आवश्यकता पूरा गर्‍यो।’ यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताए। मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेका छन्। जुम्लामा उत्पादित स्याउ प्...
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
राजनीति, समाज

कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । मनोनीत सदस्यहरूमा खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिए ।...
भेरी अस्पतालमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला
समाचार, समाज, स्वास्थ्य

भेरी अस्पतालमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला

नेपालअखबार,बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा जापानिजइन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ। नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिजइन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका  बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए। उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको  अवस्था सामान्य भएको बताए। ‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापानिजइन्सेफ्लाइटिसको भएको पुष्टि भयो,’ उनले भने। स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले पनि भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापानिजइन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए। ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ। उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेक...
घारमा नै मौरी  धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा
समाचार, समाज

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

नेपालअखबार, जुम्ला । जुम्लाका किसानले पालेका मौरी  घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ । यहाँमा सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ । सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ । आज गुठीचौर गाउँपालिकाको गुठीगाउ...
बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला
समाचार, समाज

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

नेपालअखबार, रौतहट । रौतहटको बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
अर्थ, समाचार, समाज

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपालअखबार, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो ।  सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८% छुट पाउनेछन् । सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।...
सडकका बिचमा लगाइएका बिरुवा जोगाउन तारजाली
समाचार, समाज

सडकका बिचमा लगाइएका बिरुवा जोगाउन तारजाली

नेपालअखबार, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बिचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उनले भने, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।” सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उ...
पत्रकार महासंघका अध्यक्ष वपोख्रेलले दिए राजीनामा
समाचार, समाज

पत्रकार महासंघका अध्यक्ष वपोख्रेलले दिए राजीनामा

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्। उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्। पत्रकार महासंघको अधिवेशन दुई पटकसम्म हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ। मिति तोकेको एक सातासम्म पनि कार्यतालिका ल्याउन नसकिएको उनको भनाइ छ। साथै सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रूपमा अगाडि बढाउन बोलाएको बैठकमा केही पदाधिकारी र सदस्यहरू बैठक नसकिँदै बाहिरिनु र उपस्थितिमा हस्ताक्षर नगर्नेजस्ता समस्या देखिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा निर्वाचन गराउन नसकिने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएका हुन्।...
मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ
कृषि, समाचार, समाज

मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ

नेपालअखबार,ढोरपाटन । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो । सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो । ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका...