Wednesday, June 10

हाइलाइट-समाचार

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

नेपालअखबार,काठमाडौं । कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उनको स्थायी बसोबास छ। दुई वर्ष दुई महिना बित्नै लाग्यो, उनी अस्पतालको शय्याबाट उठ्न सकेका छैनन्। बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली छिन्। तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उनकै भरमा छ। बिरामी श्रीमानको पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउँछिन्। मुहार सुम्सुम्याउँछिन्। यतिबेला उनको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन। माइतीमा ब...
अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल
राजनीति, समाचार, हाइलाइट-समाचार

अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल

नेपालअखबार,काठमाडौँ  । एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार र आइतबार राजधानीमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । त्यस्तै संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएका हुन् ।...
५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

नेपालअखबार,काठमाडौँ । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो,’ उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन्। ‘विद्यालय व्यवस्थापन...
बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
कृषि, समाचार, हाइलाइट-समाचार

बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

नेपालअखबार,धरान। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ । बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ । आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन् । यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरक...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।...
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी

नेपालअखबार, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । “सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अध्यक्ष केसीले भने, “राजावादीको तीनकुने आन...
मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद
समाचार, समाज, हाइलाइट-समाचार

मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद

नेपालअखबार,सुनसरी । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा अल्पसंख्यक विभाग प्रमुख समेत रहनुभएका इकबाल अहमद (इफ्तखार हसन) ले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाही हुनुपर्ने बताउनु भएको छ । मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको अभिव्यक्तिप्रति पत्रकार अहमदले आपत्ति प्रकट गर्दै सरकारसँग कार्वाहीको माग गर्नुभएको हो । समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निवर्तमान केन्द्रीय सदस्य अहमदले राजावादी समर्थक, राष्ट्रवादी समुह र प्रजातान्त्रिक हण्डी खाएर वर्तमान संघीय ल...
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्‍याली
विश्व, समाचार, हाइलाइट-समाचार

अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्‍याली

नेपालअखबार,साना । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दशौं हजार यमनीहरूले सामूहिक र्याली निकालेका छन् ।  उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी नेता अब्दुलमलिक अल–हुथीले यो र्याली आह्वान गरेका थिए । बासिन्दा र हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी सेनाले शहर र वरपरका धेरै स्थानहरूमा ११ वटा हवाई आक्रमण गरेको केही घण्टापछि मध्य सानाको अल–सबीन स्क्वायरमा र्याली आयोजना गरिएको थियो । र्यालीको क्रममा प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा बोकेका थिए । अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए । उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई गाजामाथिको युद्ध अन्त्य गर्न र इजरायललाई अति आवश्यक खाद्यान्न र औषधिलाई क्षेत्रमा प्रवेश दिन दबाब दिन पनि आह्वान गरेका छन् । यमनमा, हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूका अनुसार मार...
माइतीघरमा पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन
समाचार, समाज, हाइलाइट-समाचार

माइतीघरमा पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन

नेपालअखबार, काठमाडौं । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।...
एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे

नेपालअखबार,काठमाडौँ  ।राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेको छ । झुन्डझुन्डमा तोडफोड गर्दै हिँडेका राजावादीले एसको कार्यालय तोडफोड र आगजनी गरेका हुन् । उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।...