Thursday, October 22

प्रशासन

नीतिगत रुपमा कोरोना महामारी सम्वोधन गर्न प्रधानमन्त्रीको कार्यालयलाई संसदीय समितिको निर्देशन
प्रशासन, समाचार

नीतिगत रुपमा कोरोना महामारी सम्वोधन गर्न प्रधानमन्त्रीको कार्यालयलाई संसदीय समितिको निर्देशन

नेपाल अखबार, काठमाडाैं। प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समितिको बैठकले कोभिड १९ लगायतका महामारी सम्वोधनका लागि कानूनी, रणनीतिगत व्यवस्थापन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले महामारीका ब्यवस्थापनका सन्र्दभमा लैगिंक पाटोलाई समेत विशेष ध्यान दिन निर्देशन दिएको छ । महामारी र सामाजिक प्रभाव विषयक कार्यसूची माथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् समाजशास्त्रका अध्येता, विज्ञहरुसंग भएको छलफलपछि सो निर्देशन दिइएको हो । समितिले कोभिड–१९ का कारण खाद्यान्नको माग र आपूर्तिमा सन्तुलन नमिल्दा मूल्य वृद्धि भएको, विश्वश्रम बजारमा ८० प्रतिशतले रोजगारी कटौती हुदा ४० लाख नेपालीहरुको रोजगारी प्रभावित हुन सक्ने जस्ता समस्या औंल्याउदै त्यसबाट उत्पन्न हुने परिस्थितिको व्यवस्थापन गर्न सरकारको ध्या...
लोक सेवाले लिने भयो रोकिएका परीक्षा, नयाँ तालिका सार्वजनिक
प्रशासन, समाचार

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, नयाँ तालिका सार्वजनिक

नेपाल अखबार, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ । व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ । नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा ...
सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
प्रशासन, समाचार

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

नेपाल अखबार, स्याङ्जा। कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती य...
बारामा नक्कली नोट १२ लाख १६ हजार रुपैयाँसहित दुई जना पक्राउ
प्रशासन, समाचार

बारामा नक्कली नोट १२ लाख १६ हजार रुपैयाँसहित दुई जना पक्राउ

नेपाल अखबार, बारा। बारा प्रहरीले एक हजार दुई सय १६ थान नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ। सिम्रौनगढ नगरपालिका–९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन्। उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। थप अनुसन्धानको गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मोबाइल लिई फरार भएका व्यक्तिहर...
वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्चले रोक
प्रशासन, समाचार

वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्चले रोक

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको रिट दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । वरिष्ठ अधिवक्ता त्रिपाठी र  बद्रीराज भट्टले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको मागसहित सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । सोही रिटमा बुधबार भएको बहसमा न्यायाधीश भट्टराईले यस्तो आदेश दिएका हुन् । असोज ५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष समेत रहेका गौतमको मनोनयन बदर गर्न माग गर्दै  रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर दायर भएको सो निव...
नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा
प्रशासन, समाचार

नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

नेपाल अखबार, काठमाडाैं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो । यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो । सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् । इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्य...
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ
प्रशासन, समाचार, हाइलाइट-समाचार

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

नेपाल अखबार, इलाम। इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा प...
डमरुमा लुकाएर रक्तचन्दन तस्करी, बौद्धबाट ४ जना पक्राउ
प्रशासन, समाचार

डमरुमा लुकाएर रक्तचन्दन तस्करी, बौद्धबाट ४ जना पक्राउ

नेपाल अखबार, काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्द तस्करी गर्न तस्कर समूहले अनेक उपाय रच्ने गरेका छन् । महानगरीय अपराध महाशाखाले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई काठमाडौंको बौद्धबाट पक्रेको छ पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय  कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् । पक्राउ गरिएकाहरुको साथबाट २१ किलो ९ सय ग्राम रत्तचन्दन बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए । सो समूहले काठमाडौँ महानगरपालिका–६ बौद्ध तिनचुलीमा डमरु कारखाना खोलेर सोही आवरणमा रक्तचन्दनको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ पर्छ । य...
कात्तिकदेखी सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
अर्थ, प्रशासन, समाचार

कात्तिकदेखी सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल अखबार, काठमाडाैं।  सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो ।...
पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य
अर्थ, प्रशासन, समाचार

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

नेपाल अखबार, पर्सा। भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले राससलाई बताए । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र  व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बत...