Thursday, April 23

प्रशासन

गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान
प्रदेश ४, प्रशासन, समाचार

गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान

वासुदेव पौडेल, पाेखरा । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । संविधानतः गठित सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना कामकारवाही अघि बढाइरहेका छन् । सरकारले संविधान घोषणा गरिएको दिन प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसकै रुपमा संविधान दिवस मनाउँदै आएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयनमा अधिकारको बाँडफाँटलगायत विषयमा अझै पनि कतिपय अस्पष्टताले समस्या ल्याउने गरेको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्तमान संविधानसमेत गरी सात संविधान जारी भइसकेका छन् । राज्यको मूल कानून संविधानकै मर्म र भावनानुरुप अन्य कानून निर्माण हुने संवैधानिक प्रचलन छ । वर्तमान संविधानले २५० वर्षदेखिको एकात्मक र...
आजबाट काठमाडौं उपत्यकामा निषेध अझ खुकुलो
प्रशासन, समाचार, समाज

आजबाट काठमाडौं उपत्यकामा निषेध अझ खुकुलो

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि निषेध अझ खुकुलो बनाइएको छ। उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले एकसाथ आदेश जारी गरी असोज १ देखि ५ बुँदामा उल्लेख (विज्ञप्ति अन्तिममा राखिएकाे छ) बाहेक अन्य सबै गतिविधि खुला गरेका हुन्। तर यसको अर्थ कोरोना भाइरसको जोखिम कम भएको भनेर पटक्कै नबुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले सुझाव दिएका छन्। जनजीविकाका लागि सहज होस् भनेर आजदेखि प्रतिबन्ध केही खुकुलो मात्र बनाइएको उल्लेख गर्दै सीडीओ दाहालले बिहीबार बिहान  भने, ‘वरिपरि भाइरस छन्, हिजोभन्दा १० गुना बढी सतर्कता अपनाउन जरुरी छ।’ उनका अनुसार सरकारले नागरिकलाई प्रमुख दुइटा कुरा भनेको छ– १.   ६ महिनामा जे सिक्यौं- कोरोना भाइरस कस्तो हो, कसरी सर्छ, यसको रोकथाम/नियन्त्रण गर्न के गर्नुपर्छ? यी कुरा जीवनशैलीमा उताराैँ। २.   भाइरस वरिपरि छन्, आँगनमा, पस...
भोलि देशभरका सबै अदालत बन्द
प्रशासन, समाचार, हाइलाइट-समाचार

भोलि देशभरका सबै अदालत बन्द

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए । रासस...
नयाँ नक्सा भएको सिक्का निष्कासन हुने
अर्थ, प्रशासन, समाचार

नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

नेपाल अखबार, काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् । सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

नेपाल अखबार, पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म बन्द गरिएको उहाँको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग...
अन्तर्राष्ट्रिय सिमानाका  असोज ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय
प्रशासन, समाचार

अन्तर्राष्ट्रिय सिमानाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको सन्र्दभमा भारतसँगको नाकाबाट प्रवेशमा कडाई गर्ने तर अत्यावश्यक अवस्थामा १० वटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय भएको छ । यस्तै  भारतबाट थप २ नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय भएको हो । यस्तै चीनको रसुवागढीबाट नाकाबाट प्रवेश खुला गर्ने निर्णय भएको छ...
असोज १ गतेबाटै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट खुला गर्ने सरकारको निर्णय
प्रशासन, समाचार, हाइलाइट-समाचार

असोज १ गतेबाटै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट खुला गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।  सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको उनले बताए । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र  मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।...
डोटीमा दश वर्षपछि फरार अभियुक्त पक्राउ
प्रशासन, समाचार

डोटीमा दश वर्षपछि फरार अभियुक्त पक्राउ

नेपाल अखबार, डोटी । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उनीसहित अन्य चार जनालाई विसं २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय तोकेसँगै फरार रहेका थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनीसँगै पक्राउ परेका अन्य चार जना भने अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् । थापा पक्राउ परेसँगै उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । रासस...
असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान सञ्चालनमा आउने
प्रशासन, समाचार, हाइलाइट-समाचार

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान सञ्चालनमा आउने

नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि बन्द भएका लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषदको हिजोको बैठकले अगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए । व्यवसायीले असोज १ बाटनै गाडी चलाउने तयारी गरेका छन् ।...
भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्रको उपस्थिति बढ्दै
प्रशासन, समाचार, हाइलाइट-समाचार

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्रको उपस्थिति बढ्दै

नेपाल अखबार, बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ ।  भारतसँग सीमा जोडिएको  जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए । उनले भने, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।” बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकताम...