Saturday, September 5

विदेश

टिस्टा नदीमा बाढी आउँदा भारतीय सेनाका २३ जवान बेपत्ता
विदेश, समाचार, समाज

टिस्टा नदीमा बाढी आउँदा भारतीय सेनाका २३ जवान बेपत्ता

नेपालअखबार, काठमाडौँ । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ । बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।...
भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा
प्रशासन, विदेश, समाचार

भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

नेपालअखबार, काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ । केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले पनि यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन । पत्रकार अभिसार शर्माले ...
सम्झौता कार्यान्वयनको पर्खाइमा छन् चिनियाँ : प्रा डा झा
विचार, विदेश, समाचार

सम्झौता कार्यान्वयनको पर्खाइमा छन् चिनियाँ : प्रा डा झा

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताएका छन् । “प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ”, प्रा डा झाको टिप्पणी छ । यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले भने, “नेपाल चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौँ पुग्न समय लाग्दैन । यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदे...
मेक्सिकोमा चर्चको छाना खस्दा सात जनाको मृत्यु, ३० जना पुरिएको आशङ्का
दुर्घटना, विदेश, समाचार

मेक्सिकोमा चर्चको छाना खस्दा सात जनाको मृत्यु, ३० जना पुरिएको आशङ्का

नेपालअखबार, एजेन्सि। मेक्सिकोमा एउटा चर्चको छाना खस्दा सात जनाको मृत्यु भएको छ । यस्तै, भग्नावशेषमा अझै ३० जना फसेको खबर छ । यसमा केही बालबालिका पनि पुरिएको आशङ्का छ । मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ । यो दुर्घटना सिउदेद मदेरोमा भएको थियो । यहाँ सान्ता क्रुज चर्चको छत खस्यो । तटीय प्रान्त तामौलिपासका प्रहरीले छाना खस्दा चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना उपस्थित रहेको बताएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका तस्बिरमा मानिसहरूले भग्नावशेष हटाउने कोसिस गरिरहेको देखिएको छ । तस्बिरमा चर्च नजिकै आपत्कालीन सेवासँग सम्बन्धित व्यक्ति र गाडी देखिएको छ । भग्नावशेषमा पुरिएका मानिसको आवाज सुन्न आसपासको क्षेत्रमा शान्ति कायम राख्न अधिकारीले निर्देशन दिएको छ ।...
प्रवासी नेपाली एकता मञ्च कुवेतकाे अध्यक्षमा गैरे
राजनीति, विदेश, समाचार

प्रवासी नेपाली एकता मञ्च कुवेतकाे अध्यक्षमा गैरे

नेपालअखबार, कुबेत। ‘राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवासी नेपालीको प्रतिवद्धता’ भन्ने मूलनाराका साथ नेकपा एकीकृत समाजवादीको भ्रातृसंगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। जिलिबको रिदामहलमा भएको अधिवेशनले पुनः युवराज गैरेको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको छ। समितिमा प्रथम उपाध्यक्ष देवशमशेर घिसिङ, उपाध्यक्ष टीका पौडेल, बिना सापकोटा, धनेश्वर यादव, अशोक शाह चयन भएका छन्। यस्तै, महासचिवमा ईन्द्रदेव शर्मा, उपमहासचिवमा उमलाल भण्डारी, सचिवमा वसन्त पोखरेल, रेनुका पुरी, उपसचिव नसिब राउत कवारी, पूर्ण लम्साल चयन भएका छन्। समितिको कोषाध्यक्षमा तनवीर आलम मिकरानी, सदस्यहरुमा एमडि अब्जल, खिम विक, मोहम्मद अख्तर, प्रदीप परियार, नागेन्द्र महतो, कमला थामी, लक्ष्मी तामाङ,धन बिसी, शिव भण्डारी, महेश भुसाल, चन्दन दास, नारायण बन्जाडे, अरुण चौ...
भारत :  १२ वर्षीय बालिका बलात्कारको आरोपमा चालक पक्राउ
अपराध, विदेश, समाचार

भारत : १२ वर्षीय बालिका बलात्कारको आरोपमा चालक पक्राउ

नेपालअखबार, एजेन्सि। भारतको मध्य प्रदेशको उज्जैनमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक अटो रिक्सा चालकलाई पक्राउ गरेको छ । सेप्टेम्बर २५ मा उज्जैनमा एक बालिकाको बलात्कारको घटना बाहिरिएको थियो । प्रहरीका अनुसार बालिका दिउँसो ३ देखि ६ बजेको समयभित्र बलात्कृत भएकी थिइन् । सोमबार साँझ महाकाल प्रहरी चौकी इलाकाको बदनगर रोडमा रहेको डाँडी आश्रम नजिक ती बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । उनको लुगा रगतले लतपतिएको थियो । यस घटनामा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले दोषीलाई कडा सजाय दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफूले निरन्तर अनुसन्धानको जानकारी लिइरहेको उनले बताए । उनले भने, ‘आरोपी पक्राउ परेका छन्, उनी उज्जैनकै हुन्, उनको नाम भरत हो । यस्ता मानिसहरू समाजमा बस्न लायक हुँदैनन् । उसलाई कडा भन्दा कडा सजाय हुनेछ । कडा कारबाही गर्न कुनै कसर बाँक...
तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
प्रशासन, विदेश, समाचार

तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै

नेपालअखबार, नयाँ दिल्ली । हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भागलिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ । आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक÷आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ । सम्मेलनम...
लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु
विदेश, समाचार, समाज

लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

नेपालअखबार, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् । डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् । डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ । बाढीले सबैभन्दा बढी क्षति डेर्ना शहरमा पुगेको छ । त्यहाँ फेला परेका लाशहरुलाई मेसिनको सहायताले ठूलो खाल्डो खनेर एकै ठाउँ गाडिएको छ । बोरा र कम्बलहरुमा बेर...
चीनमा ६६ हजार हेक्टर बढी खेतीयोग्य जमिन सिँचाई गर्ने परियोजना सम्पन्न
कृषि, विदेश, समाचार, समाज

चीनमा ६६ हजार हेक्टर बढी खेतीयोग्य जमिन सिँचाई गर्ने परियोजना सम्पन्न

नेपालअखबार,  चीन । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाई निर्माण परियोजना सम्पन्न भएको छ । शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा सुरु भएको थियो । गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ । यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाई प्रदान गर्न देशको एक महत्त्वपूर्ण साबित हुने बताइएको छ । ८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिँचाई परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने काममा जोड दिइरहेको छ ।...
भारत : चट्याङमा परी १० जनाको मृत्यु
विदेश, समाचार, समाज

भारत : चट्याङमा परी १० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। भारतको ओडिशामा चट्याङमा परी कम्तीमा १० जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार शनिवार राज्यका थुप्रै इलाकामा भारी वर्षा भएको र त्यति बेला ६ पटक चट्याङ पर्दा कम्तीमा १० जना मारिएका छन् । विशेष राहत आयुक्तको कार्यालय अनुसार खोरधा जिल्लामा चार जना र बलाङ्गीरमा दुई जनाको मृत्यु भएको हो । यस्तै, अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा कम्तीमा एक जनाको मृत्यु भएको छ । खोरधा जिल्लामा तीन जना घाइते भएको खबर छ ।...