महिनाको ३ सय र ५ सय रुपैयाँमा ५० र ८० एमबिपिएस स्पीडको इन्टरनेट सुविधा
नेपालअखबार, पोखरा । पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो ।
काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् ।
‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको छ । आशा छ काठमाडौंमा जस्तै स...








