Sunday, August 16

राजनीति

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी
राजनीति, समाचार

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

नेपालअखबार ,काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा‍. भीष्म अधिकारीले जानकारी दिए । एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । डा. अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।...
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
राजनीति, विदेश, समाचार

ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव

नेपालअखबार ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो । राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारहरूलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् । मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीहरूलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारहरूलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ । यदि, उनीहरूले त्यो मितिसम्म आफ्नो जागिर छोड्न राजी भए,’ सन्देशमा भनिएको छ, ‘उनीहरूले विच्छेद प्याकेजको रूपमा करिब आठ महिनाको तलब प...
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल

नेपालअखबार ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति गरेका सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे । विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।...
राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
राजनीति

राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालअखबार ,काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा‍.नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्चअधिकारीका साथै नेपाली राजदूतावासका पदाधिकारीको उपस्थिति थियो । राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँचजना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जना...
एमाले संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

एमाले संसदीय दलको बैठक बस्दै

नेपालअखबार ,काठमाडौँ । नेकपा -एमाले_को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले ल्याएका अध्यादेशको संसदमा पनि आलोचना हुनसक्ने भएकोले एमालेले त्यसको प्रतिवादको रणनीति पनि यो बैठकबाटै बनाउनेछ । यसअघि सत्तारुढ दलको बैठकले पनि एकमतका साथ संसदमा उपस्थित हुने निर्णय गरिसकेका छन् । आजको बैठकमा हिउँदै अधिवेशनका बैठकमा पेस हुने विधेयकका विषयमा पनि छलफल हुनेछ ।...
चुरे–तराई मधेस संरक्षण विकास समिति खारेज गर्न सुझाव
राजनीति, समाचार

चुरे–तराई मधेस संरक्षण विकास समिति खारेज गर्न सुझाव

नेपालअखबार ,काठमाडौं ।  चुरे क्षेत्र संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको हालको संरचना खारेज गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन तयार भएको छ। वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाएको छ। समिति खारेजी गर्न खोजिएको भन्दै आलोचना बढिरहेको बेलामा मन्त्रालयले भने खारेजी नभएर पुनःसंरचना गर्ने विषयमा छलफल भएको स्पष्ट पारेको छ। वन तथा वातावरण मन्त्रालयले चुरेको विषयमा प्राविधिक प्रतिवेदन तयार गर्न भन्दै बनाएको समितिले हालको समिति खारेज गर्नुपर्ने र वन तथा वातावरणमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा अन्य विज्ञहरू सदस्य रहनेगरी समितिको पुर्नगठन गर्नुपर्ने सुझाव दिएको छ। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा गठन भएको उक्त समितिमा सदस्...
उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेट
राजनीति, समाचार

उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेट

नेपालअखबार ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल(म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवं सांस्कृतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीच द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका उनका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए । उपराष्ट्रपति यादवले अतिकम विकसित राष्ट्रको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन भई आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुन...
न्याय परिषद् सदस्यमा सिफारिस खड्काको संसदीय सुनुवाइ २० माघमा
प्रशासन, राजनीति, समाचार

न्याय परिषद् सदस्यमा सिफारिस खड्काको संसदीय सुनुवाइ २० माघमा

नेपालअखबार ,काठमाडौं । न्याय परिषद् सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ । संघीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो । उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नेछन् भने सदस्यहरूमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ ।...
आज सत्तापक्ष दलहरूको बैठक बस्दै
राजनीति, समाचार

आज सत्तापक्ष दलहरूको बैठक बस्दै

नेपालअखबार ,काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ। बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ। चार दिनपछि संसदको हिउँदे अधिवेशन सुरू हुँदछ। अधिवेशन बन्द रहेको अवस्थामा सरकारले विभिन्न अध्यादेशहरू ल्याएको थियो। ती अध्यादेशहरू सरकारले पहिलो दिनको बैठकमा पेस गर्नुपर्छ। त्यसको तयारी, समसामयिक राजनीतिक परिवेशबारे आजको बैठकमा छलफल हुनेछ।...
सभामुख र प्रमुख राजनीति दलका मुख्य र प्रमुख सचेतकबिच छलफल सुरु
राजनीति, समाचार

सभामुख र प्रमुख राजनीति दलका मुख्य र प्रमुख सचेतकबिच छलफल सुरु

नेपालअखबार,काठमाडौँ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतक बिचको छलफल सुरु भएको छ ।   सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल सुरु भएको हो । आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।  माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसदमा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष बचाउमा प्रस्तुत हुने तयारीमा छन् ।...