यूएईसँगको श्रम समझदारी नवीकरण गर्ने सहमति
नेपालअखबार, काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई)बीच द्विपक्षीय श्रम समझदारी ४ वर्षका लागि नवीकरण गर्ने सहमति भएको छ । १४ जुन २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी बमोजिमको बुधबार काठमाडौंमा बसेको संयुक्त कार्य समितिको तेस्रो बैठकमा यस्तो सहमति भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको बैठकमा नेपालले दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समीक्षा भएको छ । बैठकमा नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए ।
नेपालले द्विपक्षीय समझदारीको पुनरवलोकन हुनुपर्ने, नेपाली श्रमिकहरूलाई यूएईमा न्यूनतम तलवको सुनिश्चितता गर्नुपर्ने, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखबद्ध रूपमा यूएईमा रहेका...










