Sunday, August 16

समाज

९२ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण
समाचार, समाज

९२ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण

नेपालअखबार, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ र्‍यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन्। उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए। ‘यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,’ उनले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो।’ मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए। नेवा संस्थाको ३८ लाख ७१ लाख तीन सय...
बाराका किसानले चैते धान पनि रोप्न पाएनन्
कृषि, समाचार, समाज

बाराका किसानले चैते धान पनि रोप्न पाएनन्

नेपालअखबार,बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ गरेर सकिसक्नु पर्नेमा लामो समयदेखिको खडेरीले बारा दक्षिणी भागका किसान प्रभावित भएका छन् । बारामा हालसम्म करिब ६० प्रतिशत मात्र चैते धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैंले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् । दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।रासस...
आज नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन हुँदै
समाचार, समाज

आज नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन हुँदै

नेपालअखबार, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ । यसअघि गत चैत ७ गते बसेको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले वैशाख २१ गते लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर पछि काठमाडौंमा सारिएको थियो ...
मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति
समाचार, समाज

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

नेपालअखबार, मकवानपुर । मकवानपुरकाे उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत  सामान्य क्षति पुर्‍याएको थियो । डढेलाे स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।...
सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार
Uncategorized, समाचार, समाज

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार

नेपालअखबार,काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो । सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट  शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् । यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ । वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट...
सप्तरीको महदेवामा आगलागी हुँदा जले एक सय बढी घर
समाचार, समाज

सप्तरीको महदेवामा आगलागी हुँदा जले एक सय बढी घर

नेपालअखबार,सप्तरी। सप्तरीको एउटा बस्तीमा भिषण आगलागी भएको छ। महदेवा गाउँपालिका-१ स्थित चिम्टी टोलमा आगलागी हुँदा एक सय बढी घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंडिराज न्यौपानेले जानकारी दिए। उनका अनुसार दिउँसो साढे तीन बजे लागेको आगो अझै निभेको छैन। ‘आगो अहिले नियन्त्रणमा छ,' उनले भने, 'अघिदेखि ६ वटा दमकल प्रयोग गरिएको थियो। अहिले चारवटा दमकलले आगो निभाइँदैछ।' आगलागीमा घरका अन्य समानसँगै चौपायाहरू समेत मरेका छन्। आगलागीबाट क्षति भएको विवरण भने आउन बाँकी रहेको उनले बताए। स्थानीय सत्रुधन यादवको घरबाट सल्केको आगो तीब्र हावा चल्दा बस्तीमा सल्किएको प्रहरीको भनाइ छ।...
दम्पती हत्या आरोपमा दुईजना पक्राउ
अपराध, समाचार, समाज

दम्पती हत्या आरोपमा दुईजना पक्राउ

नेपालअखबार, पर्वत। पर्वतको  जलजला गाउँपालिका-२ मा  दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो। कृष्णलाई म्याग्दी र दिपकलाई कास्कीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए। 'उनीहरूले लुटपाटका लागि दम्पतीको हत्या गरेको देखिएको छ। बाँकी अनुसन्धान भइरहेको छ,' उनले भने। चैत १९ गते सोमबार राति  घरभित्रै ६८ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा मंगलबार बिहान ८ बजे शव फेला परेको थियो। प्रहरीका अनुसार  छोराले गरेको फोन नउठाएपछि छिमेकी उनीहरूको घरमा हेर्न गएका थिए।  ढोकामा ताला लगाएको देखेपछि उनका छोरा आफैँ आएर ढोका खोल्दा मृत अवस्थामा फेला परेका हुन्। घटनास्थल पुगेको प्रहरीले हत्या भएको आशंक...
गुल्मी दरबारमा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट
समाचार, समाज

गुल्मी दरबारमा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट

नेपालअखबार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीमा एउटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुल्मी दरबार गाउँपालिका–५, डाँडापोखरीस्थित खरबारी र जंगलमा लागेको आगोले रविन ढकालको ३ तले घर र २ तले गोठ र आगलागीबाट रिता ढकालको एक तले गोठ पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुल्मी दरबार गाउँपालिका–७ ढुंगे देउरालीका स्थानीयको खरबारी र जंगलमा लागेको आगो बस्तीमा सल्किँदा पुतली कार्कीको घरलाई पनि आंशिक क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार कार्कीको घरको एउटा कोठामा क्षति पुगेको छ भने एउटा बाख्रा खोर जलेर पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, नरेन्द्र शर्मा ज्ञवालीको घरमा आंशिक क्षति पुगेको छ भने लु ४५ प ३६३ नम्बरको मोटरसाइकल पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ । बजारमारे हर्रा रुखका सुवास खत्रीको गोठ र गोठमा रहेको ए...
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
समाचार, समाज

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

नेपालअखबार, म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् । ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो । आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको रु एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित रु दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दु...
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
समाचार, समाज

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

नेपालअखबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर १० लाखभन्दा बढीको क्षति भएको छ । उनले भने, ‘वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।’ पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष ख...