Friday, May 22

विदेश

१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्
विदेश

१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्

नेपाल अखबार, चेन्नई । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो । तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या छ । उक्त गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् । केही दिनअघि एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोधेका थिए । ‘तपाईंले बैङ्कको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ?’ ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताए । ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा ...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख पुग्यो, एकैदिन २७ हजार सङ्क्रमित
विदेश, समाचार, स्वास्थ्य

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख पुग्यो, एकैदिन २७ हजार सङ्क्रमित

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित  भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।  देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै दुई ल...
बिहेको ९ दिनमै श्रीमान्को इकाउन्टर, श्रीमती  जेलमा
विदेश

बिहेको ९ दिनमै श्रीमान्को इकाउन्टर, श्रीमती जेलमा

नेपाल अखबार, एजेन्सि। भारतीय प्रहरीले इन्काउन्टरमा विकास दुबेलाई शुक्रबार मारेको छ ।  उनीविरुद्ध गत साता  बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना प्रहरीलाई मारेको अभियोग थियो । यस मामिलामा प्रहरीले यसअघि नै ५ जनालाई इन्काउन्टर गरिसकेको छ । विकास दुबेका सहयोगी तथा भाइ अमर दुबे दुई दिनअघि मात्रै इन्काउन्टरमा मारिएका थिए । यतिमात्रै होइन अमर दुबेकी नवविवाहित श्रीमती खुसी दुबेलाई पनि प्रहरीले जेल पठाएको छ । प्रहरीले यी युवतीलाई पनि कुख्यात अपराधको षड्यन्त्रकर्ता ठहर गरेको छ । ‘बिहेपछि माइतीबाट छुट्टिएर घर आएको दुई दिनमा श्रीमान् तथा घरपरिवारलाई बुझ्न त सकिदैन भने नव बेहुली कसरी हत्याकाण्डको षड्यन्त्रकर्ता हुन्छिन् ?’  खुसीका माइती पक्षको प्रश्न छ । उनीहरुका अनुसार अमर दुबेको परिवारले  गुमराहमा राखेर विवाह गरेका थिए । बिहेको तीन दिनपछि हत्या २९ जुनमा अमर दुबे र खुसीको भव्य विवाह ...
भारतीय सेनाले आफ्ना सैनिकलाई फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्न भन्यो
विदेश, समाचार

भारतीय सेनाले आफ्ना सैनिकलाई फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्न भन्यो

नेपाल अखबार, एजेन्सि। भारतीय सेनाले आफ्ना सैनिकलाई फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्न भनेको छ। फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्नुका साथै सेनाले ८९ वटा एप्लिकेसन जुलाई १५ सम्ममा फोनबाट हटाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनााएका छन्। आर्मीका जवानहरुबाट संवेदनशील डेटाहरु चुहावट हुने खतरा भएकाले सेनाले सैनिकलाई यस्तो आदेश दिएको बताइएको छ। उल्लेखित एप्सहरु फोनबाट हटाएको–नहटाएकोबारे सेनाले अनुसन्धान गर्ने पनि बताएको छ। हाल भारत र चीनबीच सीमा विवाद जारी छ। विवाद जारी रहेकै अवस्थामा यसअघि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो। एजेन्सी...
८ प्रहरीको हत्या गर्ने विकाश दुबे पक्राउ
विदेश, समाचार

८ प्रहरीको हत्या गर्ने विकाश दुबे पक्राउ

नेपाल अखबार, एजेन्सि। भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ । विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए । प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्त...
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
विदेश

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

नेपाल अखबार, टोकियो । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ ।  बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ ।  प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् । जापानमा हरेक बर्ष बाढी, पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ । विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन् । यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी ...
विकास दुबेका बडीगार्ड अमर दुबे इन्काउन्टरमा मारिए, प्रहरीले राखेका थिए २५ हजार इनाम
विदेश

विकास दुबेका बडीगार्ड अमर दुबे इन्काउन्टरमा मारिए, प्रहरीले राखेका थिए २५ हजार इनाम

नेपाल अखबार, एजेन्सि। भारतको उत्तर प्रदेशका प्रहरीका अनुसार कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेका बडीगार्डको इन्काउन्टर भएको छ । समाचार एजेन्सी पिटिआईले युपीको स्पेशल टास्क फोर्सका महानिरिक्षक (आइजी) अमिताभ यशलाई उद्धृत गर्दै अमर दुबेको राज्यको हमिरपुर जिल्लामा एक मुठभेडमा मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुसार अमर दुबे कानपुर मुठभेडका सह–अभियुक्त थिए । केही भारतीय मिडियारिपोर्टका अनुसार उनले विकासको बडीगार्डको रुपमा पनि काम गर्दथे । उत्तर प्रदेश पुलिसले मंगलबार दिएको आफ्नो जानकारीमा प्रहरीको ४० वटा समूहले विकास दुबेको लगातार खोजी गरिरहेको छ । कानपुरमा २–३ जुलाईको रात विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी समूहमाथि भएको हमलामा एक डीएसपीसमेत आठ प्रहरी मारिएका थिए । उक्त घटनापछि प्रहरीले अपराधीको तस्बिर जारी गरेको थियो, त्यसमा अमरको नाम शीर्ष स्थानमा थियो । प्रहरीले उनीमा...
मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे
विदेश, समाचार

मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे

नेपाल अखबार, एजेन्सि। मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको छ। साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन्। त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारबिहीन भएका छन्। शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौैँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ। मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पु¥याएको बताइएको छ। यी क्षेत्रका कम्तीमा तीन ओटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपायाहरु मारिएका छन्। ती प्रान्तका २ हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन्। कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ। रासस/सिन्ह्वा...
अनलाइन अध्ययन गर्दै आएका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने
विदेश, शिक्षा

अनलाइन अध्ययन गर्दै आएका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने

नेपाल अखबार, एजेन्सि । पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने भएका छन् । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने जनाएको छ । अटेर गर्नेहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी छात्रहरु समस्यामा पर्ने देखिएको छ । यद्यपि कति विदेशी विद्यार्थीहरु प्रभावित हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन । अमेरिकाका विश्वविद्यालयहरुको एक प्रमुख आयस्रोत विदेशी विद्यार्थीहरु हुन् । अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुले कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षा सन्चालन गर्दै आएका छन् । अमेरिकाको प्रतिष्ठित हार्बर्ड युनिभर्सिटीले पनि आफ्ना सबै कक्षा अनलाइनमार्फत् हुने घोषणा गरेको थियो ।...
भारतमा टिकटक प्रतिबन्ध भएपछि १८ वर्षीयाले गरिन् आत्महत्या, सुशान्तकी ४५ वर्षीया प्रशंसकले पनि रोजिन् मृत्यु
विदेश

भारतमा टिकटक प्रतिबन्ध भएपछि १८ वर्षीयाले गरिन् आत्महत्या, सुशान्तकी ४५ वर्षीया प्रशंसकले पनि रोजिन् मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित दुईजनाको आत्महत्याको घटना सार्वजनिक भएको छ । एकातिर १८ वर्षकी टिकटक प्रयोगकर्ता सन्ध्या चौहानले आत्महत्या गरेकी छिन् भने अर्कासतर सुशान्त सिंह राजपूतकी ४५ वर्षीया प्रशंसकले डिप्रेशनमा आफ्नो जीवन समाप्त गरेकी छिन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार सन्ध्या चौहान दिल्ली युनिभर्सिटीकी छात्रा थिइन् र टिकटकमा उनको राम्रो फ्यान फलोविङ थियो । आइतबार उनी आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी हुन् । मिडिया रिपोर्टका अनुसार युवतीको कोठामा सुसाइड नोट पनि भेटिएको छैन । तर टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा भएको बताइन्छ । परिवारिक स्रोतले पनि युवती पछिल्लो दुई–तीन महिनादेखि डिप्रेशनमा भएको जानकारी स्रोतलाई दिएको छ । सुशान्त सिंह राजपूतकी प्रशंसकद्वारा आत्महत्याः आत्महत्याको अर्को घटना सुशान्त सिंह राजपूतसँग सम्बन्धित छ । अभिनेताकी एक प्रशंस...