Tuesday, August 11

राजनीति

४१ दिनको अवरोधपछि अमेरिकी सरकारलाई बजेट
राजनीति, विश्व, समाचार

४१ दिनको अवरोधपछि अमेरिकी सरकारलाई बजेट

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकाको सिनेटले एउटा महत्त्वपूर्ण बजेट विधेयक पारित गरेको छ, जसले इतिहासकै सबैभन्दा लामो सरकारी काम बन्द (सटडाउन) लाई केही दिनभित्रै अन्त्य गर्न सक्नेछ। सोमबार अबेर राति भएको मतदानमा यो विधेयक ६०-४० मतले पारित भयो। लगभग सबै रिपब्लिकनहरूले यसको पक्षमा मतदान गरे, भने आठ जना डेमोक्र्याट सिनेटरहरूले पनि पार्टीको लाइनबाट अलग भई रिपब्लिकनलाई साथ दिए। यो सम्झौताले आगामी जनवरीको अन्त्यसम्मका लागि सरकारलाई आवश्यक बजेट उपलब्ध गराउनेछ। अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुअघि प्रतिनिधि सभाबाट पारित हुनुपर्छ। राष्ट्रपति ट्रम्पले सोमबार यसमा हस्ताक्षर गर्न आफू तयार रहेको सङ्केत दिएका थिए। यो सम्झौता सप्ताहान्तमा टुङ्गिएको थियो, जब ती आठ डेमोक्र्याटहरू रिपब्लिकनहरूसँग मिलेर सङ्घीय कर्मचारीहरूलाई काममा फर्काउन र अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गर्न...
संसद पुनर्स्थापनाको माग गर्दै एमालेले थाल्यो पालिकास्तरीय भेला र प्रदर्शन
राजनीति, समाचार

संसद पुनर्स्थापनाको माग गर्दै एमालेले थाल्यो पालिकास्तरीय भेला र प्रदर्शन

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गर्दै आजबाट भेला र प्रदर्शन सुरु गरेको छ । देशभरका पालिकाहरुमा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । एमालेले संसद पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार प्रदर्शन र सभा आयोजना भइरहेको नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए । त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।...
मधेस सरकारमा सहभागी भयो राप्रपा, मन्त्रीलाई फिर्ता आउन लिङ्देनको निर्देशन
राजनीति, समाचार

मधेस सरकारमा सहभागी भयो राप्रपा, मन्त्रीलाई फिर्ता आउन लिङ्देनको निर्देशन

नेपालअखबार,काठमाडौँ । मधेस प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ। नेकपा एमाले संसदीय दल नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेकी छन्। तर मधेस सरकारमा पार्टीका सांसदको सहभागिताप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान लेखेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो।’ उनले राप्रपाबाट मन्त्री भएकी सांसदलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। ‘अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु,’ लिङ्देनले भनेका छन्। राप्रपाका संघीय र प्रदेश सभाका सबै सांसदले गत भदौ २४ गते पदबाट सामूहिक राजीनामा दिएका थिए। सामूहिक राजीनामा दिएकी सांसद अहिले मन्त्री भएका छ...
शिक्षकहरूलाई मन्त्री पुनले भने – २४ सै घण्टा चुनाव प्रचारमा लागेर पढाउन नछोड्नू
राजनीति, समाचार

शिक्षकहरूलाई मन्त्री पुनले भने – २४ सै घण्टा चुनाव प्रचारमा लागेर पढाउन नछोड्नू

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन् । मन्त्री पुनले शिक्षक संघ संगठन राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएका थिए । उनले फेरि सामाजिक सञ्जालमा लेखेका छन्,’संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन । तर, राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र विश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्‍याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो ।’ सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सूचना प्रकाशित गरिएको उनले प्रस्ट पारेका छन् । ‘त्यस्तो अनावश्यक राजनिति ...
कुलमान घिसिङ नेतृत्वमा नेपाल जनसेवा पार्टी गठन हुदै
राजनीति, समाचार

