Monday, April 20

प्रदेश ४

प्रदेश प्रहरी गठनका बारे गोरखामा छलफल
प्रदेश ४, समाचार, समाज

प्रदेश प्रहरी गठनका बारे गोरखामा छलफल

गाेरखा । जिल्लाका सरोकारवालाहरुले प्रदेश प्रहरी गठन अपरिहार्य रहेको बताएका छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जिल्ला सदरमुकाम गोरखामा गरेको छलफल कार्यक्रमका सहभागी सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले नागरिकको जिऊ धनको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै सोही अनुरुप संघिय संरचना अनुसार प्रदेश प्रहरी गठनको काम अघि बढाउनु पर्ने उनीको धारणा छ । गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व ए आई जी सुरेन्द्रबहादुर शाही, सुरक्षा विशेषज्ञ शोभाकर बुढाथोकी, पूर्व एआईजी बमबहादुर भण्डारी लगायतले प्रदेशीक प्रहरीको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिध...
दवाव र प्रभावमा नपर्न महान्यायधीवक्ता खरेलको निर्देशन
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

दवाव र प्रभावमा नपर्न महान्यायधीवक्ता खरेलको निर्देशन

गोरखा । कार्यसम्पादनका क्रममा कसैको दवाव र प्रभावमा नपर्न नेपाल सरकारका महान्यायधीवक्ता अग्नीप्रसाद खरेलले सरकारी वकिल र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला सरकारी वकीलको कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सेवा प्रवाह र कार्यसम्पादनका क्रममा सधै पिडितको पक्षमा अडिक रहेर काम गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो कार्यालय भनेको पिडितको अड्डा हो, यहाँ आएर उनिहरुले राहतको सास फर्न पाउनुपर्छ’ खरेलले भने ‘काम गर्दा दवाव प्रभाव दुवै आउन सक्छन्, त्यसमा नपरी सधै पिडितको वकालत गर्नु ।’ मुलुकको संबिधान र कानून अनुसार भएका व्यवस्थाहरुका आधारमा स–साना मुद्दाहरुलाई आपसी छलफलबाटै टुंग्याउन सके नागरिकले कानूनी झण्झट बहोर्न नपर्ने उनको तर्क छ । घटनाका आरोपीलाई हिरासतमा राखेर मात्र अनुसन्धान गर्न सकिन्छ भन्ने मान्यता परिवर्तन गर्नुपर्ने महान्यायधीवक्ता खरेलले बताए । ‘प्रमाण न...
उपसभामुख पाउन बार्गेनिङ छैन ः काँग्रेस नेता पाण्डे
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

उपसभामुख पाउन बार्गेनिङ छैन ः काँग्रेस नेता पाण्डे

गोरखा । नेपाली काँग्रेसलाई उपसभामुख पदको कुनै लोभ नभएको राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । सोमबार सदरमुकाममा नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभामुख पदका लागि काँग्रसले कसैसंग बार्गेनिङ नगरेको बताएका हुन् । ‘उपसभामुख पाउन सभामुखमा उम्मेदवार नउठाएको होइन’ उनले भने ‘पदको लोभ मानेर काँग्रेसले कसैसंग भिख माग्दैन ।’ सभामुख र उपसभामुख पदमा फरक–फरक पार्टीबाट हुनुपर्ने ब्यवस्था संविधानले नै गरेको नेता पाण्डेले बताए । ‘दुई पदमा पार्टी र लिङ्ग फरक फरक हुनुपर्छ भनेर संविधानले नै बोलेको छ, अहिले संसदमा ४ पार्टी छन् सत्तापछि ठूलो दल हामी छौ’ उनले भने ‘स्वभाविक रुपमा उपसभामुख काँग्रेसले पाउनुपर्ने हो, तर उहाँहरुको बहुमत भएकाले जे पनि हुन सक्छ ।’ एमसीसी देशका लागि हितकर रहेको स्पष्ट पार्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य...
पालुङटारमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण, पुरुषको दाजोमा महिला बिरामी धेरै
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पालुङटारमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण, पुरुषको दाजोमा महिला बिरामी धेरै

