Monday, August 3

प्रशासन

गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
प्रशासन, समाचार

गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

नेपालअखबार,काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले नियुक्ति बदरको माग गर्दै दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिटमा गरिएको छ । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ । नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन प्रतिषेध मिश्रित परमादेशको आदेश माग अधिवक्ताहरूले गरेका छन् । यसअघि उनीहरू पौड...
विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
प्रशासन, समाचार

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

नेपालअखबार,काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले चार वर्षका लागि हुमागाईंलाई अध्यक्ष नियुक्त गरेको हो। उनी यसअघि पनि विज्ञापन बोर्ड अध्यक्ष थिए। २०७८ असारमा उनलाई बोर्ड अध्यक्ष नियुक्त गरिएको थियो। हुमागाईं आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएका थिए। त्यसअघि हुमागाईं नेपाल टेलिभिजनको महाप्रबन्धक पनि थिए। त्यस्तै सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिव ५३ करोड ७६ लाख रुपैयाँ ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ। मन्त्रिपरिषदका निर्णय सुनाउँदै मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको...
दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम तीनकुने प्रकरणमा
अपराध, प्रशासन, समाचार

दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम तीनकुने प्रकरणमा

नेपालअखबार,काठमाडौं ।गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए ।प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो । १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमान्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प...
युनुस अन्सारी कैद भुक्तान गरी जेलबाट छुट्नेबित्तिकै सिआइबीको हिरासतमा
प्रशासन, समाचार

युनुस अन्सारी कैद भुक्तान गरी जेलबाट छुट्नेबित्तिकै सिआइबीको हिरासतमा

नेपालअखबार,काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई पक्राउ गरेको छ। नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी उनी शनिबार कारागार कार्यालय नख्खुबाट छुटेका थिए। छुटेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरण सजाय निवारण ऐन २०६४ अनुसार उनको मुद्दा बाँकी नै रहेको हुँदा कैद भुक्तान गरिसकेर आएको हुँदा थप अनुसन्धान गर्न ल्याएका हौं,’ उनले भने। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइसकेको छ। उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले म्याद दिइसकेको छ। २०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। कतारबाट...
२१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको भन्दै तुरुन्त सम्पर्कमा आउन एक सूचना जारी
प्रशासन, समाचार

२१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको भन्दै तुरुन्त सम्पर्कमा आउन एक सूचना जारी

नेपालअखबार,काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले २१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको भन्दै तुरुन्त सम्पर्कमा आउन एक सूचना जारी गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन  सूचना प्रकाशित गरिएको कानुन शाखाले उल्लेख गरेको छ । सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जबाफसहित कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही भई जाने चेतावनी दिइएको छ ।...
गृह मन्त्रालयका सहसचिव भट्टराईलाई अख्तियारको नियन्त्रणमा
प्रशासन, समाचार

गृह मन्त्रालयका सहसचिव भट्टराईलाई अख्तियारको नियन्त्रणमा

नेपालअखबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ । त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ । भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’ अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारि रहेको छ।   विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् ।आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेकोबारे यथेष्ट आधारहरू फेला परेका छन् । यसबारे गृह मन्त्रालयसम्म पनि सूचना...
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
प्रशासन, समाचार

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपालअखबार, काठमाडाैँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार नै प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत प्रकाशित गरिसकेको छ । सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।...
हुन्डीको २० लाखसहित एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

हुन्डीको २० लाखसहित एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुन्डी कारोबार गर्नका लागि बोकिएको प्रहरीले बताएको छ ।...
पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रशासन, समाचार

पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।...
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
प्रशासन, समाचार

सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी

नेपालअखबार, काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जसअनुसार टोलटोलमा विपद् सूचक राख्ने, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने तय भएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा  छलफल समेत भएको थियो । उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफ...