Saturday, August 15

समाज

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
समाचार, समाज

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

नेपालअखबार,कञ्चनपुर ।  कञ्चनपुरमा दोदा नदिमा पाैडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-५ को दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बेलौरी -४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए। यस्तै  सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्। घाइतेहरूको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।...
आजदेखि भंगहा-जनकपुर-जयनगर रेल सेवा  ३ दिनका लागि बन्द
समाचार, समाज

आजदेखि भंगहा-जनकपुर-जयनगर रेल सेवा ३ दिनका लागि बन्द

नेपालअखबार,जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् । ‘…मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा-जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने प्रबन्धक झाले बताए ।...
अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप
समाचार, समाज, स्वास्थ्य

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

नेपालअखबार,चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन् । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए । ‘अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो’, प्रवक्ता डा. सापकोटाले भने । अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसि...
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
समाचार, समाज

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

नेपालअखबार,काठमाडौँ । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिए । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्...
९२ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण
समाचार, समाज

९२ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण

नेपालअखबार, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ र्‍यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन्। उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए। ‘यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,’ उनले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो।’ मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए। नेवा संस्थाको ३८ लाख ७१ लाख तीन सय...
बाराका किसानले चैते धान पनि रोप्न पाएनन्
कृषि, समाचार, समाज

बाराका किसानले चैते धान पनि रोप्न पाएनन्

नेपालअखबार,बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ गरेर सकिसक्नु पर्नेमा लामो समयदेखिको खडेरीले बारा दक्षिणी भागका किसान प्रभावित भएका छन् । बारामा हालसम्म करिब ६० प्रतिशत मात्र चैते धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैंले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् । दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।रासस...
आज नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन हुँदै
समाचार, समाज

आज नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन हुँदै

नेपालअखबार, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ । यसअघि गत चैत ७ गते बसेको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले वैशाख २१ गते लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर पछि काठमाडौंमा सारिएको थियो ...
मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति
समाचार, समाज

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

नेपालअखबार, मकवानपुर । मकवानपुरकाे उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत  सामान्य क्षति पुर्‍याएको थियो । डढेलाे स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।...
सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार
Uncategorized, समाचार, समाज

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार

नेपालअखबार,काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो । सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट  शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् । यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ । वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट...
सप्तरीको महदेवामा आगलागी हुँदा जले एक सय बढी घर
समाचार, समाज

सप्तरीको महदेवामा आगलागी हुँदा जले एक सय बढी घर

नेपालअखबार,सप्तरी। सप्तरीको एउटा बस्तीमा भिषण आगलागी भएको छ। महदेवा गाउँपालिका-१ स्थित चिम्टी टोलमा आगलागी हुँदा एक सय बढी घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंडिराज न्यौपानेले जानकारी दिए। उनका अनुसार दिउँसो साढे तीन बजे लागेको आगो अझै निभेको छैन। ‘आगो अहिले नियन्त्रणमा छ,' उनले भने, 'अघिदेखि ६ वटा दमकल प्रयोग गरिएको थियो। अहिले चारवटा दमकलले आगो निभाइँदैछ।' आगलागीमा घरका अन्य समानसँगै चौपायाहरू समेत मरेका छन्। आगलागीबाट क्षति भएको विवरण भने आउन बाँकी रहेको उनले बताए। स्थानीय सत्रुधन यादवको घरबाट सल्केको आगो तीब्र हावा चल्दा बस्तीमा सल्किएको प्रहरीको भनाइ छ।...