जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन
नेपालअखबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापान, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
समितिले बागमती प्रदेशको राजधानी हेटाैँडा, कोशी प्रदेशको राजधानी विराटनगर तथा मधेस प्रदेशको राजधानी वीरगन्ज नगरक्षेत्रमा सञ्चालित ई–रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ताबा विष...







