Thursday, June 4

प्रशासन

कास्की प्रहरीले गण्डकी प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्यायो मोवाइल एप
प्रशासन, समाचार

कास्की प्रहरीले गण्डकी प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्यायो मोवाइल एप

नेपाल अखबार, पाेखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोवाईल एप’ सञ्चालनमा ल्याएको छ । समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटनाहरु तथा सूचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो । कार्यालयले आज ‘भिडियो कन्फ्रेन्स’मार्फत पत्रकार सम्मेलन गरी एप सार्र्वजनिक गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ‘एन्ड्रोइड’ र ‘आइफोन’ दुबै सेटमा सञ्चालन हुने एप्स...
लागूऔषध सहित १ जना पक्राउ
प्रशासन, समाचार

लागूऔषध सहित १ जना पक्राउ

नेपाल अखबार, पाेखरा।  बैंकको जागिर छाडेर लागु औषध कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले पोखरा महानगरपालिका–११ बस्ने बिशाल धमाललाई पक्राउ गरेको हो । पोखरा–११ स्थित तुल्सिमार्ग बस्ने २७ वर्षीय बिशालले बैंकको जागिर छाडेर लागु औषध कारोबार शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए ।  बिशालको कोठाबाट प्रहरीले ३ केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेश, ३ सय क्याप्सुल ट्रामाडोल चक्की र लागु औषध तौल गर्ने तराजु बरामद गरेको छ । उनलाई लागु औषध नियन्त्रण ऐन–०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसपी श्रेष्ठले बताए ।  ...
लागूऔषध सहित २ जना पक्राउ
प्रशासन, समाचार

लागूऔषध सहित २ जना पक्राउ

नेपाल अखबार, नवलपरासी। नवलपरासी पूर्वमा लागूऔषध सहित २ जना पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।   नवलपरासी पूर्व गैडाकोट नगरपालिका -२ मौलाकालिका गेट नजिक हिडिरहेका जिल्ला चितवन कालिका नगरपालिका-९ बस्ने वर्ष २३ को सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने बर्ष २६ को धुर्व श्रेष्ठलाई प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  लागूऔषध  सहित फेला  हुदा पक्राउ गरिएकाे छ । उनिहरुको साथबाट २ सेट नुफिन, फेनरागन र डाईजोपाम गरि जम्मा ६ एम्पुल लागूऔषध र अनुसन्धानको क्रममा निजहरुबाट लुकाईएको अवस्थामा २० सेट गरी जम्मा २२ सेट अर्थात ६६ एम्पुल लागूऔषध बरामद भएकाे प्रहरीले बताए । उनिहरुलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।...
प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो २२ जना विशेषज्ञ चिकित्सक
प्रशासन, समाचार, स्वास्थ्य

प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो २२ जना विशेषज्ञ चिकित्सक

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन । सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन् । विष्टले भने, ‘कोरोना संक्रमण बढंदै गएको अन्य जिल...
सामान्य अवस्थाका स‌ंक्रमितलाई अस्पतालमा नराख्नु : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

सामान्य अवस्थाका स‌ंक्रमितलाई अस्पतालमा नराख्नु : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ। कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न पत्राचार गरिएको हो। सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा परीक्षण गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए। १० दिनपछि गरिएको परीक्षण पोजेटिभ आएपनि लक्षण नभएका सामान्य लक्षण मात्रै भएका विरामीलाई थप ४ दिन अस्पतालमा राखेर १४ औं दिन परीक्षण नगरी डिस्चार्ज गर्नुपर्ने उनले बताए। स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले गरेको पत्राचा...
अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज
प्रशासन, शिक्षा, समाचार

अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज

नेपाल अखबार, काठमाडाैं।  राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक सत्रदेखि लागू हुनेछ । आयोगका उपाअध्यक्ष श्रीकृष्ण गिरीले ऐनकै व्यवस्थाअनुसार सीटीईभीटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘चिकित्सा शिक्षा ऐन अनुसार नै हाम्रो छलफलले निर्णय गरेको हो ।’ योसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आए...
जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ
प्रदेश १, प्रशासन, समाचार

जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

दाङ। दाङमा जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार सर्वाेच्चको फैसलापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।...
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा
प्रशासन, समाचार

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ । थप गरिएको निषेधाज्ञा अ...
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
प्रशासन, समाचार, हाइलाइट-समाचार

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

नेपाल अखबार, म्याग्दी। बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए । घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष ९जन्मकैद० को फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो । अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्त...
पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरु होटल क्वारेन्टिनमा बस्नु नपर्ने,१४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्नु पर्ने
प्रशासन, समाचार, हाइलाइट-समाचार

पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरु होटल क्वारेन्टिनमा बस्नु नपर्ने,१४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्नु पर्ने

नेपाल अखबार, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् । सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने उनले बताए । उनले भने, ‘‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि ...