आज छविलाल जोशीलाई रुपन्देहीबाट पोखरा लगिँदै
नेपालअखबार ,बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले अहिले साँढे १२ बजेको फ्लाइटमा लिएर जादैछन् ।
सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।...










