Monday, August 17

समाज

लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम
समाचार, समाज

लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम

नेपालअखबार,पोखरा । लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका छन् । यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा बालमन्दिर मा.वि.का अनुजा बराल र कन्या मा.वि.का रितिका शेर्पालीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारी, क्लबका अध्यक्ष शर्मिला श्रेष्ठ, सचिव अम्बु कर्माचार्य, कार्यक्रम संयोजक धु्रव श्रेष्ठले नगद, प्रमाणपत्र र आकर्षक पुरस्कारसहित पु...
दक्षिण कोरियामा डाक्टरहरुको हडतालबिच एक महिलाको मृत्यु
विदेश, समाचार, समाज

दक्षिण कोरियामा डाक्टरहरुको हडतालबिच एक महिलाको मृत्यु

नेपालअखबार, सोल । दक्षिण कोरियामा डाक्टरहरूको हडताल  चलिरहेको छ । हडतालबिच अस्पतालहरूले बिरामी लिन नमानेपछि ८० वर्षीय वृद्धाको एम्बुलेन्समै मृत्यु भयो । मृत्युको कारण हृदयघात बताइएको छ । एम्बुलेन्सले वृद्धालाई भर्ना गर्न अनुरोध सहित भन्दै ७ ओटा अस्पताललाई फोन गरेको थियो । तर कर्मचारी र शय्याको अभाव भन्दै कसैले पनि वृद्धालाई भर्ना गर्न मानेनन् । पहिलो पटक मद्दतका लागि फोन गरेको ६७ मिनेटपछि बल्ल एउटा सरकारी शिक्षण अस्पताल वृद्धालाई भर्ना गर्न तयार भयो । तर त्यतिबेलासम्म वृद्धाको मृत्यु भइसकेको थियो । यो घटनालाई कोरियाको सञ्चार माध्यमहरुले व्यापक रुपमा प्रचार प्रसार गरिरहेका छन् । डाक्टरहरूको हडतालका कारण बिरामीको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ । यस मामिलामा सरकारले छानबिन सुरु गरेको छ । चिकित्सकहरूको संख्या बढाउन तालिम दिने सरकारी योजनाको विरोधमा गएको हप्तायता कोरियामा करिब ७...
मंगला र मालिका गाउँपालिकाका विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा
कृषि, समाचार, समाज

मंगला र मालिका गाउँपालिकाका विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

नेपालअखबार, म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माविमा प्राविधिक धार कक्षा (९–१२) मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ । विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका हुन् । सो विद्यालयका प्रधानाध्यापक खत्रीका अनुसार विद्य...
एक गाग्री पानी ल्याउन डेढ घण्टा
समाचार, समाज

एक गाग्री पानी ल्याउन डेढ घण्टा

नेपालअखबार, इलाम। माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूलो समस्या छ। बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ,’ उनले भने ‘बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ। लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ।’ सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ। उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताए। चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ।त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु ...
आसाम निवासी साहित्यकार पोखरामा सम्मानित
समाचार, समाज

आसाम निवासी साहित्यकार पोखरामा सम्मानित

नेपालअखबार, पोखरा।  साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो । सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त तथा क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा विजय पंडित, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दीलबहादुर क्षत्री, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्या. एल.पी. गुरुङ, जनकविकेशरी धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष ...
गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान रामकुमार एलनलाई
समाचार, समाज

गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान रामकुमार एलनलाई

नेपालअखबार, हेटौँडा। झरना साहित्यिक संस्थाको दुई दिने कला साहित्य महोत्सव सम्पन्न भएको छ। मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालीदेवी माविमा शुक्रबार र शनिबार दुईदिने बकैया कला–साहित्य महोत्सव–२०८० सम्पन्न भएको हो । संस्थाको ३१औँ वार्षिकोत्सवका अवसरमा दुईदिने बकैया कला साहित्य महोत्सव गरिएको संस्थाका सचिव मसान उपासकले बताए । महोत्सवको पहिलो दिन शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले महोत्सवको उद्घाटन गरेका थिए । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष टंकध्वज लोप्चन, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार परशुराम गौतम, समाजसेवी ठूलीमाया मोक्तान, पत्रकार सुरेश श्रेष्ठ, बालअधिकारकर्मी आरपि दाहाललगायत विभिन्न विद्यालयका प्र...
एम्बुलेन्समा गाँजा तस्करी
अपराध, समाचार, समाज

एम्बुलेन्समा गाँजा तस्करी

नेपालअखबार, विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो  गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेश...
सेतीमा माछा मार्न गएका एक जना मृत फेला परे, अर्का एक बेपत्ता
समाचार, समाज

सेतीमा माछा मार्न गएका एक जना मृत फेला परे, अर्का एक बेपत्ता

नेपालअखबार, पाेखरा। सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ। कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपता भएका थिए। पोखरा महानगरपालिका वडा नम्बर १ का ४० वर्षीय मंगा तामाङ मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका  गण कास्कीबाट खटिएको टोलीले उनको शव सोमबार राति एक बजे ढुंगामा अड्किएको अवस्थामा फेला पारेको सहप्रवक्ता थापाले जानकारी दिए। उनका अनुसार सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ नदीमा बेपत्ता नै छन्। उनको गोताखोर र विपद् उद्धार टिमले खोजी गरिरहेको प्रवक्ता थापाले जानकारी दिए। मृत भेटिएका मंगाको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए। माछा...
कोदोबाट बिस्कुट उत्पादन
अर्थ, समाचार, समाज

कोदोबाट बिस्कुट उत्पादन

नेपालअखबार, बागलुङ। पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस २०७७ मा सो उद्योग स्थापना भएको थियो। लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए।कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ। ‘जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो...
बाघ मारेर गाडेको अवस्थामा भेटियो
समाचार, समाज

बाघ मारेर गाडेको अवस्थामा भेटियो

नेपालअखबार, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए । ‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो’, उनले भने, ‘स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।’ यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका-१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो । रासस...