गोरखा । पालुङ्टारमा भएको निशुल्क स्वास्थ्य शिविरमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजना तथा पालुङ्टार नगरपालिकाको समन्वयमा वडा नम्बर ७ को खत्रीटारमा भएको एक दिने शिविरमा ४ सय ४ जनाको स्वास्थ्य जाँच भएको हो । जसमा पुरुषको तुलनामा महिला झण्डै तेब्बर छन् । २ सय ९४ जना महिलाले शिविरमा स्वास्थ्य परिक्षण गराउदा पुरुष भने १ सय १० जना मात्रै रहेको कार्यक्रम संयोजक विनोद अर्यालले जानकारी दिए । शिविरमा २ सय ८७ जनाले जनरल, १ सय १७ जनाले स्त्रीरोग सम्बन्धि समस्या तथा ९० जनाले भिडियो एक्स्रे गराएका छन् । विज्ञान पोलिक्लिनिक सेन्टर प्रा.लि. (अर्याल मेडिकल हल) को प्राविधिक सहयोगमा भएको शिविरमा वडा नम्बर ७ र ८ का जनता प्रत्यक्ष लाभाञ्वित भएका थिए । विभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको टोलीबाट चेकजाँच गरिएको शिविरमा पाठेघर, पेट, श्वासप्रश्वा...
लमजुङ जेसीजमा मियाँले सम्हाले अध्यक्ष पद
प्रदेश ४, समाचार, समाज

लमजुङ जेसीजमा मियाँले सम्हाले अध्यक्ष पद

लमजुङ जेसीजको १० औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । २०१९ का अध्यक्ष पायल शर्माले २०२० का लागि निर्वाचित अध्यक्ष रहमत दिन मियाँलाई पद हस्तान्तरण गरेकी हुन् । त्यस्तै लमजुङ जेसीजको यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा देवेन्द्र गुरुङ, आइसा मिया, उपाध्यक्षहरुमा संकल्प न्यौपाने, पुजा दनाइ, विक्रम घले र आरिफ मिया चयन भएका छन् । उनिहरुलाई समेत कार्यक्रममा सपथ ग्रहरण गराइएको छ । यसैगरी नवनिर्वाचित अध्यक्ष मियाँले महासचिवमा प्रेमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ, कानुनी सल्लाहकारमा विकास श्रेष्ठ र तालिम संयोजकमा दिपेश अधिकारीलाई मनोनित गरेका छन् । शाखाकी अध्यक्ष पायल शर्माको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी, निरुपित उपाध्...
एनजिओको काममा सरकारी अनुगमन
प्रदेश ४, समाचार, समाज

एनजिओको काममा सरकारी अनुगमन

गोरखा । स्वाँरा सघन गाउँविकास केन्द्र गोरखाले संचालन गरेको परियोजनामा जिल्ला समन्वय समितिका सदस्य सहितको टोलीले संयुक्त अनुगमन गरेको छ । सिआरएसको सहयोगमा सञ्चालन भइरहेको गोरखा पुर्नस्थापना तथा पुर्नलाभ कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो । भीमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ मा परियोजनाबाट सञ्चालन भइरहेका कार्यक्रमहरु संकटासन्न घरधुरी नीजि आवास पुर्ननिर्माण सहयोगबाट निर्माणाधिन घरहरु, अलैची खेती, अलैची सुकाउने भट्टी लगायतको अनुगमन गरिएको केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए । परियोजना मार्फत भिमसेन थापा, शहिद लखन र आरुघाट गाउँपालिकाका बिभिन्न वडाहरु गरी २ सय ४४ संकटासन्न घरधुरीलाई पुर्ननिर्माणका लागि सामाग्री, दक्ष जनशक्ति तथा आवस्यक प्राविधिक सेवा प्रदान गर्दै आएको छ । अनगुगमनमा जिल्ला समन्वय समितिका सदस्य तेज वराम, जिल्ला आयोजना कार्यन्वयन इकाई भवनका...
माछापालकलाई जाल उपहार
कृषि, प्रदेश ४, समाचार, समाज

