Monday, August 3

कृषि

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल
कृषि, समाचार, समाज

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

नेपालअखबार, अछाम । अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन् । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए । अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् । दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या...
सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन
अर्थ, कृषि, समाचार, समाज

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

नेपालअखबार, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए । वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाएका मिलनलाई मेनपावर कम्पनीले रु तीन लाख ५० हजार धरौटी रकम लाग्ने सुनायो । नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जान का लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेन...
भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो
कृषि, समाचार

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

नेपालअखबार, टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन । आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ । अलैँची  उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर नगरपालिका–१० का कृषक दुर्जधन राईले बताए । यस वर्ष अलैँचीको मूल्य प्रतिमन रु ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषक उनको भनाइ छ...
नार्कद्वारा नेपालमा गोलभेँडाको नयाँ रोग ‘टार्गेट स्पट’ भेटिएको पुष्टि
कृषि, समाचार, समाज

नार्कद्वारा नेपालमा गोलभेँडाको नयाँ रोग ‘टार्गेट स्पट’ भेटिएको पुष्टि

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन् । गतबर्ष काभ्रेको पनौतिमा देखिएको यो रोग अल्टरनेरिया डढुवा, सेप्टोरिया थोप्ले रोग र व्याक्टेरियल स्पट सँग मिल्दोजुल्दो देखिए पनि सङ्का लागेर नार्कको प्रयोगशालामा जाँच गर्दा यो नयाँ रोग पता लागेको हो । हाल यो रोग नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि देखिएको छ । नार्क अन्तरगतको राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खडकाले किसानबाट गोलभेडामा रोग लागेको गुनासो आएपछि अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । ‘सुरुमा किसानहरुले व्याक्टेरिया भनेर बिषादी हालेको तर रोग नियन्त्रणमा नआएपछि सो रोगको बारेमा हामीले अनुसन्धान सुरु गर्यौ’ बैज्ञानिक खडकाले भने, ‘हामीले सर्वप्रथम नयाँ रोग भन्ने कुरा एकिन गर्यौं । त्यसपछि डिएनए पर...
इलाममा आलुका उन्नत प्रविधिले उत्पादनमा वृद्धि
कृषि, समाचार

इलाममा आलुका उन्नत प्रविधिले उत्पादनमा वृद्धि

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले ईलाममा व्यापक लोकप्रियता पाइरहेका छन् । वि.सं.२०७५ सालदेखि नार्कले ईलाममा सुरु गरेको आलुका उन्नत प्रविधिको विस्तार गर्ने रुपान्तरणकारी परियोजनाबाट बीउ आलु उत्पादनमा उल्लेखनीय बृद्धि भई किसानको आय आर्जन बढेपछि यो कार्यक्रम लोकप्रिय भएको हो । सुरुमा वि.सं. २०७१ देखि नार्क अन्तर्गतको कृषि अनुसन्धान केन्द,्र जौवारी मार्फत् माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले आलुका उन्नत विउ लगेर उत्पादन गरेपछि यसले चर्चा पाएको हो । सोही सालमा जौवारी केन्द्रबाट २ हजार ४ सय किलो उन्नत विउ समुदाय स्तरमा उत्पादन गरी त्यसको विस्तार गर्न सुरु गरिएको थियो । कृषि अनुसन्धान केन्द्र जौवारीका प्रमुख जनार्जन गौतमका अनुसार उक्त क्षेत्रमा पहिले विटे, झ्याले, डेजिरे जस्ता पुराना जातका आलु लगाउँने र विउ नफेरी दशकौसम्म ए...
लम्पी स्किनविरुद्ध  काभ्रेमा खोप अभियान
कृषि, समाचार, समाज, स्वास्थ्य

लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान

नेपालअखबार, काभ्रे । लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो । एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ । धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा नितेश कार्कीले बताए । उनका अनुसार जिल्लामा ३६ हजार एक सय तीन पशुलाई खोप लगाइसकिएको छ ।उक्त सङ्क्रमणका कारण जिल्लामा हालसम्म एक हजार दुई सय ७४ वटा पशु मरिसकेका छन् भने २८ हजार छ सय ५६ पशु सङ्क्रमित भएका छन् । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लामा एक लाख ५१ हजार आ...
नार्कद्वारा प्रकाशित कृषि मौषम सल्लाह बुलेटिनबाट कृषक लाभान्वित
कृषि, समाचार, समाज

नार्कद्वारा प्रकाशित कृषि मौषम सल्लाह बुलेटिनबाट कृषक लाभान्वित

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको समन्वयमा हरेक हप्ता प्रकाशन भई सरोकारवालाहरुसमक्ष पुर्याउँने गरेको कृषि मौषम सल्लाह बुलेटिनको लोकप्रियता बढ्दै गएको छ । वि.सं. २०७२ साल आषाढ २५ देखि बाँके जिल्लाका लागि प्रकाशन सुरु भएको यो बुलेटिन हाल मुलुकका ७७ वटै जिल्लालाई लक्षित गरी प्रकाशित हुने गरेको छ । यो बुलेटिन तयार पार्न सुरुदेखि नै संलग्न उक्त केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार सुरुमा विश्व बैंकको अनुदानमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गत कृषि व्यवस्थापन सूचना प्रणालीको एक संभागको रुपमा नार्क, जल तथा मौषम विज्ञान विभाग र कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको सहकार्यमा बुलेटिन तयार गरी सरोकारवालासमक्ष पुर्याउँने काम हुँदै आएकोमा वि.सं. २०७६ मंसीरदेखि परियोजना समाप्त भएपछि नेपाल...
बुकीमै पुगेर लम्पी स्किनको उपचार
कृषि, समाचार, समाज, स्वास्थ्य

बुकीमै पुगेर लम्पी स्किनको उपचार

नेपालअखबार, बागलुङ । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन सङ्क्रमण भएपछि उनीहरु निराश छन् । सङ्क्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको सङ्ख्यामा सङ्क्रमित छन् । पशुको शरीरभरि घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन् । पशुमा सङ्क्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ । बेसीमा सङ्क्रमित भएका पशुचौपायालाई गोठमै प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको छ । ढोरपाटन...
नेपालमा नार्कले यसरी गर्यो पहिलोपटक फूलका जातको विकास
कृषि, समाचार

नेपालमा नार्कले यसरी गर्यो पहिलोपटक फूलका जातको विकास

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिलोपटक फूलका जातको विकास गरेको छ । नार्क अन्तर्गतको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले प्रस्तावित गरेका ग्लाडियोस (तरवारे) फूलका तीनवटा जातहरु लुम्ले ग्लाडियोलस १, लुम्ले ग्लाडियोलस २ र लुम्ले ग्लाडियोलस ३ का नामले उन्मोचित भएका हुन् । ती जातको उन्मोचन गराउन मुख्य भूमिका खेलेका कृषि अनुसन्धान निर्देशनालयका निवर्तमान निर्देशक एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार उक्त जातहरु १२ वर्ष अघिदेखि अनुसन्धानका क्रममा रहेपनि वि. सं. २०७९ को असारमा तिनलाई उन्मोचनका लागि सिफारिस गरिएको थियो । २०८० को बैसाख १८ गतेको राजपत्रमा प्रकाशित भएपछि व्यावसायिक उत्पादनका लागि उन्मोचन भएका हुन् । डा. उपाध्यायले उक्त जातहरु विकास गर्नमा निर्देशनालयका निवर्तमान निर्देशक एवम् मुख्य वैज्ञानिक डा. तुलबहा...
गोलभेँडाको न्यूनतम मूल्य नै १६० पुग्यो
अर्थ, कृषि, समाचार, समाज

गोलभेँडाको न्यूनतम मूल्य नै १६० पुग्यो

नेपालअखबार, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९४, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४५, लौका ४०, हरियो फर्सी ६०, स्कूस ६० कायम भई कारोबार भइरहेको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ३०, ब्रोकाउली १००, कागती १३० रुपैयाँ, भिण्डी ३५, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काँक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।...