Thursday, November 19

प्रशासन

बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश
प्रशासन, समाचार

बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश

नेपालअखबार, पोखरा । उच्च अदालत पोखराले बाराही घाट चोकमा सार्वजनिक शौचालय  निर्माणमा रोक लगाएको छ । सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण गर्न दिने निर्णविरुद्ध ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । पोखरा महानगरपालिकाले तल्लो तलामा सार्वजनिक शौचालय र उपल्लो तलामा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी १५ वर्षका लागि निजी कम्पनीलाई ठेक्का दिएको थियो । उक्त शौचालयको ११ जेठमा मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए । सूचनाको हक प्रयोग गरेर माग गर्दा पनि डेढ करोड रुपैयाँमा निर्माण हुने भनिएको शौचालयको स्टिमेट र ठेक्का ममहानगरले नदिएको र यसमा मेयर आचार्यको स्वार्थ बाझिएको रिट निवेदक युवाहरुको भनाइ छ । युवा अभियन्ता अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र राजेन्द्र बाटाजूले जनताले स...
राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
प्रशासन, समाचार

राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

नेपालअखबार, काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ । उक्त अभ...
काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा
अपराध, प्रशासन, समाचार

काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा

नेपालअखबार, सुर्खेत । काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।  जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।...
पेट्रोलियम पाइपलाइनको बिटुबी सम्झौता प्रक्रिया अघि बढ्यो
प्रशासन, समाचार

पेट्रोलियम पाइपलाइनको बिटुबी सम्झौता प्रक्रिया अघि बढ्यो

नेपालअखबार,काठमाडाैं। दोस्रो चरणको पेट्रोलियम पाइपलाइन निर्माणका लागि बिटुबी सम्झौताको प्रक्रिया अघि बढेको छ। नेपाल आयल निगमका प्रतिनिधि र भारतीय आयल कर्पोरेशन(आइओसी)का प्रतिनिधिबीच पहिलो चरणको छलफल भएको हो। निगमका प्रतिनिधि भारत गएर आइओसीका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरी फर्किएका छन्। बिटुबी सम्झौताको लागि निगमका अर्थ प्रशासन विभागका नायव कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा कमिटी गठन गएको छ। उक्त कमिटीमा निगमका संस्थागत मामिला विभागका नायव कार्यकारी निर्देशक करूणा क्षेत्री, बजार व्यवस्थापन विभागका नायव कार्यकारी निर्देशक विरेन्द्र गोइत, आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल, इञ्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक सुरज शाह र सोही विभागका उपनिर्देशक भरत रेग्मी गरी ६ सदस्यीय कमिटी गठन भएको छ। त्यस्तै, बिटुबी सम्झौताको लागि आइओसीमा पनि कमिट...
राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता
प्रशासन, समाचार

राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता

नेपालअखबार, काठमाडौँ । हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिधवक्ता अच्युतमणि नेउपानेका अनुसार आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकिएको छ । कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको छ । उनीहरुले निषेध गरिएको विषयमा विज्ञापन गरेको र जुवा वा सट्टेबाजीलाई प्रो...
पौने २४ करोडमा धनगढीमा बन्यो प्रहरी भवन
प्रशासन, समाचार

पौने २४ करोडमा धनगढीमा बन्यो प्रहरी भवन

नेपालअखबार , धनगढी,। सुदूरपश्चिम प्रदेश प्रहरीका लागि कार्यालयसहित अत्याधुनिक भवनहरू धनगढीमा निर्माण भएका छन्। प्रदेश प्रहरी कार्यालयको परिसरमा चार तलाको कार्यालय, प्रहरी कर्मचारी निवास तथा बेरेक र मेस बनाइएका हुन्। भौतिक पूर्वाधारमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित एवम् गुणस्तरीय सेवा दिने लक्ष्य अनुरूप संरचना निर्माणमा जोड दिने गुरूयोजना अनुसार भवनहरू तयार गरिएको हो। सुविधा सम्पन्न कार्यालय निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट दिएको हो। सुरू लागत अनुमान ३५ करोड २९ लाख ९४ हजार ५ सय १२ रहेकोमा सार्वजनिक खरिद ऐन अनुसार खुला बोलपत्रमार्फत् प्रतिस्पर्धा गराउँदा निर्माण कम्पनी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच २०७८ वैशाख १९ गते मूल्य अभिवृद्धि करसहित २३ करोड ७६ लाख ६ हजार ७ सय २१ रुपैयाँ लागतमा २ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो। समय सकिन १ सय ४५ दिन अघि नै ठ...
झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार
प्रशासन, समाचार

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

नेपालअखबार।  जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्। ती झोला सामान्य छैनन्। झोलामै स्वास्थ्य प्रयोगशाला छ। त्यति मात्र पनि होइन, झोलाका प्रयोगशाला बोकेर घरघरमा जाने स्वास्थ्यकर्मीले घरमै विभिन्न स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिन्छन्। ‘मर्निङवाक गरिएकै छ, खानपिनमा पनि सजगता अपनाइएकै छ, तैपनि नियमित स्वास्थ्य परीक्षण गर्न पाए ढुक्क हुने थियो’ भन्ने स्वास्थ्यप्रति सचेत मानिसलाई गाउँपालिकाको यो झोले सेवा ज्यादै उपयोगी भएको छ। त्यति मात्र पनि होइन कालीगण्डकी गाउँपालिकाको यो कार्यले छ वर्षअघिको राजनीतिक अवस्थालाई पनि सम्झाएको छ। २०७२ मा संविधान सभामार्फत जनता आफैँले बनाएको संविधा...
वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ
अपराध, प्रशासन, समाचार

वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

नेपालअखबार,सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर(३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उनलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिए । वडाध्यक्ष सहित तीन जनालाई हामीले नियन्त्रणमा लिएका छौं । उहाँहरुमाथी उपभोक्ता समितीको रकम चोरीको आरोपछ,’ डीएसपी शाहीले भने । प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ । गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ...
२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?
अर्थ, प्रशासन, समाचार

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

नेपालअखबार, काठमाडाैं। विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् । दुर्घटना र प्रदूषणको प्रमुख कारक रहेको भन्दै सरकारले २०७४ सालदेखि नै २० वर्ष नाघेका पुराना सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । युरोपेली मुलुक जर्मनीमा १० वर्षकै अवधिमा पुराना सवारीसाधन विस्थापित हुँदै आएका छन् । ती मुलुकले पुराना सवारीसाधन विस्थापित गरेर नयाँ खरिद गर्नेलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्दै आएका छन् । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई यात्रुवाहक र मालवाहक तत्कालै विद्युतीयमा कन्भर्जन (रूपान्तरण) गर्न नसकिए पनि साना चारपांग्रेलाई भने गर्न सकिने पर्याप्त ...
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
प्रशासन, शिक्षा, समाचार

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

नेपालअखबार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति तय गरेको हो। अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ। ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेस गर्नुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ। गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो। जसमा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्या...