यस्तो छ एकीकृत समाजवादीको ‘मेची काली ‘समाजवादी जागरण अभियान’ को कार्यतालिका
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को १५ दिने समाजवादी जागरण अभियान २०८० को कार्यतालिका सार्वजनिक भएको छ ।
यही असोज १४ गतेदेखि ९ सय किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०’ नामक जनअभियान सञ्चालन गर्ने भएको छ ।
बिहीबार अभियानको बारेमा जानकारी गराउने उद्देश्यले आयोजति पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने गरीको कार्यतालिका सार्वजनिक गर्नुभएका हो ।
‘समाजवादी जागरण अभियान २०८०’ ले, ‘समाजवादी जागरण अभियान जनताको घर दैलोमा पुग्नेछ र जनताको दुख सुखमा साथ दिनेछ। सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो, भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नु हाम्रो काम हो अभियानका बारेमा संचारकर्मीहरुलाई जानकारी गराउँदै पार्टीका महासचिव घनश्याम भुसालले बताउनु भयो ।
अभियानको बारेमा ...










