Saturday, July 11

हाइलाइट-समाचार

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २२२ पुग्याे
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २२२ पुग्याे

नेपाल अखबार, भरतपुर । कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणको कारण सोमबार बिहान मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय २२ पुगेको छ। भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए। भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो। सोमबार बिहान ७ः२० मा उनको मृत्यु भएको हो। योसँगै भरतपुर अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमा चितवनका मात्रै छ छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो।भरतपुर अस्पतालमा मकवानपुरका तीन, कैलाली, गोरख...
उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन
प्रदेश ७, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकेत छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’ उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्ल्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका ...
एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु

नेपाफ अखबार, चितवान।  एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जनाकारी दिए । जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । अठार जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन...
जनता आवासका लागि प्रदेश सरकारले दुई हजार २४६ घर निर्माण गर्दै
समाचार, समाज, हाइलाइट-समाचार

जनता आवासका लागि प्रदेश सरकारले दुई हजार २४६ घर निर्माण गर्दै

नेपाल अखबार, काठमाडाैं। वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार २४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले उक्त कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २४६ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो । सो कार्यक्रमका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४३ करोड बजेट विनियोजन गरेर काम शुरु गरेको र क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा रु आठ करोड ६३ लाख बजेट थप गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सरकारले चितवनमा ७६६, मकवानपुरमा ६५०, धादिङमा ३५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०÷५० घर निर्माण गर्ने योजनाअनुसार अघिल्लो आर्थिक वर्षमा ६२० घर निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जनता आवास कार्यक्रमअ...
बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार
समाचार, समाज, हाइलाइट-समाचार

बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार

नेपाल अखबार, बाँके। बाँकेमा एक पुजारीले झारफुकको बहानामा मन्दिरको कुटीमै बाेलाएर दुई युवतीलाई बलात्कार गरेका छन्। पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए। उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ। बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो। ‘हामीलाई चाहिँ उजुरी भदौ ११ गते (बिहीबार) आएको हो,’ डीएसपी खड्काले शनिबार बिहान  भने, ‘त्यही दिन उसलाई हामीले पक्राउ गरेका हौं।’ एसपी रानाका अनुसार उनीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेकाे छ। डीएसपी खड्काका अनुसार पीडित दुवै युव...
सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता
Uncategorized, चलचित्र, मनोरञ्जन, समाचार, समाज, साहित्य \कला, हाइलाइट-समाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन्  । शुक्रबार साँझ (आज) भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । पहिलो सिजनको विजेता बुद्ध लामा...
नेता वामदेव गौतमको गीत  सार्वजनिक
भिडिओ, मनोरञ्जन, समाचार, हाइलाइट-समाचार

नेता वामदेव गौतमको गीत सार्वजनिक

नेपाल अखबार, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका छन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् ।  यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ । गीतको म्युजिक भिडियो बिभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ । जसमा गौतम समेत देखिएका छन् ।  जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।  ...
कोरोनाबाट थप १२ जनाको मृत्यु
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट थप १२ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।  यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।  मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र  रुपन्देहीका १–१ जना रहेका छन् । प्रवक्ता डा  गौतमले आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै ...
पोखरामा थपिए ११ कोरोना संक्रमित
Uncategorized, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरामा थपिए ११ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । शुक्रबार पोखरामा थप ११ जनामा सक्रमण पुष्टि भएको छ । उनिहरु वडानम्बर १, २, ३, ५, ११, १४ र १६ का रहेको स्वास्थ्य निर्देशनालय गण्कडीले जनकारी दिएको छ । वडानम्बर २ मा संक्रमित व्यक्ती कामना बिकाश बैंक दिप शाखा र वडानम्बर ३ का संक्रमित एभरेष्ट बैंक अमरसिंह शाखामा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । वडानम्बर १२ का संक्रमित ईन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत रहेको वडानम्बर १ का संक्रमित मोबाईल पसल संचालक हुन् । वडानम्बर ५ का संक्रमित औधोगिक क्षेत्रमा कार्यरत व्यक्ती रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । अन्य व्यक्तीहरु कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेको हुन् । यो सहित गण्डकीमा संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । बिहान पनि कास्की सहित ४ जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको थियो ।...
प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत
प्रदेश ४, प्रशासन, समाचार, हाइलाइट-समाचार

प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत

नेपाल अखबार, कास्की । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को १४ औंँ बैठकका निर्णय आज सार्वजनिक गर्दै  सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा २६८ उपधारा २ ले प्रदेश प्रहरी सङ्गठनले व्यवस्था गरेको तथा अनुसूची ६ अनुरुप उक्त विधेयक पेश गर्न स्वीकृत गरिएको जानकारी दिए । उनले प्रदेशको प्रहरी प्रशासन र शान्तिसुरक्षा प्रदेशको अधिकार क्षेत्रमा रहेको तथा प्रदेश प्रहरी सञ्चालनसम्बन्धी कानून निर्माण गर्न आवश्यक भएकाले आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट पेश गरिएको प्रदेश प्रहरीका सन्दर्भमा व्यवस्था गर्न बनेका विधेयक  प्रदेशसभामा पेश गर्न स्वीकृत गरिएको जानकारी दिए । बैठकले संविधानको धारा २४१ उपधारा १ को व्यवस्थानुसार महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ लेखा परीक्षण भई...