Wednesday, July 8

हाइलाइट-समाचार

तिम्ल्याहाले घरमै पाए नागरिकता
समाचार, समाज, हाइलाइट-समाचार

तिम्ल्याहाले घरमै पाए नागरिकता

नेपालअखबार, झापा । विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए । तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएका हुन्। उनीहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् । आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उनीहरुको  आफैँले स्याहार सुसार गरिरहेको बताइन्। “एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उनले भनिन्, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।” रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप...
नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव

नेपालअखबार,काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मा एक पोस्ट गर्दै युद्धविराम सुरु भइसकेको जनाएलगत्तै नेतान्याहुको यो भनाइ आएको हो । ‘युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!,’ ट्रम्पले भनेका थिए । त्यस्तै, इरानको तास्नीम समाचार एजेन्सीका अनुसार देशको उत्तरपश्चिमी गिलान प्रान्तमा इजरायली हवाई आक्रमणले चारवटा आवासीय युनिटहरूलाई लक्षित गर्दा नौ जना सर्वसाधारणको ज्यान गएको छ। क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, उक्त आक्रमणले वरपरका धेरै घरहरूमा क्षति पुर्‍या...
इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक
विश्व, समाचार, हाइलाइट-समाचार

इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

नेपालअखबार, इस्तानबुल  ।  इजरायल र इरानबीच बढ्दो तनावकाबीच इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ । रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो । आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । कार्यक्रममा, टर्कीएका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताए । यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको बताए । दुईदिने बैठकमा ३५ भन्दा बढी विदेशमन्त्रीहरू सहभागी भएका थिए । जसमा इरानी विदे...
इरानले भन्यो- अमेरिकाले सीमा नाघ्यो, जबाफ दिन्छौं
राजनीति, विश्व, हाइलाइट-समाचार

इरानले भन्यो- अमेरिकाले सीमा नाघ्यो, जबाफ दिन्छौं

नेपालअखबार,काठमाडौं। इरानले अमेरिकालाई जबाफ दिने बताएको छ। अमेरिकाले इरानको आणविक भट्टीहरूमा आइतबार बिहान आक्रमण गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले त्यसको जबाफ दिने बताएका हुन्। हाम्रो आणविक पूर्वाधारमा आक्रमण गरेर अमेरिकाले सीमारेखा पार गर्‍यो। हामीले जबाफ दिनैपर्छ,' अराघ्चीको भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ। अराघ्चीले अमेरिकालाई जबाफ दिनू इरानको आत्मरक्षाको अधिकार नै हो भनेका छन्। उनले कुटनीतिक तवरबाट समाधान गर्नका लागि कति ठाउँ खाली छ भन्ने विषय आफूलाई थाहा नभएको बताए। 'तर अमेरिकाको कदम राष्ट्रसंघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको अकल्पनीय, गम्भीर र अभूतपूर्व उल्लङ्घन हो,' उनले भने। उनले वाशिङ्टनको कदमले निम्त्याउने आक्रामक र खतरनाक परिणामको जिम्मेवार ऊ आफै हुने पनि बताएका छन्। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले तत्काल आपतकालीन...
अमेरिकी आक्रमणपछि राष्ट्रसंघका महासचिवले भने, ‘म धेरै चिन्तित छु’
विश्व, समाचार, हाइलाइट-समाचार

अमेरिकी आक्रमणपछि राष्ट्रसंघका महासचिवले भने, ‘म धेरै चिन्तित छु’

नेपालअखबार,न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् , ‘आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति म धेरै चिन्तित छु। यो कदमले यस क्षेत्रमा तनाव अझ बढाउन सक्छ, जुन पहिले नै धेरै नाजुक अवस्थामा छ । यो अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि प्रत्यक्ष खतरा हो।’ उनले थपे, ‘यो द्वन्द्व चाँडै नियन्त्रण बाहिर जान सक्ने र नागरिक, क्षेत्र र विश्वलाई ठुलो क्षति पुग्ने डर बढ्दो छ।’ गुटेरेसले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्। उनले लेखे, ‘यस सङ्कटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो र शान्ति नै एक मात्र आशा हो।...
इजरायलमा क्षति इरानको हमलाले पछि
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इजरायलमा क्षति इरानको हमलाले पछि

तेल अभिभ । गत जुन १३ तारिखका दिन इजरायलले इरानमा हवाई हमला गरेपछि दुई देशबिचको तनाव जारी रहेको छ । दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन् । इरानले इजरायलका तेल अभिभ, हाइफा, पेतहा टिभ्का, बीर सेभा र तमारालगायत क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । इजरायलको वायु सुरक्षा प्रणाली इरानका धेरै मिसाइलहरूलाई रोके पनि केही भने आफ्नो लक्ष्यसम्म पुग्न सफल भएका छन् । यसबाट अस्पताललगायत विभिन्न भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ । पछिल्लो जानकारी अनुसार इजरायलमा इरानले गरेको आक्रमणमा २४ जना इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, ५ सयभन्दा बढी घाइते भएका छन् । उता, इजरायली आक्रमणमा परेर इरानमा पनि शीर्ष सैन्य अधिकारी र वैज्ञानिकसहित ६ सयभन्दा बढीको मृत्यु भएको छ । हेरौँ इरानले इजरायलमा गरेको हमलाबाट भएका क्षतिहरूको तस्बिरहरू । सबै तस्बिर : रोयटर्सबाट...
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या
अपराध, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या

नेपालअखबार,गाजा । इजरायली सेनाले राहत बोकेर आइरहेको ट्रकको पर्खाइमा रहेका २९ जनासहित गाजामा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार आफ्नो भोको परिवारका लागि खाना पर्खिरहेका नागरिकहरूको समेत इजरायली सेनाले हत्या गरेको जनाएको हो । यो घटना बुधबार मध्य गाजाको नेटजरिम करिडोरको सलाह अल–दिन सडकमा भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजिराले जानकारी दिएको छ । घटनामा १ सय जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । बुधबार इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो । दक्षिण गाजाको जेइटोउनमा एक घरमा गरिएको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, दक्षिणी गाजामा घरबारविहीन भएकाहरू बस्ने अल–मवासी क्याम्पमा गरिएको हवाई हमलामा ८ जनाभन्दा सर्वसाधारणको मृत्यु भएको थियो । उता, मध्य गाजामा रहेको मेघाजी क्याम्पमा गरिएको अर्को आक्रमणमा...
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न

नेपालअखबार,काठमाडौँ । क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ । शुक्रबार मात्रै क्यानडका प्रधानमन्त्री मार्क कार्नीले भारतीय प्रधानमन्त्री मोदी जी– ७ सम्मेलनमा निम्ता गरेको विषयमा क्यानडाको राजनीतिक दल एनडीपी, विश्व सिख संगठनले प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, सबैभन्दा बढी जनसङ्ख्या भएको देश र विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र रहेको बताउँदै कार्नीले साझेदारहरूसँगको छलफलमा, ऊर्जा, खनिजहरू जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आमन्त्रित गरिएको बताए । एक पत्रकार सम्मेलनमा उनले भने, ‘हामी द्विपक्षीय स्तरमा कानूनको कार्यान्वयनको बारेमा छलफल गर्ने सहमतिमा पुगेका छौं र यस दिशामा वार्ता अलि अगाडि बढेको छ। जब...
बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताएका हुन्। 'हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन्। आतंकित भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्। बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ,' उनले भने। आफूले कसैसँग एक रुपैयाँ घुस लिएको अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए। 'निजी स्वार्थबाट...
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद शेरबहादुर कुँवरले अध्यक्ष माधवकुमार नेपालविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको कानुनी रूपमा प्रतिवाद गर्ने स्पष्ट पारेका छन् । तर, राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा चलाइएको उनको दाबी छ । उनले भने,‘हामी कानुनी व्यक्ति भएको हुनाले सम्मानित अदालत र कानुनलाई सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइएको भन्ने निष्कर्ष निकालेको सुनाए । उनले भने,‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याइएको हो भन्ने हाम्रो निष्कर्ष छ । तथ्य र प्रमाणले त्यही कुरा बताउँछ । प्रधानमन्त्रीज्यूको निर्देशनमा हो, प्रस्ट छ ।’ उनले प्रधानमन्...