ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र
गोरखा । ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न माग गर्दै गोरखाका नागरिक समाजले पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका छन ।
भ्रमण बर्षमा अत्याधिक पर्यटक भित्राउनुपर्ने भन्दै जिल्लाका ऐतिहासिक संरचनाको संरक्षणमा जोड दिन माग गर्दै नागरिक साझा सवाल गोरखाको नेतृत्वमा नागरिक समाजले गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी मार्फत पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका हुन् ।
संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षर गरिएको पत्रमा गोरखा दरवार पुर्ननिर्माणमा भइरहेको लापरवाही र ढिलासुस्तीप्रति ध्यानाकर्षण भएको बताइएको छ । दरवार पुर्ननिर्माणको म्याद सकिदा ४० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको भन्दै नागरिक साझा सवालले पुरातत्व विभागलाई आवस्यक पहल र ठेकेदार कम्पनीलाई दवाव दिन आग्रह गरेको छ ।
त्यस्तै भ्रमण बर्षलाई लक्षित गर्दै गोरखा संग्रहालय हप्ताको सातै दिन खुला गर्ने ब्यवस्था मि...
