Monday, August 17

राजनीति

पूर्व प्रधानमन्त्री खनाल र कोरियाली राजदूतबिच भेटवार्ता
राजनीति, समाचार

पूर्व प्रधानमन्त्री खनाल र कोरियाली राजदूतबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरे । राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए ।  भेटमा दुई देशबिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।...
नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन
राजनीति, समाचार

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन

नेपालअखबार,सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ । प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । २०३१ साल मंसिर २३ गते बाँफिकोट गाउँपालिका—५, रुकुम पश्चिममा जन्मिएका पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए । २०५० सालमा नेकपा एमाले दाङ जिल्ला कमिटीको कार्यालय सहायक भएर काम गरेका उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ...
रास्वपाले उपचुनावका लागि १७ ठाउँमा तोक्यो उम्मेदवार
राजनीति, समाचार

रास्वपाले उपचुनावका लागि १७ ठाउँमा तोक्यो उम्मेदवार

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने भएको छ । रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रास्वपाले गोमा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) लाई उम्मेदवार बनाइएको छ । काठमाडौ महानगरपालिका-१६ का लागि रोजिना श्रेष्ठ उम्मेदवार छनोट गरिएको छ । आकांक्षी उम्मेदवारसँग छलफल, प...
जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह
राजनीति, विश्व, समाचार

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह

नेपालअखबार,बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरेका हुन् । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग आज यहाँ गरेको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । “जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ १ यो कुरा राष्ट्र संघमार्फत विकसित देशले बुझ्न, ‘राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, ‘यो समस्याको सृजना नेप...
ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित
राजनीति, विश्व, समाचार

ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित

नेपालअखबार,काठमाडौं । न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन । न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका अभियोजक दुवैको अनुरोधमा ट्रम्पविरुद्धको मुद्दामा तत्काल कुनै पनि सुनुवाइ नगर्ने निर्णय गरेका हुन् । न्युयोर्क अदालतले रकम दुरुपयोग सम्बन्धी मुद्दामा ट्रम्पलाई सजायँ प्रक्रिया अघि बढाउने कि रद्द गर्ने भन्ने निर्णय गर्नुपर्ने छ । सन् २०१६ मा एक महिलासँगको शारीरिक सम्पर्कलाई गोप्य राख्ने उद्देश्यले ट्रम्पले ती महिलालाई रकम दिएको र त्यससम्बन्धी कागजात नष्ट गरेको आरोप छ । यो आरोपमा जुरीले ट्रम्पलाई दोषी देखाएको थियो । साथै जुरीले ट्रम्पलाई गत मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेको थियो  ।आफूम...
झारखण्डमा पहिलो चरणसहित उपचुनावका लागि मतदान सुरु
राजनीति, विदेश, समाचार

झारखण्डमा पहिलो चरणसहित उपचुनावका लागि मतदान सुरु

नेपालअखबार,राँची । झारखण्डमा बुधबार विधानसभा चुनाव अन्तरगत पहिलो चरणको मतदान सुरु भएको छ । यस चरणमा राज्यको ८१ विधानसभा सीटहरू मध्ये ४३ मा मतदान भइरहेको छ। राज्यका पूर्व मुख्यमन्त्री चम्पाई सोरेन र पूर्व सांसद गीता कोडासहित ६८३ उम्मेदवारको सिटमा आज मतदान हुँदैछ। झारखण्डमा दुई चरणमा विधानसभा चुनाव हुँदैछ। दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ भने निर्वाचनको नतिजा नोभेम्बर २३ मा सार्वजनिक हुनेछ। झारखण्ड बाहेक बिहार, पश्चिम बंगाल, मध्य प्रदेश, छत्तीसगढ, केरला, राजस्थान र असमका विभिन्न लोकसभा र विधानसभा सिटहरूमा उपचुनावका लागि मतदान भइरहेको छ। कांग्रेस महासचिव प्रियंका गान्धी वायनाड लोकसभा सीटबाट चुनावी मैदानमा छिन्।...
गण्डकीमा पनि बन्यो कांग्रेस-एमालेको संयन्त्र निर्माण
राजनीति, समाचार

