Wednesday, June 24

प्रशासन

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा
प्रदेश ५, प्रशासन, समाचार

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

नेपाल अखबार, कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो । बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए । बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न स...
स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल अखबार, काठमाडाैं। पिसीआरको लागि स्वाब  दिइसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् । सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरे । यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरे । नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्र...
दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा
प्रशासन, समाचार

दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा

नेपाल अखबार, सुर्खेत । दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तीजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । ‘पछिल्लो दिनहरूमा बजार क्षेत्रमा भिडभाड बढेको छ । भिडबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्को जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी रिएको हो,’ उनले भने । जिल्लाको पूर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालीकोट र अछाम जिल्लाको सिमान...
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
प्रशासन, समाचार

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

नेपाल अखबार, काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो । त्यसलगत्तै साउन ३२ गते सरकारले अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै त्यसको एकदिनपछि भदौ १ गते राती कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो । सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वोच्च अदालतमा रिट हालेको थियो । सो रिटमाथि सुनुवाई...
कास्की जिल्लाभर आज राति १२ बजेदेखी सात गतेसम्म निषेधाज्ञा जारी
प्रदेश ४, प्रशासन, समाचार, हाइलाइट-समाचार

कास्की जिल्लाभर आज राति १२ बजेदेखी सात गतेसम्म निषेधाज्ञा जारी

नेपाल अखबार, पाेखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले आज राति १२ बजेदेखी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढेपछि आज भएको जिल्लास्तरीय कोरोना संकट व्यस्थापन केन्द्रको बैठकले आगामी भदौ ७ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञाको आदेश  जारी गरेको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न बन्देज गरिएको छ । त्यसैगरी अत्यावश्यक बाहेक अन्य कुनै पनि निजी तथा सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।...
सिराहामा भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा
प्रशासन, समाचार

सिराहामा भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा

नेपाल अखबार, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ। सिरहाको १७ वटै स्थानीय तहमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय सुरक्षा समितिको सिफारिसमा जिल्लाका १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार सबै स्थानीय तहमा अति आवश्यकीय सेवामा सहजीकरण गरेर लकडाउनलाई कडाइका साथ पालना गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरिएको बताएका छ्न्। यसअघि सिरहामा २३ गते साउनदेखि २३ साउनसम्म ३२ गतेसम्म र दोस्रो पटक भदौ १ गतेदेखि १५ भदौसम्मका लागि  लकडाउनलाई जारी जारीगरेको सिरहाका  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।...
सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न
प्रदेश २, प्रशासन, समाचार

सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न

इरफान अलि, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । ‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, ‘नियन्त्रणात्मक अवस्थामा १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सक्यौं भने कोभिड–१९ लाई जित्न सक्छौं भन्ने हो ।’ पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ । तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पस...
बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
प्रदेश १, प्रशासन, समाचार

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द

नेपाल बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत ३ अधिकृत र १ कर्मचारीमा कोरोना संक्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् । रासस...
काठमाडौँ महानगरपालिका–१४ सिल गरियो
प्रशासन, समाचार, स्वास्थ्य

काठमाडौँ महानगरपालिका–१४ सिल गरियो

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र  त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको...
भरतपुर महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने
प्रशासन, समाचार

भरतपुर महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने

नेपाल अखबार, चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ। महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो। महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको मेयर दाहालले जानकारी दिइन्। ‘अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ’, उनले भनिन्, ‘जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ।’ महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उनले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताए। राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका...