Sunday, August 16

राजनीति

कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा
राजनीति, समाचार, हाइलाइट-समाचार

कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा

नेपालअखबार,काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गर्दै १७०० नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा समावेश हुनुभएको छ। शनिबार कपिलवस्तुको ११औँ जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्वसांसद रामलौटन चौधरी, मायादेवी गाउँपालिकाका पूर्वउपाध्यक्ष गीता तिवारीलगायत विभिन्न तहका नेताकार्यकर्ताले एकीकृत समाजवादी रोज्नु भएको हो। उहाँहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो,“सत्तामा बसेर जनताको पक्षमा काम गर्ननसक्नेहरूबाट दिक्क भएर कमरेडहरू समाजवादी आन्दोलनमा सामेल हुनुभएको छ। हामी सधैं जनताको अधिकार र लोकतान्त्रिकमूल्य–मान्यताको पक्षमा खडा हुनेछौँ।” कार्यक्रममा सहभागी नवप्रवेशी नेताकार्यकर्ताहरूले वर्तमान सत्ताधारी दलहरू जनताको भावनासँग विमुख भएको आरो...
आज एमाले सचिवालय बैठक बस्दै
राजनीति, समाचार

आज एमाले सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।
दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह
राजनीति, विचार, समाचार

दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशीले दल विभाजनतर्फ नलाग्न सरकारसँग आग्रह गरेका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा जोशीले कांग्रेस र एमालेजस्तो जिम्मेवार दलले अरू दल विभाजनतर्फ लाग्न नहुने बताए । दल फुटाउनुभन्दा विपक्षी दलहरूसँग मिलेर देशका ठुला र जटिल समस्या समाधान गर्नतर्फ लाग्न उनले आग्रह गरे  । त्यस्तै उनले अहिले ल्याइएका कुनैपनि अध्यादेश देशको हितमा नभएको भन्दै फिर्ता लिन सरकारसमक्ष आग्रह गरे । जोशीले कांग्रेस र एमालेबिच पनि अध्यादेश ल्याउने विषयमा सहमति भएको नदेखिएको बताए । उनले देशमा अनेक खालका समस्या रहेको सुनाउँदै तीनको हल गर्नुपर्नेमा सरकार अध्यादेशको चक्करमा परेको भन्दै असन्तुष्टि पाखे । उनले अध्यादेशको प्रक्रिया सही नभएकाले समर्थन गर्न नसकिएको धारणा राखे ।...
चर्काचर्कीपछि ह्वाइट हाउस तुरून्त छाड्न जेलेन्स्कीलाई आदेश
राजनीति, विश्व, समाचार

चर्काचर्कीपछि ह्वाइट हाउस तुरून्त छाड्न जेलेन्स्कीलाई आदेश

नेपालअखबार,काठमाडौँ । वासिङ्टन भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले वासिङ्टन भ्रमण गरेका थिए। तर ह्वाइट हाउसमा भएको छलफलपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भयो। रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यसलाई रोक्न गरेको प्रयास सरहानीय रहेको भन्दै उपराष्ट्रपति भान्सले त्यसका निम्ति जेलेन्स्कीले धन्यवाद भन्नुपर्ने बताएका थिए। त्यसपछि तीनै जनाबीच भनाभन भएको थियो। ट्रम्पले जेलेन्स्कीलाई करोडौं मानिसहरूको जीवनमा खेलवाड गरेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। जेलेन्स्कीले त्यसको खण्डन गरे। द्वीपक्षीय छलफलको भिडिओ विभिन्न अन्तर्राष्ट्...
महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा
राजनीति, समाचार

महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा

नेपालअखबार,पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन् ।नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।...
गठबन्धन गर्दा साना पार्टी संसदमा रहन्छन् र तिनले अस्थिरता ल्याउँछन्: पोखरेल
राजनीति, समाचार

गठबन्धन गर्दा साना पार्टी संसदमा रहन्छन् र तिनले अस्थिरता ल्याउँछन्: पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए। एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए। ‘गठबन्धन गर्दा साना पार्टी संसदमा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ। त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं,’ महासचिव पोखरेलले भने। उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको बताए। ‘२०७४ सालमा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिए...
प्रधानमन्त्री ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप:अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

प्रधानमन्त्री ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप:अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानुन र विधिसँग कुनै मतलब नभएको आरोप लगाए । संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको भन्दै विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे । ‘अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरवबोध गर्नुहुन्छ । उहाँलाई संविधानसँग मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलब छैन,’ नेपालले भने । संसदी...
पोखरा पर्यटनको राजधानी भनेर सरकारले निर्णय गरेको छैन : मन्त्री गुरुङ
राजनीति, समाचार

पोखरा पर्यटनको राजधानी भनेर सरकारले निर्णय गरेको छैन : मन्त्री गुरुङ

नेपालअखबार,पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न नेपाल सरकारले निर्णय नगरेको बताएका छन् । पोखरामा भएको लिटरेचर फेस्टिभलमा बोल्दै उनले हल्लैहल्लाले पोखरालाई पर्यटनको राजधानी भनिएको प्रतिक्रिया दिएका हुन् । ‘पोखरा टुरिजम क्यापिटल अफ नेपाल भनेको छ । आजसम्म नेपाल सरकारले निर्णय गरेको छैन,’ उनले भने, ‘हल्लैहल्लाको देश भनेर पढेकै हो । यो पनि सरकारको क्याबिनेटले गर्नुपर्‍यो नि ।’ आधिकारिक निर्णयका लागि एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ । ‘क्याबिनेटले आधिकारिक निर्णय गर्नुपर्छ । त्यो काममा हामी सबै लाग्नुपर्छ,’ उनी भन्छन्, ‘जे होस् हामी सबैले मानेकै छौँ । यस्ता धेरै चिजहरूको यहाँ छलफल होस् ।’ गत वर्ष चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भव्य समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका थिए । त्यसको आय...
सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन प्रस्ताव
राजनीति, समाचार

सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन प्रस्ताव

नेपालअखबार,काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ मा प्रतिनिधिसभामा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा छलफलका लागि स्वीकृत भएपछि तोकिएको बिहिबार साँझ ५ बजेर ५० मिनेटसम्मको समयमा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका संघीय संसद सचिवालयको विधेयक व्यवस्थापन शाखाले जानकारी दिएको छ । विधेयक गृह मन्त्रालयले सरकारी विधेयकका रूपमा १५ माघमा संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।...
आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
राजनीति, समाचार

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।  शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको  नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुनेछ। सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन। जनता समाजवादी पार्टी नेपालले मंगलबार संसदीय दल बैठकबाट भूमिबाहेक अन्य अध्यादेश स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ। सत्ता पक्षलाई जसपा नेपालको साथबिना राष्ट्रिय सभामा बहुमत पुग्दैन। यी समग्र विषयबारे छलफल गर्न राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो। संयन्त्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्। कांग्रेसबाट उ...