Tuesday, May 5

समाज

सर्पदंशबाट झापामा किशोरको मृत्यु
समाचार, समाज

सर्पदंशबाट झापामा किशोरको मृत्यु

नेपालअखबार,  झापा। विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ। हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।...
पहिरोले अवरुद्ध बेँसीशहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै
समाचार, समाज

पहिरोले अवरुद्ध बेँसीशहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

नेपालअखबार,  लमजुङ। लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे-बेँसीशहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे-बेँसीशहर-चामे सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए । उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबैखाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक ...
पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता
समाचार, समाज

पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

नेपालअखबार, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धान खोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।...
पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध
समाचार, समाज

पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध

नेपालअखबार । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए। सडकखण्ड अवरूद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए। पहिरोले मकालु ५ र ३ जोड्ने अरूण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ। पहिरोले पुल आसपासको भू–भाग क...
२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै
समाचार, समाज

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै

नेपाल अखबार, चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ । २० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् । ‘हात्ती बिरामी भएको पाँच मह...
पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
समाचार, समाज

पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

नेपालअखबार, सङ्खुवासभा । लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए । सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए। पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिराले पुल आसप...
रतुवा खोलाको बाढी बस्तीमा पस्यो
समाचार, समाज

रतुवा खोलाको बाढी बस्तीमा पस्यो

नेपालअखबार, झापा। झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तिमा पसेको थियो । बाढी पसेर सो स्थान बस्ने विष्णु लिम्बु, सुवास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ लगायत १३ जनाको घरमा क्षति पुगेको प्रहरीको भनाइ छ । उनीहरूलाई नेपाल प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरी सुरक्षित स्थान (आफन्तहरूको घर) तर्फ सारिएको थियो । मंगलबार बिहान रतुवा खोलामै आएको बाढीको कारण गौरादह न.पा.वडा नं.६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेको छ । डुबानमा परेको खबर प्राप्त हुना साथ प्रहरी टोली पुग्दा बस्तीमा २ फिट पानी पसेको र अन्य क्षति नभएको पाइएको थियो । सूचना अधिकारी वसन्त पाठकका...
यारूखोलाको भेलले खच्चड बगायो, बचाउन गएका एक बेपत्ता
समाचार, समाज

यारूखोलाको भेलले खच्चड बगायो, बचाउन गएका एक बेपत्ता

नेपालअखबार, गाेरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित यारू खोलामा आएको बाढीले बगाएको खच्चड बचाउन गएका एक व्यक्ति बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीय माइला गुरूङ आइतबारदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको छ। बाढीले खच्चडलाई बगाएपछि उनी बचाउन गएका थिए। खच्चडलाई बचाउन खोज्दा चिप्लिएर उनी भेलमा परेको प्रहरीको भनाइ छ। उनी खच्चड धपाउने काम गर्थे। यारूखोलाको भेलबाट बगेका उनी नजिकैको बूढीगण्डकीमा पुगेपछि बेपत्ता भएको स्थानीयहरूले बताएको प्रहरीले जनाएको छ।...
बैतडीमा आजदेखि चार दिन बिजुली नहुने
समाचार, समाज

बैतडीमा आजदेखि चार दिन बिजुली नहुने

नेपालअखबार, बैतडी । बैतडीमा चार दिनका लागि बिजुली सेवा बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार आज सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो। विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो। ‘नयाँ सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने लागेको हो। मर्मत तथा नयाँ सबस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ,’ उनले भने। सबस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सबस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको उनले बताए। सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत् सेवा अवरुद्ध हुनेछ। यद्यपि वैकल्पिक लाइ...
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने
समाचार, समाज

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

नेपालअखबार, काठमाडाैं । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । “देशभरी मनसुनको प्रभाव छैन”, पौडेलले भने । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षभरीको ८०५ पानी पर्छ । राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पह...