Friday, July 10

हाइलाइट-समाचार

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने

नेपालअखबार, काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय गरेको छ । सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने पनि हमालले बताए ।...
पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण
समाचार, समाज, हाइलाइट-समाचार

पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण

नेपालअखबार, डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नुपरेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको निर्माण कछुवा गतिमा भएको छ । सडक विस्तारले आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरेको छ । सडकका विभिन्न स्थानमा ढुङ्गा, माटो हुँदा यात्रा सकसपूर्ण हुने गरेको छ । सडक छेउबाट पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको व्यास नगरपालिका–१२ का तारा पन्थले बताए । उनका अनुसार यस सडक छेउमा घर भएकाले केही कामका लागि निस्कँदा पनि सास्ती खेप्नुपर्ने अवस्था छ । ‘राजमार्गकै बाटो भएर बारीसम्म पुग्न पनि सकस छ, दैनिक रुपमा यस मार्ग हुँदै अध्यापनका लागि विद्यालयसम्म पुग्न सास्ती...
डोल्पाको ल्हाँ गाउँमा विभिन्न पार्टी परित्याग गरि २६ जना एकीकृत समाजवादी प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

डोल्पाको ल्हाँ गाउँमा विभिन्न पार्टी परित्याग गरि २६ जना एकीकृत समाजवादी प्रवेश

नेपालअखबार, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ ल्हाँ गाउँमा विभिन्न पार्टी परित्याग गरि २६ जना नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय परिषद सदस्य तथा डोल्पा जिल्ला पार्टी सह-इन्चार्ज हरिप्रसाद डाँगी , जिल्ला पार्टी अध्यक्ष छक्क बहादुर धराला लगायतका नेताहरुकोसहभागीतामा पार्टी प्रवेश कार्यक्रम भएको हो । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ का हरि बहादुर रोकाया,बिरेन्द्रझाक्री,मोहन प्रसाद रोकाया,लालजीत घर्ती, राजु झाक्री,हंसुझाक्री, कृष्ण झाक्री, कमल झाक्री, गोरख रोकाया, ज्ञान बहादुर रोकाया गरि १० जना नेकपा एमाले पार्टी परित्याग गरि समाजवादी प्रवेश गरेका छन । यस्तै दिप बहादुर घर्ती, मिला घर्ती, नन्दलाल नेपाली, राम बहादुर रोकाया, शेर बहादुर रोकाया,धन बहादुर रोकाया, मुकेश रोकाया,...
यस्ता छन् एकीकृत समाजवादीको स्थायी कमिटी बैठकका निर्णय
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

यस्ता छन् एकीकृत समाजवादीको स्थायी कमिटी बैठकका निर्णय

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । दुई दिन बसेको स्थायी कमिटी बैठकले तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो । एकीकृत समाजवादीले बाढी पहिरोबाट प्रभावित जनताको उद्धार गरी राहत प्रदान गर्न माग गरेको छ । यस्तै बैठकले भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ । महासचिव घनश्याम भुसालले बैठकले लम्पी स्किन रोगबाट क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गरेको बताए । पार्टी र जनसंगठनमा आबद्ध कतिपयले सामाजिक संजालमा  अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने पाएको भन्दै उनले त्यस्तो गरेमा पार्टी विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । &nb...
स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक स्थगित
राजनीति, समाचार, हाइलाइट-समाचार

स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक स्थगित

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले तय गरेको पार्टीका विभिन्न बैठकहरू स्थगित भएका छन्। पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव डा.गंगालाल तुलाधरका अनुसार पर्याप्त तयारी हुन नसकेका कारण बैठक स्थगित भएका हुन्। पार्टीका निम्ति दूरगामी महत्त्वका राजनीतिक र साङ्ठानिक विषयहरूमा छलफल गर्न र निर्णय लिनका लागि डाकिएका सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू स्थगित भएका छन्। अर्को सूचना नआएसम्मका लागि वैठक स्थगित गरिएकाे डा. तुलाधरले जानकारी दिनु भएकाे छ। यसअघि नेकपा एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।...
बाघको सङ्ख्या तेब्बर बढ्यो, व्यवस्थापनमा चुनौती
प्रशासन, समाचार, हाइलाइट-समाचार

बाघको सङ्ख्या तेब्बर बढ्यो, व्यवस्थापनमा चुनौती

नेपालअखबार, काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३-३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए । पाटे ब...
अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता नेपाली श्रमिकका बारेमा छलफल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता नेपाली श्रमिकका बारेमा छलफल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ। मेलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबार अध्यक्ष नेपाल र गृहमन्त्री बीच भेटवार्ता भएको हो। भेटमा  नेपाली श्रमिककाे अवस्थाबारेमा छलफल भएकाे थियाे ।  नेपाल-मलेसियाबीच सम्बन्ध  दुइ देश बिचकाे मित्रताबारे कुराकानी भएको थियो। अध्यक्ष नेपालले मलेशियामा काम गरि रहेकाे नेपाली कामदारकाे अवस्था बारेमा मलेसिया सरकारका गृहमन्त्री सैफुद्दीन नासुसनसंग चासाे राख्यका थिए । नेपाली कामदारकाे हकिहत र नेपालबाट जाने श्रमिककाे सिप र क्षमाता विकासकाे लागि पनि  मलेसियाले थप पहल गर्न पर्ने बताउनु भयाे । अध्यक्ष नेपाल त्रिदेशीय भ्रमणका क्रममा इण्डोनएशीयाहुँदै मेलेसिया पुग्नु भएको हो । आइतबार अध्यक्ष अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागि हुन...
उत्पादन बढेपछि चक्लाबन्दीमा अकर्षित हुँदै किसान
कृषि, समाचार, समाज, हाइलाइट-समाचार

उत्पादन बढेपछि चक्लाबन्दीमा अकर्षित हुँदै किसान

नेपालअखबार, बागलुङ । बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग पु-याउने भएपछि जिल्लाका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका हुन् । बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउँदा उत्पादनमा वृद्धि हुने भएपछि जिल्लाका किसानले फार्म, समूह र सहकारीमार्फत चक्लाबन्दी गर्न थालेका हुन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अगुवाइमा बागलुङ जिल्लामा पछिल्लो तीन वर्षयता १२ स्थानको कृषि फार्म, समूह तथा सहकारीमार्फत आठ सय रोपनी जग्गा चक्लाबन्दी भइसकेको मात्रै छैन चक्लाबन्दीमा गरिएको किवी तथा कागतीले उत्पादन दिन थालेका छन् । आर्थिक वर्ष २०७९÷८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना क...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
अर्थ, प्रशासन, समाचार, हाइलाइट-समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुन्छ ।...
नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छः मन्त्री श्रेष्ठ
राजनीति, समाचार, हाइलाइट-समाचार

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छः मन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आइतवार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनउने काम सरकारले गरिरहेको बताए । उनले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए । उनले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिए । उनले भने, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, शसस्त्र प्रहरी बल,...