Thursday, April 23

प्रशासन

श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने
प्रशासन, समाचार

श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने

नेपालअखबार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पृष्ठ लामो प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो । अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उद्देश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यदेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतीहरु उल्लेख गरेको छ । कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको थियो । नेपालमा श्रमिक अस्पतालको आवश्यकता महसुस गरी सोही आधारमा कार्यदलले अस्पताल निमार्णका लागि १३ वटा सुझावहरु दिएको छ । कार्यदलका अनुसार अस्पताल निमार्णका ला...
३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र
प्रशासन, समाचार

३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र

नेपालअखबार,झापा । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको  प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए । सङ्कलन आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार सात सय ४६ जनालाई राहदानी वितरण गरिएको छ । जसबाट मात्र रु आठ करोड ६५ लाख १५ हजार  पाँच सय राजस्व सङ्कलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ । उनका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा सङ्घसंस्था दर्ता, पाँच सय ६३  संस्था नवीकरण, नाबालक परिचयपत्र तीन सय ४१ वटा वितरण गरिएको छ । असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीवापत रु नौ करोड एक लाख ९२ हजार एक सय ९२  राजस्व सङ्कलन ग...
भीमसेन थापा गाउँपालिकामा वडामै गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
प्रशासन, समाचार

भीमसेन थापा गाउँपालिकामा वडामै गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

नेपालअखबार, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ। गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए। गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा सुरु गरेको उनले बताए। ‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छौं’, उनले भने, ‘तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर...
सशस्त्रमा १४ जना कामु एसएसपी र दुई एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

सशस्त्रमा १४ जना कामु एसएसपी र दुई एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडाै । सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरिएको सशस्त्र प्रहरीका उच्च अधिकारीहरु बताउँछन् । बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ । कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल छन् । दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिग बिजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधीर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, उद...
वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने
प्रशासन, समाचार

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

नेपालअखबार, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घले बिहीबार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताए । वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न  खर्च भएको यथार्थ प्रस्तुत गर्दै उनले विप्रेषणको सही सदुपयोग गर्ने नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई भरपर्दो, मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकारको तर्फबाट अधिकतम प्रयास गरिरहेको बताए । उनले सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिका पनि उत्तिक...
सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश, निबेदक माथी धम्की
प्रशासन, समाचार

सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश, निबेदक माथी धम्की

नेपालअखबार, पोखरा  । पोखरा महानगरापालिका वडा नं ३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण बिरुद्ध उच्च अदालत, पोखरामा उजुरी परेको छ । बिगत लामो समय देखि बिबादमा रहेको उक्त सामुदायिक बनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको बन अतिक्रमण गरिएको बिषय अदालतमा पुगेको छ । उच्च अदालत पोखरामा उक्त बनका उपभोक्ताले अदालतमा उजुरी हालेका हुन । उक्त क्षेत्रमा करिव २० वटा घर र्निमाण गरि अतिक्रमण गरिएको छ । जिल्ला बन कार्यालय, डिभिजन बन कार्यालयमा लामो समय देखि छलफल हुदै आएपनि अतिक्रमणको प्रमाण हुदाहदै पनि कुनै कार्वाही प्रकृया अगाडी नबढाएकोले आफुले बाद्य भएर अदालत सम्म जानपरेको निबेदक बाबुराम अधिकारीले जानकारी दिनुभयो । उच्च अदालत पोखराले भने उक्त उजुरी उपर कारण देखाउ आदेश जारी गरेका छ । अदालतको आदेश अनुसार बन क्षेत्र भित्र के कसो भएको हो ? निबेदकको माग अनुसार कार्वाही किन नगर्ने भनि १५ दिन भित्र...
काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह
प्रशासन, समाचार

काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह

नेपालअखबार, काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ। महानगरले एक सूचनाजारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो। महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने बताएको हो। महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ।...
पोखरा महानगरमा एक वर्षमै चिया खाजामा साढे २ करोड खर्च
प्रशासन, समाचार

पोखरा महानगरमा एक वर्षमै चिया खाजामा साढे २ करोड खर्च

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकामा एक वर्षमा चिया खाजामा मात्रै साढे दुई करोड खर्च भएको छ । महालेखा परीक्षकको आव २०७७÷०७८ को प्रतिवेदन अनुसार चिया, खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको देखिएको र खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको हो । महालेखाले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ । यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख राख्नुपर्नेमा अभिलेख विना चालू खर्च शीर्षकबाट अनुगमन, भ्रमण, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण आदि शीर्षकमा ४६ लाख ८४ हजार रुपैयाँ खर्च लेखेको छ ।...
आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने
प्रशासन, समाचार

आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरुको संख्या आठ पुगेको छ । अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरुले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ । अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएपछि सेवाग...
पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने
प्रशासन

पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ । सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत स...