Friday, July 10

हाइलाइट-समाचार

मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ

नेपाल अखबार, एजेन्सि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ परीक्षण सेन्टरको भिडियो कन्फरेन्सिङमार्फत् उद्घाटन गरे । यसले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई फाइदा पुग्नेछ । मोदीले यतिबेला आफ्नै निर्णयको तारिफ गर्दै तत्काल लिइएको निर्णयका कारण भारतको स्थिती राम्रो भएको बताए । मोदीले भने, ‘कोरोनासँग लडाईंको मामिलामा भारतको स्थिती अन्य देशको तुलनामा राम्रो छ । भारतमा कोरोनाका कारण भएको मृत्यु अन्य देशको तुलनामा निकै कम छ । जनवरीमा हामीसँग कोभिड–१९ को परीक्षणका । लागि एउटा मात्रै प्रयोगशाला थियो र अब यो १३ सय पुगेको छ ।’ यद्यपि, कोरोनाविरुद्धको लडाईंमा डब्ल्यूएचओले जुन देशको तारिफ गरेको छ, त्यसमा भारतको नाम कहिँ कतै छैन । डब्ल्यूएचओले चीन, जर्मनी र दक्षिण कोरियाको प्रशंसा गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयाससले डब्ल्यूएचओले अहिलेसम्मको सबैभन्द...
मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा अर्जुन आचार्यले जानकारी दिए । ती डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राख्न लागिएको आचार्यको भनाइ छ । यसैबीच ती डाक्टरमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी थालिएको छ । अस्पताल स्रोतका अनुसार मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए ।...
आगामी तीन दिन यी नदीहरुमा बाढीको जोखिम
समाचार, हाइलाइट-समाचार

आगामी तीन दिन यी नदीहरुमा बाढीको जोखिम

नेपाल अखबार, काठमाडाैं। आज र भोलि नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार लगायत प्रदेश ५ भइ बग्ने साना नदीमा बहाव सतर्कता तह आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सो क्षेत्रका केही साना नदीमा पनि बहाव सतर्कता आसपास हुने र केही साना नदीमा खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्नेछ । आगामी ३ दिन बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको  । आज नारायणीमा बहाव सतर्कता नजिक हुनेछ भने केहि सहायक नदीमा खतरा आसपास हुनेछ ।...
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। साथै कोरोना भाइरस संक्रमणका कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शनिबार जानकारी दिएको छ। सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसके...
सार्वजनिक सवारी त चले, तर यात्रु भएनन्
समाचार, हाइलाइट-समाचार

सार्वजनिक सवारी त चले, तर यात्रु भएनन्

नेपाल अखबार, काठमाडौँ ।  यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् ।  यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका  छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा  सवारी साधनको सङ्ख्या पनि कम देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै मात्रै यात्रु देखिन्थ...
पृथ्वी राजमार्ग पुनः अवरुद्ध
समाचार, हाइलाइट-समाचार

पृथ्वी राजमार्ग पुनः अवरुद्ध

नेपाल अखबार,  तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा  सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । उनले सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान रहेको बताउनुभयो । तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ल...
कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु
समाचार, समाज, हाइलाइट-समाचार

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

नेपाल अखबार, जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए । यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको हो ।  स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य छ । जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ ।  गाउँभन...
कञ्चनपुर जिल्लामा लकडाउनमा ७२ जनाद्वारा आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

कञ्चनपुर जिल्लामा लकडाउनमा ७२ जनाद्वारा आत्महत्या

नेपाल अखबार, कञ्चनपुर।सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।” प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन् । “लकडाउनमा बेरोजगारी, विपन्न समुद...
आजदेखि  लकडाउन हट्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

आजदेखि लकडाउन हट्यो

नेपाल अखबार, पाेखरा। आजदेखि लकडाउन हट्यो । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा भने सरकारले गर्न सक्नेछ । सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयह...
अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’  नेता नेपाल
राजनीति, विचार, हाइलाइट-समाचार

अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ नेता नेपाल

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज मनाइँदै छ । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो । पुष्पलालले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई थप एकताबद्ध बनाउनु नै पुष्पलालप्रति सच्चा सम्मान हुने बताएका छन् ।नेकपाका वरिष्ठ नेता  एवम्  पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित, सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्द...