कुलमान घिसिङ नेतृत्वमा नेपाल जनसेवा पार्टी गठन हुदै

नेपालअखबार, काठमाडौं । कुलमान घिसिङ नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुंगो लागेको छ। घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्। घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्न छलफल भए पनि केहीले उक्त नाम नराख्न सुझाव दिएका थिए। सुमना श्रेष्ठसहित केही नेताहरूले उज्यालो नेपाल पार्टी नाम राख्दा एक जनाको पार्टीजस्तो देखिने भन्दै फरक नाममा पार्टी गठनको सुझाएका थिए। त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्नेबारे लगभग सहमति भएको हो। आज भरै र भोलि पनि छलफल गरेर जनसेवा पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी रहेको घिसिङनिकट स्रोतले जनाएको छ। अहिले घिसिङ मन्त्री रहेकोले नेतृत्व खुलाएर जाने कि नजाने भन्नेबारे निर्णय भइसकेको छैन। तर घिसिङ आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने मनस्थितिमा छन्। ‘यो कुलमानजी नेतृत्वको पार्टी हो तर अहिले नेतृत...
गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
राजनीति, समाचार

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको छ । आइतबार गृह मन्त्रालयमा भएको दुई पक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधैं सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउँदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधैं सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरे । मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्...
समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि मुस्लिम युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि मुस्लिम युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नेपालअखबार, काठमाडौं । समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन भन्दा बढिले मुस्लिम समुदायका युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छन् । नेपाली कम्युनिस्ट  पार्टीका सह संयोजक एवं पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालले  प्रवेश गराउनु भएको छ। सह संयोजक नेपालले सम्पुर्ण नव प्रवेसीहरुलाई स्वागत गर्दै यो पार्टी सबै नेपालीहरुको पार्टी रहेको बताउनु भयो । जमियते अहले हदिसका महासचिव एवं समाजसेवी मौलाना अजिजुर रहमान सहित अब्दुल कलाम आजाद , इन्जिनियर मजरुल हक, मौलाना हबिबुललाह,मौलाना अबदुल हननान, मौलाना मनजीबुललाह,ताज मोहम्मद, लगायत चार दर्जन भन्दा बढिले विभिन्न पार्टी परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेस गरेका छन् ।...
रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान
राजनीति, समाचार

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ । प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको हो । उम्मेदवार बन्न चाहनेहरुका लागि केही सर्त तथा मापदण्डहरु निर्धारण गरिएको छ । रास्वपाको उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको, आम्दानी पारदर्शी भएको लगायतका स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भए/नभएको मूल्यांकनका लागि अडिट समिति बनाउने रास्वपाले जनाएको छ । रास्वपाले समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै संव...
गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने :गृहमन्त्री अर्याल
राजनीति, समाचार

गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने :गृहमन्त्री अर्याल

नेपालअखबार, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको स्पष्ट पारेका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्टमार्फत मन्त्री अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गरेका हुन्। उनका अनुसार कतिपय विषयमा मन्त्रालयले ‘के गर्दैछौँ’ भनेर भन्नै मिल्दैन भने, ‘के गर्‍यौँ’ समेत भन्न नमिल्ने जटिल अवस्था आउने गर्छ। मन्त्री अर्यालले यस अवस्थामा चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक सरकारसँग अरू कुनै विकल्प नभएको बताएका छन्। उनले यस्तो संवेदनशीलतालाई बुझेर धैर्यता अपनाइदिन नागरिकहरूलाई आग्रह गरेका छन्। मन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख अभिभारा सुशासनको बाटो हिँड्नु र देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउनु रहेको उल्लेख गरेका छन्। उनले सरकारले यो अभिभारालाई...
चुनाव भाँड्न ओलीले नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको प्रभु साहको आरोप
राजनीति, समाचार

चुनाव भाँड्न ओलीले नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको प्रभु साहको आरोप

नेपालअखबार,काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने चुनाव भाँड्नका लागि नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले चुनाव हुन नदिने कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै साहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भनेर ओलीले आफ्नो दलका नेताहरूलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको भन्दै चुनावबाट नभाग्न चेतावनी दिए। साहले जेनजी आन्दोलनमा चरम दमन गर्ने र युवाहरूको छाती र टाउकोमा ताकी-ताकी गोली हान्नेहरूले नै आज चुनाव हुन नदिने भन्दै चुनौती दिन थालेको टिप्पणी गरे। ओलीको दम्भकारी शासन र अहङ्कारलाई युवाहरूको बलमा जनताले धुलो चटाएको हुनाले नै एमाले चुनाव फेस गर्न डराएको उनको भनाइ छ। उनले युवाहरूको हत्यामा संलग्न शासकहरूको...