Saturday, October 3

प्रशासन

४९२ जना कैदीबन्दीलाई संविधान दिवसमा रिहा गर्न सिफारिस
प्रशासन, समाचार

४९२ जना कैदीबन्दीलाई संविधान दिवसमा रिहा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वेजनिक गरेको छ। असोज ३ गते संविधान दिवस मनाइन्छ। विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो। ५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन भएको छ। सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिसविरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन सूचनामा भनिएको छ। यसअघि गत असार ९ गते पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सूचना जारी गरेको थियो। असार २८ गते प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएका थिएनन्। असार ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका थिए। त्य...
युएई सरकारले दियो अवैध कामदारलाई घर फर्किन दुई महिनाको समय
प्रशासन, विदेश, समाचार

युएई सरकारले दियो अवैध कामदारलाई घर फर्किन दुई महिनाको समय

नेपालअखबार, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरूलाई स्वदेश फर्कन वा वैधानिक भई बस्न दुई महिनाको समय दिएको छ । सेप्टेम्बर १ तारिखदेखि अक्टोबर ३० तारिखसम्म लागू हुने गरी युएई सरकारले एम्नेष्टी आदेश जारी गरेको हो । विगतमा वर्किङ वा भिजिट भिसामा युएई गएर रन वे (भागेका) वा ओभर स्टे भई जरिवाना वा अध्यागमन समस्या रहेकाहरूलाई एमनेस्टीको सेवा लिन आग्रह गरेको छ । अबुधावीस्थित नेपाली राजदूतावासले त्यस्ता नेपालीहरूलाई नेपाल फर्किन वा वैध भई यूएईमै बस्न तोकिएको प्रक्रिया पुरा गर्न भनेको छ । तोकिएको प्रक्रिया पुरा गरेर वैधानिक रूपमा युएईमा नै रहन वा नेपाल गई पुनः युएई आउन सक्ने कानुनी आधार निर्माण गर्न दूतावासले अनुरोध गरेको हो । दूतावासले एम्नेष्टी कार्यक्रममा गैरआवासीय नेपाली संघ, युएईमा रहेका नेपालीका सामाजिक सङ्घ...
सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने
प्रशासन, शिक्षा, समाचार

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

नेपालअखबार, काठमाडौँ । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका १३ वटै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो । त्यसका लागि १३ वटै विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीहरूसँग असोजको पहिलो हप्ता बैठक डाकिएको छ । शिक्षामन्त्री विद्या भट्टराईले सबै विश्वविद्यालयमा एउटै खालका शैक्षिक क्यालेन्डर लागू गर्न लागेको बताइन् । असोजको पहिलो साता सबै उपकुलपतिहरूलाई बोलाएर यो विषयमा छलफल गर्न लागिएको उनको भनाइ छ । ‘हाम्रा विश्वविद्यालयमा फरक फरक समयमा पठनपाठन हुने, फरक समयमा परीक्षा हुने, नतिजा पनि फरक समयमा हुने गरेका छन् । जसले गर्दा विद्यार्थीहरू मर्कामा परिरहेका छन् । अब १३ वटै विश्वविद्यालयका लागि नेशनल क्यालेन्डर बनाएर अघि बढ्छौँ,’ मन्त्री भट्टराईले भनिन् । ...
संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहको तयारी
प्रशासन, समाचार

संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहको तयारी

नेपालअखबार,  काठमाडौँ  । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा आयोजना हुने मूल समारोह स्थलको सरसफाइ गर्ने, बस्नका लागि ७ सय वटा कुर्सी, साउण्ड सिस्टम र पिउने पानीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ । आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं मञ्च सजावट तथा व्यवस्थापन उपसमितिका संयोजक प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले मूल समारोह व्यवस्थापनमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । यससँगै महानगरपालिकाले शान्तिका प्रतीक स्वरुप समारोह स्थलबाट उडाउने ७ जोडी परेवा, मञ्चको दुवैतर्फ ‘संविधान दिवस २०८१’ लेखिएका १७ मिटर लम्बाइ भएका २ थान व्यानर उपलब्ध गराउनेछ । मञ्चको सजावट गर्नेछ । यससँगै समारोह स्थलमा आकस्मिक र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स र दकमकल तैनाथ राख्नेछ ।  समारोह स्थलमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाल...
सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै
प्रविधि, प्रशासन, समाचार

सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै

नेपालअखबार,काठमाडौं । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डि...
ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला
प्रशासन, समाचार

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

नेपालअखबार, बागलुङ । यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ । आगामी असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उनको भनाइ छ । धेरै महँगो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा आएर सिकार खेल्ने उनले बताए । टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी सिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ । ढोरपाटनमा प्रत्येक वर्ष पहिलो...
विभिन्न देशमा काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग
प्रशासन, समाचार

विभिन्न देशमा काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग

नेपालअखबार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशस्थित नेपाली दूतावासमा रिक्त काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरेको छ । दक्षिण कोरिया, कता, मलेसिया, यूएई, ओमानस्थित नेपाली  दूतावास तथा महावाणिज्य दूतावासमा काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरिएको हो । काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिएको योग्यता पुगेका कर्मचारीलाई आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा व्यक्तिगत विवरण उल्लेखगरी मन्त्रालयमा आवेदन दिन भनेको हो । नेपाली दूतावास सियोल दक्षिण कोरिया, नेपाली दूतावास दोहो कतार, नेपाली दूतावास क्वालालम्पुर मलेसियाका लागि ११ जना काउन्सेलर (श्रम) का लागि आवेदन माग गरिएको छ । त्यस्तै नेपाली दूतावास अबुधावी संयुक्त अरब इमिरेट्स, नेपाली महावाणिज्यदूतावास ...
यातायात कार्यालय वीरगञ्जले एक वर्षमा उठायो डेढ अर्ब राजस्व
अर्थ, प्रशासन, समाचार

यातायात कार्यालय वीरगञ्जले एक वर्षमा उठायो डेढ अर्ब राजस्व

नेपालअखबार,वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १७ करोड १९ लाख ७९ हजार एक सय ५१  रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो। यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए। कार्यालयले आव २०७९/८० मा भने एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। सो आवमा सवारीतर्फ एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको थिय । सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो। कार्यालयका अनुसार आव २०८०/८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन्। त्यस्त...
सहरकाे रूपान्तरणमा महानगर प्रहरीले अग्रपङ्क्तिमा भूमिका निर्वाह गरेको छ : बालेन शाह
प्रशासन, समाचार

सहरकाे रूपान्तरणमा महानगर प्रहरीले अग्रपङ्क्तिमा भूमिका निर्वाह गरेको छ : बालेन शाह

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी व्यवस्थापन रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्क्ति भूमिका निर्वाह गरेको बताएका छन् । ३२ औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका हुन् । उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । ‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले भने । प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबा...
वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट
प्रशासन, समाचार

वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

नेपालअखबार,वालिङ  । वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यतिवेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ । सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै आज नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । आज पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकम लुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यक भन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रति झनै शंका पैदा गरेको छ । आज सार्वजानिक गरेको बजेट उपप्रमु...