जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने ः नेता थापा
नेपालअखबार, पोखरा । जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए ।
जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन ।
पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनल...










