Friday, July 10

हाइलाइट-समाचार

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’
राजनीति, समाचार, हाइलाइट-समाचार

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’

नेपालअखबार, डोल्पा। हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए । डोल्पामा व्यक्तिगत रुपमा बलिया रहेका उनले आफ्नै पूर्वसहकर्मीलाई पराजित गरेका हुन् । बुढा तीनै व्यक्ति हुन् जो ०७० मा दोस्रो संविधानसभाको निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश ...
माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी
राजनीति, समाचार, हाइलाइट-समाचार

माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी

नेपालअखबार,रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपाल  साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला  रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले  निर्वाचित भएका हुन।  नेता नेपाल ३३ हजार ५५२ मत पाएर  विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।...
सर्लाहीबाट प्रदेशसभामा एकीकृत समाजवादीकी वेची निर्वाचित
राजनीति, समाचार, हाइलाइट-समाचार

सर्लाहीबाट प्रदेशसभामा एकीकृत समाजवादीकी वेची निर्वाचित

नेपालअखबार, सर्लाही । मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।...
एकीकृत समाजवादीका शेरबहादुर कुँवर  निर्वाचित
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन् ।...
काठमाडौँ–७ (१)मा एकीकृत समाजवादीका मानन्धर विजयी
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडौँ–७ (१)मा एकीकृत समाजवादीका मानन्धर विजयी

नेपालअखबार, काठमाडाैं । काठमाडौँ ७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले  जानकारी दिइन् । यस्तै नेकपा एमालेका उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरे  । काठमाडौँ महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।...
रौतहट क्षेत्र नम्बर १ मा माधवकुमार नेपाल अग्रता
राजनीति, समाचार, हाइलाइट-समाचार

रौतहट क्षेत्र नम्बर १ मा माधवकुमार नेपाल अग्रता

नेपालअखबार, राैतहट। रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। आज यहाँ मतगणना भइरहेको छ। माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित नेपाललाई पछ्याइरहेका छन्। यो क्षेत्रमा माधव नेपाललाई सत्ता गठबन्धनको समर्थन छ भने एमालेका गुप्तालाई एमाले-जसपाको समर्थन छ।...
दैलेख १ मा समाजवादीका अम्मर
राजनीति, समाचार, हाइलाइट-समाचार

दैलेख १ मा समाजवादीका अम्मर

नेपालअखबार, सुर्खेत । दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् । १ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमालेका रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । सुरुमा एमालेका शर्माले अग्रता लिए पनि पुनः थापाले अग्रता लिएका छन् ।...
धादिङ– १ मा एकीकृत समाजवादी अगाडि
राजनीति, समाचार, हाइलाइट-समाचार

धादिङ– १ मा एकीकृत समाजवादी अगाडि

नेपालअखबार । धादिङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजेन्द्र प्रसाद पाण्डे २४३ मतका साथ अगाडि रहेका छन् । ५०५ मत गणना हुँदा एमालेका सूर्य प्रसाद त्रिपाठीले २०५ मतका साथ पाण्डेलाई पछ्याइरहेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३० मत प्राप्त गरेका छन् ।...
उम्मेदवार बराललाई बिरामी भेटन् समेत अवरोध
राजनीति, समाचार, हाइलाइट-समाचार

उम्मेदवार बराललाई बिरामी भेटन् समेत अवरोध

नेपालअखबार, पाेखरा । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी प्रसाद बराललाई बिरामी भेट्न जाँदा उहाँका प्रत्याशी दामोदर बैरागी पक्षका कार्यकर्ताले अवरोध गरेका छन् । आज अपरान्ह अन्नपूर्ण गाउँपालिका वडा नं १ का पार्टी नेता नारायण भण्डारीकी बिरामी आमा भेट्न गएको अवस्थामा गण्डकीका अर्थमन्त्री समेत रहनुभएका बराललाई बैरागी पक्षका कार्यकर्ताले बाटोमा दुव्र्यवहार गरी होहल्ला गरेका थिए । कार्यकर्ताले उम्मेदवार बराल मौन अवधिमा चुनाव प्रचार प्रसारमा आएको आरोप लगाएका छन् । उम्मेदवार बरालमाथि दामोदर पक्षका कार्यकर्ताबाट भएको अवरोधप्रति स्थानीयले दुःख व्यक्त गरेका छन् । स्थानीयले एमालेका उम्मेदवार बैरागी पक्षको कार्यप्रति आलोचना समेत गरेका छन् । मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न नपाइने व्यवस्था रहेपनि उम्मेदवारको सामान्य जनजीवनमा ...
गठबन्धनलाई भूमिहीन सुकुम्बासीको मत
राजनीति, समाचार, हाइलाइट-समाचार

गठबन्धनलाई भूमिहीन सुकुम्बासीको मत

पोखरा । कास्की क्षेत्र नम्बर २ का भूमिहीन सुकुम्बासीहरुलेलालपुर्जा वितरण गर्ने गठन्धन सरकारका नेताहरुलाई मत दिन बताएका छन् । पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा पाएको बताएका थिए । उनीहरुले केही भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरुले लालपुर्जा नै पाएको बताउँदै आफूहरुको हितमा काम गर्ने गठबन्धनका उम्मेदवारलाई मत हाल्ने बताए । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान आफ्नो प्रतिवद्धता पत्रमै उल्लेख गरिएको जानकारी गराए । उनले सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने...