Wednesday, September 23

विदेश

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले…
विदेश, समाज

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले…

नेपाल अखबार, एजेन्सि। भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन्। भारतको उत्तर प्रदेशको बरेली जिल्लामा यो अचम्मको घटना भएको हो। टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार धर्मपाल नाम गरेका किसानका एक वर्षीय छाेराले ६ इन्च लामाे करेत सर्पकाे बच्चा निलेका हुन्। खेलिरहेका ती बच्चाकाे मुखमा उनकी आमाले जब केही वस्तु देखिन् तब हतपत तानिन्। निकालेर हेर्दा त्यो वस्तु जिउँदो सर्प पाइन् । त्यसपछि उनका बुबा ती बच्चा र सर्प लिएर अस्पताल पुगे। इमर्जेन्सी स्वास्थ्य अधिकारी डा‍. हरिश चन्द्रलाई छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चा टेबलमा राखे।त्यसपछि हतपत ती बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो। डाक्टरले त्यो सानो सर्प करेतको बच्चा भएकाे बताए। तर समयमै उपचार गरिएका कारण बच्चा खतरामुक्त भएकाे अस्पतालले जनाएकाे छ।...
बंगलादेशमा मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु
विदेश, समाचार

बंगलादेशमा मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु

नेपाल अखबार, एजेन्सि। बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो । अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डीसनरमा आगलागी भएक...
चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे
प्रशासन, विदेश, समाचार

चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे

नेपाल अखबार, एजेन्सि। भारतीय सेनाका प्रमुख जनरल एमएम नरवनेले लद्दाखको पुगेका छन्। चीनसँग तनाव बढीरहेकै समयमा बिहीबार बिहान सेनाप्रमुख नरवाने लद्दाख पुगेका हुन्। पछिल्लो केही समयदेखि भारत र चीनको सीमामा विवाद चर्कंदै आएको छ। भारतले सीमा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाउँदै आएको छ। पछिल्लो तनावपछि सेना प्रमुखले पहिलोपटक लद्दाख पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका हुन्। उनले त्यहाँ दक्षिण प्यांगोङ र अन्य क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएको भारतीय सञ्चारमध्यमले जनाएका छन्। सेना प्रमुखको भ्रमणपछि त्यहाँको सुरक्षा अवस्थाको समीक्षा गर्ने बताएको छ। दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए। केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।...
८ हप्ताको शिशुले पितालाई भने – हेलोः सबैभन्दा कम उमेरमा बोल्ने बच्चा हुन् त ?
विदेश, समाचार

८ हप्ताको शिशुले पितालाई भने – हेलोः सबैभन्दा कम उमेरमा बोल्ने बच्चा हुन् त ?

नेपाल अखबार, एजेन्सि। ८ हप्ताको शिशुले आफ्नो पितालाई हेलो भनेर सबैलाई अचम्मित पारिदिएका छन् । चार्ली नाम दिइएको उक्त बालक सबैभन्दा कम उमेरमा बोल्ने संसारको पहिलो बच्चाको रुपमा हेरिएको छ । बेलायतका निक र क्यारोलिन आफ्नो सन्तानको पहिलो बोली यति कम उमेरमा सुन्दा निकै उत्साहित भएका छन् । सोसल मिडियामा प्रकाशित भएको भिडियोमा निकले आफ्नो छोरालाई हेलो भनिरहेका छन् । बच्चाले आफ्नो बुवाको बोली फर्काउन निकै कोसिस गर्छ । पछि बालक हेलो भन्न सफल हुन्छ र पटक पटक दोहोराउँछ । भिडियो बालककी आमा क्यारोलिनले सुट गरेका हुन् । बारम्बार मुस्कुराउँछः क्यारोलिन भन्छिन्, ‘हामी उसको भिडियो बारम्बार हेरिरहन्छौं । हामीलाई गर्वको अनुभव भइरहेको छ । हाम्रो छोरा यो उमेरमा पनि बारम्बार मुस्कुराइरहन्छ । साधारणतया बच्चा १० देखि १४ महिनाको उमेरमा बोल्न सुरु गर्छन् । हाम्रो अर्को छोराले नै ६ महिनामा बोल्न सुरु गरेको थियो । ’ ...
‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे
विदेश, समाचार

‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे

नेपाल अखबार, एजेन्सि। अस्ट्रेलियामा छानोबाट अचानक दुई ठूला अजिंगर घरभित्र खसेका छन्। अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरकाे छानोबाट दुईवटा अजिंगर काेठाभित्र खसेका हुन्। तीमध्ये एउटा सुत्ने कोठा र अर्को बैठक कक्षमा खसेको उनले बताएका छन्। अजिंगर समात्ने व्यक्ति स्टिभन ब्राउनका अनुसार २.८ मिटर र २.५ मिटर लम्बाइका ती अजिंगरको कूल ताैल २२ किलो थियो। पोथीका लागि जुध्दै गर्दा ती दुई अजिंगर घरभित्र खसेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी अजिंगर फेला परेन। घरधनी टेटले घर आउँदा भान्साको टेबलमा छानोको एउटा ठूलो भाग खसेकाे देखेपछि पल्टाएर हेर्दा ती अजिंगर फेला पारेका हुन्। आफ्नो छतबाट ती सर्प खसेको कुरा घर पुगेपछि मात्रै थाहा पाएको उनले फेसबुकमा लेखेका छन्। त्यसअघि आफूले आफ्नो घरको छानोमा सर्पहरू घाम तापिरहेको देखेको पनि ती घरधनीले बताएका छन्। बीबीसीबाट...
भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको झारखण्ड राज्यमा कोरोना भाइरसले प्रहरीलाई निकै सताएको छ। त्यहाँ अहिलेसम्म ४ हजारभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्। बीबीसी हिन्दीका अनुसार झारखण्ड राज्यमा कोरोनाको संक्रमणमा परेका प्रहरीको संख्या ४ हजार ४५ पुगिसकेको छ। तिनमा २ एसएसपी, ३ एसपी र १४ डीएसपीसमेत छन्। संक्रमित प्रहरीमध्ये ९ जनाको मृत्युसमेत भइसकेको छ।...
पूर्वराजदूत रिचर्डको भेटियो
विदेश, समाचार

पूर्वराजदूत रिचर्डको भेटियो

नेपाल अखबार, एजेन्सि। नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको हो । मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बीबीसीले जनाएको छ । यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन पटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जुन तस्वीर नेपालमा खिचिएको थियो । रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरि...
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

नेपाल अखबार, एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् : गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ । केही दि...
भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप
विदेश, समाचार

भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप

नेपाल अखबार, एजेन्सि। भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ। भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो। चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ। चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ। चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन्। भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीहिन्दीले जनाएको छ। साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन। गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो। साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको हो। गत जुनमा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो। उक्...
इतिहासमा आज– बेलायती राजकुुमारी डायनाको निधन
विदेश, समाचार

इतिहासमा आज– बेलायती राजकुुमारी डायनाको निधन

नेपाल अखबार, एजेन्सि। ३१ अगस्ट १९९७ मा बेलायतका युवराज चाल्र्सकी पूर्वपत्नी अर्थात् वेल्सकी राजकुमारी डायनाको ३६ वर्षकै उमेरमा निधन भयो । पेरिसस्थित एक रोड टनेलमा फुटपाथमा कार ठोक्किएपछि उनी घाइते भएकी थिइन् । डायनाका प्रेमी डोडी फायद र ड्राइभर हेन्री पाउलको घटनास्थलमै निधन भएकोे थियो । गम्भीर घाइते हुनका बाबजुद उनीहरुका अंगरक्षक ट्रिभोर रिस जोनस बाँच्न सफल भए । बीबीसीसहितका केही मिडियाको प्रारम्भिक दाबीअनुसार फोटोग्राफरहरुले पछ्याएपछि कारलाई तिव्र गतिमा दौडाउन खोज्दा दुर्घटना निम्तिएको थियो । तर, १९९९ मा फ्रान्सले गरेको अनुसन्धानले ड्राइभर पाउललाई घटनाका एकमात्रै दोषी ठहर ग¥यो । औषधी सेवन गरिरहेका पाउलले त्यस दिन मदिरा पनि सेवन गरेकाले तिव्र गतिमा कार दौडाएको अनुसन्धानको निष्कर्ष थियो । नशामा रहेका पाउललाई फोटोग्राफरहरुले आफ्नो कारको पिछा गरेजस्तो भ्रम परेको र यहीकारण उनले कार तिव्र गतिमा...