फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
नेपाल अखबार, एजेन्सि । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ ।
राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ ।
राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्...
