Monday, August 17

राजनीति

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै चीन भ्रमणको तयारी
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै चीन भ्रमणको तयारी

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । ...
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
राजनीति, समाचार

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट

नेपालअखबार,नोम पेन्ह । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदनले नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिवार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरेका छन् । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ ओ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिएका छन् । सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका थिए । ‘नेपालमा सन् २००६ मा विस्तृत शान्ति सम्झौता सम्झौताले स्थायित्व ल्याउनुका साथै संविध...
आज राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीको ब्रिफिङ
राजनीति, समाचार

आज राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीको ब्रिफिङ

नेपालअखबार,काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । त्यसैले आज उनलाई आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका सम्बन्धमा ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यका हिसाबले सरकारको १५औं आवधिक योजना ८२ प्रतिशत असफल भएको छ । १५औं योजना २०७६/७७–२०८०/८१ भित्र १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएकोमा तीन आयोजना मात्र सम्पन्न भए । यो लक्ष्यको १८ प्रति...
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
राजनीति, समाचार

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए । उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ । कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए । पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छभने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ ।...
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
राजनीति, विदेश, समाचार

इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए

नेपालअखबार,काठमाडौं । गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार गाजा शहरको जिटोन उपनगरमा शुक्रबार रातभर एक आवासीय घरमा भएको आक्रमणमा कम्तिमा पनि ७ जना मारिए भने दक्षिणी गाजामा पनि उतिनै मानिस मारिएका छन् । इजरायली हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरसँगै रहेको अल फारुक मस्जिदमा समेत नोक्सान पुगेको छ । यस्तै, आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते भएका छन् । क्मान अदवान अस्पतालका निर्देशक हुसाम अबु सफियाले इजरायली सैनिक बलले कयौँ पल्ट आपतकालीन सेवा नै समाप्त पार्ने गरी अस्पताललाई निशाना बनाएको बताएका छन् । इजरायली सेनाले उत्तरी गाजामा स्थल आक्रमण तथा बमबारीला...
प्रियंका गान्धीले भाजपा उम्मेदवारलाई २ लाख मतले पछि पारिन्
राजनीति, समाचार

प्रियंका गान्धीले भाजपा उम्मेदवारलाई २ लाख मतले पछि पारिन्

नेपालअखबार,काठमाडौँ ।  केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ। भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो। भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले डेढ लाखभन्दा बढी मतान्तरले अग्रता लिएकी छन्। गान्धीले २ लाख ५३ हजार ९४० मत ल्याएकी छन्। कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरीले ८६ हजार मत ल्याएका छन्। यसअनुसार १ लाख ६७ हजार ५३९ मतान्तरले गान्धीले अग्रता लिइरहेकी छन्। भाजपा उम्मेदवार नाभ्य हरिदासले ५३ हजार ६७५ मत ल्याउँदै तेस्रो स्थानमा छिन्। यसअनुसार हरिदाससँग गान्धीको मतान्तर २ लाखभन्दा बढी छ। प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुन्। गत असारमा सम्पन्न लोकसभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए। ...
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
कृषि, राजनीति, समाचार

कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी

नेपालअखबार,काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्न जोड दिएका हुन् । मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्नेगरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिए । नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्ग्यानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको उनले बताए । ‘कफी खेतीका लागि सार्वजनिक निजी साझेदारी, साथै कफीको मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबिच समन्वय र सहकार्य आवश्यक छ’...
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
राजनीति, समाचार

राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त भएका छन्। प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य र आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। सभामुख देवराज घिमिरे नेतृत्वमा रहेको सिफारिस समितिले आचार्य, विष्ट र भण्डारीको नाम सिफारिस गरेको थियो। आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, विष्ट प्रेस चौतारीका पूर्वअध्यक्ष र भण्डारी प्रेस काउन्सिलकी सदस्य थिइन्।...
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
प्रशासन, राजनीति, समाचार

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ । आचारसंहिता उल्लङ्घन भए/गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यही मङ्सिर १६ गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावर...
रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण
राजनीति, विश्व, समाचार

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि पहिलोपटक युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) आक्रमण गरेको हो । रूसले हजारौं किलोमिटरको हतियारसहित पहिलो पटक हमला गरेको युक्रेनको वायुसेनाले बिहीबार जानकारी दिएको छ । रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे सूचना प्राप्त भइसकेको छैन । आईसीबीएमले ५ हजार ५०० किलोमिटरभन्दा बढीको दायरामा आक्रमण गर्न सक्छ । यो विशेषगरी आणविक हतियार प्रक्षेपण गर्न प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । युक्रेनले रूसमाथि बुधबार अमेरिकी र बेलायती मिसाइल स्टर्म शैडो क्रुजबाट आक्रमण गरेको थियो । एक ...