पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई
नेपाल अखबार, पोखरा । पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाउनुभएको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उहाँलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।
अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उहाँको नाम ३४ नम्बरमा छ । विसं २०२६ यताका गुल्मपतिमा उहाँ पहिलो महिला हुनुहुन्छ भने नेपालमा दोस्रो गुल्मपति हुनुहुन्छ । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति हुनुभएको थियो ।
जिम्मेवारी बहनसँगै रासससँगको कुराकानीमा गुरुङले भन्नुभयो, “तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पन...
