रुपा गाउँपालिकाले बीमामा ५० प्रतिशत अनुदान
नेपालअखबार,कास्की । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । रुपामा कुल तीन हजार ५०० घरपरिार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बीमा गर्दा लाग्ने रु तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बीमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको ओझाले बताए । उनले भने “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।”
त्यसैगरी, गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बीमा बोर्डसँगको सहकार्यमा रुपा अ...