गण्डकीमा पनि बन्यो कांग्रेस-एमालेको संयन्त्र निर्माण

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशमा पनि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक संयन्त्र निर्माण भएको छ । मंगलबार कांग्रेसको गण्डकी प्रदेश कार्यालयमा बसेको बैठकले सभापति शुक्रराज शर्माको संयोजनमा समिति बनाउँदै ७ बुँदे निर्णय गरेको हो । संयन्त्रमा कांग्रेस र एमालेका तर्फबाट ३/३ जना रहने छन् । संयन्त्रको संयोजन आलोपालो गर्ने र बैठक व्यवस्थापन गर्नेले नै अध्यक्षता गर्ने निर्णय भएको छ । कांग्रेसका तर्फबाट प्रदेश सभापति शर्मा, कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेश समितिका महामन्त्री विष्णु लामिछाने छन् । एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, संसदीय दलका नेता खगराज अधिकारी र गण्डकी कमिटी अध्यक्ष नवराज शर्मा छन् । बैठकले गण्डकी प्रदेशभित्रका सबै जिल्लामा केन्द्रको निर्देशन अनुसार संयन्त्र निर्माण गरी ...
शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशले गर्‍यो इन्टरपोलमा पत्राचार
राजनीति, विदेश, विश्व, समाचार

शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशले गर्‍यो इन्टरपोलमा पत्राचार

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको हो। पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको कसुरमा मंगलबार रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेसले जनाएको छ। सरकारी वकिल बिएम सुल्तान महमुदले प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको समाचारमा उल्लेख छ। आरक्षणसम्बन्धी प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्। त्यसपछि अगष्ट ८ मा नोबल पुरस्कार बिजेतासमेत रहेका मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाएको थियो। गत कात्तिकमा बंगलादेशको विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई नोभेम्बर १८ सम्म अदालतमा हाजिर हुन आदेश दिएको थियो। १५ वर्षसम्म सत्तामा...
ओली गणतन्त्र विरोधी नेता हुन्: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

ओली गणतन्त्र विरोधी नेता हुन्: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक्लै भएपनि सत्यको पक्षमा उभिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आज कर्णाली प्रदेशको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले सही बाटो हिड्दा बिस्तारै जनताको समर्थन मिल्ने बताए । सही निर्णय गर्दा मुलुकको नेतृत्व गर्ने सकिने उदाहरण अध्यक्ष नेपालले दिएका थिए । जसक्रममा अध्यक्ष नेपालले  गणतन्त्रमा जानेबारे एमालेले निर्णय गर्दाको सन्दर्भ उल्लेख गरे । ‘त्यो बैठकमा ठूलो विवाद भयो । विवाद गर्ने नेताहरुको एउटा पंक्ति थियो । त्यसले भन्यो– गणतन्त्र अहिले नेपालमा सम्भव छैन । अहिले गणतन्त्रको नारा लिनु हुँदैन’ माधव नेपालले भने, ‘ती साना मान्छे होइनन्, ठूला नेता । ती नेताको नाम, केपी ओली ।’ केपी ओलीसँगै गणतन्त्रको विपक्षमा मत दर्ज गर्ने अरु नेताहरुको नाम पनि माधवले सम्झिए । ‘ठूला नेता, उनको नाम बिस्तारै भन्छु, ब...
अरब र इस्लामिक देशले गरे इजरायलको निन्दा, मध्यपूर्वमा शान्ति स्थापना गर्न अपिल
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

अरब र इस्लामिक देशले गरे इजरायलको निन्दा, मध्यपूर्वमा शान्ति स्थापना गर्न अपिल

नेपालअखबार,काठमाडौं । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार भएको अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् । सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तान लगायत देशका सरकार र राष्ट्रप्रमुखहरुको सहभागिता थियो । सम्मेलनलाई सुरुमा सम्बोधन गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इजरायलको अत्याचारको सीमा नाघेको भन्दै निन्दा गरे र तुरुन्त युद्धविराम गर्न आग्रह गरे । साथै उनले इरानमाथिको इरानको सम्प्रभुताको सम्मान गर्न पनि अपिल गरे । उनले संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्णरुपमा स्वतन्त्र राज्यको...