माछापालकलाई जाल उपहार

गोरखा नगरपालिका–५ बोहोराबेंशीका माछा पालकलाई वडा कार्यालयले जाल वितरण गरेको छ । करिब ६ बर्षअघिदेखि माछा पालन गर्दै आएको बोहोराबेंशी माछापालन समुहलाई वडा कार्यालयको बजेटबाट ३२ मिटर र २५ मिटरका गरी २ थान जाली र पानी तान्ने मोटर दिएको हो । वडाध्यक्ष रामकुमार थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले समुहलाई जाल र मोटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले कृषकका माग अनुसार नगरपालिकाले कार्ययोजना निर्माण गरी अघि बढेको जानकारी दिए । ‘हामी कृषकलाई प्रोत्साहन गर्न चाहान्छौ, उहाँहरुको कामको सम्मान गर्छौ’ पन्तले भने ‘काम गरेर आत्मनिर्भर बन्न चाहानेको साथमा नगरपालिका छ अघि बढ्नुस, के आवश्यक छ माग्नुस हामी सकेको सहयाग गर्छौ ।’...
गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ

जिल्ला सदरमुकामबाट बिप्लव समूहमा आवद्ध दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व जनपरिषद् प्रमुख ६७ वर्षीय विष्णुप्रसाद रिजाल र किसान संगठनका जिल्ला अध्यक्ष ४८ वर्षीय रोहितप्रसाद पन्त रहेका छन् । उनीलाई गोरखा नगरपालिका–१० विरेनचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई शान्ती विरुद्धको कसुरमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ । रिजाल गण्डकी गाउँपालिका–७ घ्याल्चोक र पन्त शहिद लखन गाउँपालिका–४ ताक्लुङ निवासी हुन् । उनीहरुलाई राजद्रोह सम्बन्धी गतिबिधि गरेको प्रहरीले आरोप लगाएको छ । यो सँगै बिप्लब समूहका २१ नेता कार्यकता पक्राउ परेका छन् । सरकारले २०७५ माघमा विप्लब नेतृत्वको नेकपामा माथि प्रतिबन्धको घोषणा गरेपछि हालसम्म २१ जनालाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय गोरखा...
प्रशासन कार्यालयमा बाणिज्यको एटिएम
अर्थ, प्रदेश ४, समाचार, समाज

प्रशासन कार्यालयमा बाणिज्यको एटिएम

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम बुथ उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रशासन कार्यालयमा रहेको काउन्टर र प्रहरी कार्यालय परिसरमा रहेको एटिएम बुथ औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । बैंकको ५५ औं वार्षिक उत्सवको अबसरमा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले रुपमा दुबै सेवाको उद्घाटन गरेका हुन् । उक्त दुबै सेवा यस अघि नै सञ्चालनमा आइसकेका थिए । सरकारी कार्यालयको राजस्व संकलनका लागि एक्सटेन्सन काउन्टर र हरमटारी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी एटियम बुथ राखिएको बैंक प्रबन्धक कपिल कार्कीले बताए ।...
फिनाममा कफी खेती सम्बन्धी तालिम
कृषि, प्रदेश ४, समाचार

फिनाममा कफी खेती सम्बन्धी तालिम

गोरखा नगरपालिका–४ फिनाममा कृषकहरुलाई कफि खेति सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा फिनामका झण्डै ३० जना कृषकहरुलाई एक दिने तालिम दिइएको हो । वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरप्रमख राजनराज पन्तले वडा नम्बर ४ लाई कफीको पकेट क्षेत्रमा रुपमा विकास गर्न चाहेको बताए । ‘यो वडामा कफीको प्रचुर सम्भावना छ भन्ने अध्ययनले देखाएको छ’ उनले भने ‘आर्थिक आय, स्वरोजगारसँगै पर्यटन प्रवद्र्धनमा समेत यसले टेवा पु¥याउँछ भन्ने हाम्रो विश्वास हो ।’ खेती गर्न इच्छुकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए । तालिमको सहजीकरण बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले गरेका थिए ।...